शुक्रबार, भदौ ३१, २०७९
चिलीमा ‘पीआर’ पाउँन सजिलो : चिलीको पासपोर्टलाई क्यानडा र अमेरिकाको अनअराइभल भिषा

चिलीमा ‘पीआर’ पाउँन सजिलो : चिलीको पासपोर्टलाई क्यानडा र अमेरिकाको अनअराइभल भिषा


  • स्वदेश नेपाल
  • शुक्रबार, भदौ ३१, २०७९

दक्षिण अमेरिकाको विकसित र राम्रो अर्थतन्त्र भएको देश हो चिली।धेरै नेपालीहरूलाई चिलीको बारेमा राम्रो जानकारी नभएको हुनसक्छ।चिलीको छिमेकी देशहरु अर्जेन्टिना,पेरु,उरुग्वे,पाराग्वे र बोलिभिया हो भने राजधानी हो सान्टियागो ।

चिली देशको क्षेत्रफल अनुसार त्यहाँको जनसंख्या कम भएको हुनाले चिलीले विदेशी नागरिकहरुलाई आफ्नो देशमा स्थायी बसोबासको अनुमती दिने बिभिन्न योजना बनाएको छ।

विश्वको शक्तिशाली पासपोर्टको सूचीमा चिलीको पासपोर्ट १९ औं नम्बरमा छ।यो देशको पासपोर्टले १५३ देशहरुमा अनअराइभल भिषामा यात्रा गर्न सकिन्छ।चिलीको पासपोर्ट बोकेर अमेरिका,क्यानडा,युरोपका विकसित देशहरुमा समेत सजिलै जान सकिन्छ र भिषाको जरुरी पर्दैन।

चिलीमा दुई बर्ष बैधानिक रुपमा बसिसकेपछि उस्ले विदेशी नागरिकलाई ‘पिआर’ दिने गर्छ र पिआर पाएको पाँच बर्षपछि त्यहाँको  नागरिकता र पासपोर्टको लागी आवेदन दिन सकिन्छ।

यदि तपाईं ‘भिजिट भिषा’मा चिली पुग्नु भयो भने त्यसलाई तपाईंले ‘वर्किंग भिषा’मा बदल्न सक्नु हुनेछ।‘वर्किंग भिषा’ पाईसकेपछि त्यहाँ बैधानिक रुपमा काम गर्न सकिन्छ।थोरै लगानी गरेर कुनै ब्यापार-ब्यबसाय गर्ने हो भनेपनी पिआर एप्लाई गर्न सकिन्छ।पिआर पाईसकेपछि आफ्ना परिवारहरु समेत बोलाउँन सकिन्छ।

यदि तपाईं कुनै पेशामा दक्ष हुनुहुन्छ र वर्किंग भिषामा चिली पुग्नु भयो भने तपाईं त्यहाँको पिआरको आवेदन दिनको लागी योग्य  हुनुहुन्छ।

चिली कसरी जाने र चिलीको भिषा कसरी पाईन्छ भन्ने तपाईंलाई लागेको छ भने युट्युब र गुगलमा यस सम्बन्धी धेरै जानकारी दिईएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट