अनिल योगी – राजनितिक ब्यवस्थाका नाममा गरिएका आन्दोलन र क्रान्तिले राष्ट्र र जनताको जिवनमा परिवर्तन आएन भने, भए गरिएका आन्दोलन र क्रान्ती माथि नै गम्भीर प्रश्न उठ्ने गर्दछन ।
२०४६ साल यताका विभिन्न आन्दोलन र क्रान्तिलाई नजिकबाट नियाली रहेको एक सचेत नागरिक हुँ । भए गरिएका आन्दोलन र क्रान्तिले देशलाई बलियो बनाउनुको सट्टा, नेपाली जनतालाई शुखी बनाउनुको सट्टा देश कमजोर हुँदै जानू र जनता झनै दुखी हुँदै जानुलाई सामान्य रूपमा लिन सकिदैन ।
नेपालमा भएका आन्दोलन र क्रान्ती प्रती आज गम्भीर प्रश्न उठन थालेका छन् । यश कारण प्रश्न उठन थालेका छन कि सबै आन्दोलन र क्रान्ती प्रायोजित थिए । नेपाल राष्ट्र कमजोर बनाउने र नेपाली जनतालाई अन्त्यहिन युद्धमा फसाउनका लागि बिदेशिका योजना डिजाईन अन्त्रगत गरिएका थिए ।
आज सत्तामा बसेका साशकहरु स्वयम् लोकतन्त्र माथी खतरा पैदा भयो भन्दै हिँडी रहेका छन् । लोकतान्त्रिक ब्यवस्था अन्त्रगत आफैले सत्ता र ब्यवस्था पनि चलाउने अनि आफैले लोकतन्त्र माथी खतरा पैदा भयो भनेर नेपाली जनतालाई भ्रमित पार्ने तुच्छ मान्छेहरुलाई राष्ट्रको नेर्तित्व गर्न लायक छन् भनेर एउटा प्रजातन्त्रवादी सचेत नागरिकले पत्याउन सक्दैन ।
सत्तामा बसेर आफै चाहिँदा नचाहिँदा काम गर्ने अनि लोकतन्त्र माथी खतरा पैदा भयो भनेर आफै हल्ला गर्ने मानसिक रुपमा बिछिप्त मान्छेहरुले चकाएको राज्यात्ता र समाज भयानक दुर्घटनामा पर्न सक्ने खतरालाई नकार्न सकिँदैन ।
देश सबै नेपालिको सर्वोपरी कुरा हो । देश कमजोर बनाउने र नेपाली जनतालाई आपसमै जुधायर मार्ने र मराउने अधर्मिहरु कुनै पनि राजनितिक सिद्धान्त र बिचारद्धारा संचालित छैनन् भन्ने कुरा जगजाहेर छ । यस्ता तत्वहरुलाई नेपाली जनताले काधमा बोकेर राष्ट्र र स्वयम् आफ्नो जिवनमा असर पर्ने काम गर्न हुँदैन ।

प्रजातन्त्रको बिकल्प छैन । तर प्रजातान्त्रिक मूल्य र मान्यताका आधारमा अनुसाशित तरिकाले शासन ब्यवस्था संचालन गर्न नसक्ने साशकहरुको बिकल्प खोज्नु प्रजातन्त्रको बिरुद्धमा हुँनै सक्दैन । राष्ट्रको रक्षागर्दै जनतालाई सुरक्षित कसरी यश देशमा बस्न र बाँच्न सक्ने बनाउने भन्ने आजको मुख्य चुनौती हो ।
मलाई लाग्छ नेपाली जनताले के गर्न हुँने र के गर्न नहुँने भन्ने कुरा राम्रो संग बुझी सकेका छन् । जनता के चाहन्छन र के गर्दा देश र स्वयम् जनताका लागि राम्रो हुन्छ भन्छन् त्यो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन सक्ने राजनितिक नेर्तित्व र राजनेता आजको आबश्यकता हो ।
जनतालाई शक्तिका रुपमा स्वीकार गर्न नसक्नेहरुले लोकतन्त्रको नाममा भद्दा राजनितिक ब्यवस्था चलाए । बिदेशिका सामु घुँडा टेके । आफ्नो स्वार्थका लागि नेपाली जातालाई मात्र होईन, बिदेशिहरुलाई पनि बिभाजित गर्ने काम गर्ने काम गरे । यस्तो निम्न स्तरको फटाई र धुर्त रबैयालाई राजनितिको लेपन लगाउनु मुर्खता मात्र हो ।
नेपाली जनताले नेपालमा साच्चिकै परिवर्तन होस् भन्ने चाहेका छन् । परिवर्तनको त्यो जनचाहनालाई संगै समेटेर लैजान सक्ने कुशल राजनीतिज्ञ र देश निर्माण गर्न सक्छौ भन्ने नियत सफा भएका कालिगड नेपाल राष्ट्रले धेरै बर्ष पहिले देखि खोजेको हो ।
अब हलुका काईते कुरा गरेर राजनितिक सत्ता र ब्यवस्था चलाउछु भन्ने कसैले सोचेको छ भने गलत हुँनेछ । किन कि नेपालमा सबै राजनितिक बिचारको र राजनितिक नेर्तित्वको परिक्षण गरियो तर कसैले पनि नेपाली जनतालाई एकजुट गराउँदै, उदार हृदयका साथ राष्ट्र निर्माणमा लगाउन सकेनन् ।
जनतालाई आपसमै जुधाउने राजनितिक कला होईन त्यो त जघन्य अपराध हो । हो जनता अन्जान हुन्छन् र हरेक दु:ख कष्टको जीवन बाँचेका हुन्छन् । एक पटक झुक्काउन सकिन्छ तर बारमबार जनतालाई झुकाउन सकिदैन । नेपालका राजनितिक दल र नेताहरुले जनतालाई पटक पटक झुक्काउने अपराध गरे ।
३०४६ साल यता नेपालमा धनी नेताहरुको संख्या ह्वात्तै बढेकोछ । नेता धनी हुनु र जनता गरिब हुंनुलाई परिवर्तन हो भनेर नेपाली जनता मान्न तयार छैनन् । त्यसै गरि कुनै अमुक राजनितिक पार्टी बलियो हुनु र राष्ट्र र राज्य कमजोर हुने कुरालाई पनि नेपाली जनता मान्न तयार छैनन् ।
जागरुक नेपाली युवाहरुका काधमा गम्भीर प्रकारको राजनितिक र सामाजिक जिम्मेवारी स्वभाबिक रुपमा आउने अबस्था मुखरित हुँदै जान थालेकोछ । यो अबस्थामा देशको माया गर्ने कुनै पनि राजनितिक सिद्धान्तमा बाँधिएको युवा किन नहोस् उसले आफ्नो अशफल राजनितिक नेर्तित्व र बिचारलाई परित्याग गर्दै राष्ट्रिय चिन्तनका आधारमा राष्ट्रलाई हामी हाक्छौ भन्न सक्ने हाक्ने ठूलो मौका छ ।
नेपालको बिकास गर्छौ र नेपाली जनतालाई।सुखको जीवन दिन सक्छौ भन्ने अत्मबिस्वाश र नैतिक बल भएका युवाहरुले यो मौकालाई सदुपयोग गर्न सक्नुपर्छ । नेपालको राजनितिक क्षत्रमा असफल सिद्ध भएका राजनितिक सिद्धान्तको भारी बोकेर नेपाल र नेपालीलाई ठिक तरिकाले हाक्न सकिन्न भन्ने कुरा आजका युवा युवतिहरुले बुझ्न सक्नुपर्छ ।

