बिहिबार, भदौ ३०, २०७९
यसरी बितेको थियो ओशोको बाल्यकाल

यसरी बितेको थियो ओशोको बाल्यकाल


  • स्वदेश नेपाल
  • बिहिबार, भदौ ३०, २०७९

ओशो रजनीशको जन्म सन् १९३१ डिसेम्बर ११ का दिन भारतको मध्य प्रदेश राज्यको जबलपुर सहरमा कपडा व्यापारीको छोराका रूपमा भएको थियो। उनका बाबुको नाम बाबुलाल जैन थियो भने आमाको नाम सरस्वती जैन थियो। उनका बुबा आमाका एघार जना सन्तान मध्ये ओशो जेठो सन्तान थिए।

ओशो सात वर्षको उमेर सम्म आफ्नो मावली घरमा हुजुरबुवा तथा हजुरआमाको साथमा रहेका थिए। मावली बसाइले आशोको जीवनमा ठुलो प्रभाव छोड्यो। उनकी हजुरआमाले उनलाई स्वतन्त्र,छाडा छोडिदइन पढाइ तथा अन्यकुरा हरूको बोझ कहिल्यै दिइनन्।जब उनी सात वर्षका थिए उनका हजुरबुवाको मृत्यु भए पश्यात उनी गदारवारा आफ्नो माता पितासँग बस्नको लागी गए ।ओशो आफ्नो हजुरबुवाको देहवसानले र पछि पन्ध्र वर्षको उमेरमा आफ्नी बाल प्रेमीका शशीको टाइफाइडका कारणले मृत्यु भएपछि निकैनै मर्माहत  र प्रताडित भएका थिए।जसका कारणले गर्दा उनको मानसपटलमा मृत्युको बारेमा बाल्यकाल र युवा अवस्था भरि गहिरो सोच रहयो।

स्कुल पढदा रजनीस बिद्रोही प्रकारका बिध्यार्थी भएता पनि निकै तेज र प्रखर बक्ता थिए।वादविवादमा निपूर्ण बक्ता थिए।ओशो नास्तिक बने अनि सम्मोहन तर्फ पनि रूचि राख्न थाले भने सामाजवादी संस्थाहरू सँग संबन्ध पनि राख्न थाले:भारतीय राष्ट्रिय आर्मी तथा राष्ट्रिय स्वयमसेवक सङ्घ.तर ति संस्थाहरूमा ओशोको सदश्यता निकै छोटो हुन पुग्यो किनकी उनी कुनै पनि बाहिरि दर्शन,आदर्शबाट प्रभावित हुन सकेनन्।

प्रतिक्रिया
सम्बन्धित समाचार