बिष्णु खनाल – उत्पादनका समस्त साधनहरूमा ब्यक्तीको अधिकार नभई सम्पूणँ ,समाजको अधिकार हुनू र राजनैतिक आथिँक र सामाजिक दृष्टिले सबै मानिस समान हुनू नै समाजबाद हो ।
समाजबाद बारे हालको नयां संबिधान २०७२ समेतमा स्थान पायेको अबस्था हो। समाजबाद बारे बिश्वका धेरै राष्टमा चचाँ हुने गरेको छ। यसलाई अध्ययन गनँ कालँ माक्स देखि, भारतका राम मनोहर लोइया, जय प्रकाश नारायण, बिपि कोईराला, प्रदिप गिरी, सिके प्रसाई, घनश्याम भुसाल जस्ता बिद्धानहरूको बिचार समेत लाई बिश्लेषण गरिनूपदँछ भन्ने हामीलाई लागेको छ ।
मेरो बिचारमा आधुनिक व्यवहारवादी समाजवाद मोर्डन विहावियरील सोसलीजम टू द नेपलीज इन्भाइरोमेन्ट जीयोग्राफि (Modern Behavioral socialism to the Nepalese Environment and Geography ) नेपालको भूगोल माटो सुहाउदो समाजवाद को विचार वहसलाई सुविचारीत ढँगले प्रस्तुत गर्न चाहन्छु हामीले कम्युनिष्टले भनेजस्तो साम्यवादलाई नै समाजवाद मान्न सक्दैनौ र नीजीकरण उदारीकरण जस्तो पूजीवाद पनि समाजवाद कदापी हुनसक्दैन वि.पी कोइरालाको समाजवाद त राज्यले अत्यावश्यक आर्थि सुचक र क्रियाकलापमा राज्यले हस्तक्षेप गर्नु पर्छ भनेको छ जुन निती तथा कार्यक्रमले गाउँका किसानको भलाई गर्छ त्यो नै समाजवाद हो किनकी नेपाल एउटा गाउँ हो ।
यस सन्दभँमा बिगतमा काँग्रेसका युवा नेता गुरु घिमिरे, प्रदिप पौडेल र गगन थापाको कान्तिपुरमा छापिएको काँग्रेसको सैदान्तिक पूर्नव्याख्या र नेता विश्व प्रकाश शर्माको सुध्रिकरणका पन्ध्र वुदालाईलाई पनि एउटा आधारको रूपमा लिन सकिन्छ।तर मेरो बिचारमा आधुनिक व्यवहारवादी समाजवाद मोर्डन विहावियरील सोसलीजम टू द नेपलीज इन्भाइरोमेन्ट जीयोग्राफि (Modern Behavioral socialism to the Nepalese Environment and Geography ) नेपालको भूगोल माटो सुहाउदो समाजवाद को विचार वहसलाई सुविचारीत ढँगले प्रस्तुत गर्न चाहन्छु । हामीले कम्युनिष्टले भनेजस्तो साम्यवादलाई नै समाजवाद मान्न सक्दैनौ र नीजीकरण उदारीकरण जस्तो पूजीवाद पनि समाजवाद कदापी हुनसक्दैन वि.पी कोइरालाको समाजवाद त राज्यले अत्यावश्यक आर्थि सुचक र क्रियाकलापमा राज्यले हस्तक्षेप गर्नु पर्छ भनेको छ जुन निती तथा कार्यक्रमले गाउँका किसानको भलाई गर्छ त्यो नै समाजवाद हो किनकी नेपाल एउटा गाउं हो। नेपाल अधिकांश भुभाग गाउं छ , नेपाली जनता किसान छ ।
गरिबको एउटा सानो भनेपनी घर होस । भन्ने कुरा संबिधानको आबासको हक संग संबन्धीत छ। केटाकेटीले पढ्न पाउन, भन्ने कूरो शिक्षाको अधिकार, बिपिले भनेको रोगिहरूले सिटामोल पाउन भन्ने कुरो स्वास्थ र उपचारको हक, कुटिर उधोगलाई संरक्षण र प्रगतीशील कर, क्रान्तीकारी भुमिसुधार जस्ता कूराहरू समाजबाद का प्रमुख तत्व हुन।
अब हामीले भनेको ब्यबहारिक समाजबादतीर नियमितता, छानबिन, प्रबिधी, गूणस्तर योग्यता, मूल्यनिरक्षेपता, क्रमबद्धता, बिशूद्ध बिज्ञान, जन आकांक्षा, भुमण्डिकरण, भूगोल, साजीक न्याय, राज्यको नीती तथा कार्यक्रम,एकिकृत अध्ययन पदँछन ।
कोइरालाको किसान समाजबाद

बि.पि कोइरालाले भनेको समाजबाद किसान समाजबाद हो । कोइरालाका अनुसार नेपाल गरिव छ , किसान, हरेक पटक म नेपालको बारेमा सोच्छु, तिनै रोगी ,खान नपाएका, पढ्न नपाएकाहरुको अनुहार स्मृतिमा आउछ । जसले किसानहरुको भलाई गर्छ । जुन नीति तथा कार्यक्रमले किसानको भलाई गर्छ , तो नै समाजवाद हो । तर नेपालमा विनोद चौधरी , सुर्यबहादुर के.सी ले किसानको प्रतिनिधित्व गर्न सक्दैनन।
नेपालको माटो सुहाउँदो समाजवाद भनेको किसानवाद , किसान समाजवाद नै हो । कृषिको आधुनिकिकरण विना समाजवाद संभव छैन । नेपालको नयाँ संबिधानमा समाजबाद उन्मुख भनिसकिएको छ । कांग्रेसको प्रतिनिधित्व , चुनाव टिकट वितरणमा हुने चलखेलले समाजवादलाई उदोगतिमा लगेको छ ।
समाजवादले व्यक्ति भन्दा समाजलाई जोड दिन्छ । समाजवादमा समाजको आंगिक एकतामा बल दिन्छ । पूँजीवादको नाममा अनाबश्यक आर्थिक प्रतियोगिताको अन्त्य हुन्छ । उत्पादनको साधनमा समाजको अधिकार हुन्छ । मानवीय अवस्थामा समानता हुन्छ । व्यक्तिगत लाभको भावनाका सट्टा सामाजिक सेवाको भावना जोड, राज्यलाई अधिक महत्व आदि प्रमुख रुपमा रहेका छन् ।
साम्यबादि भनेको नेपाली बुझ्ने भाषामा रामराज्य नै हो तो परिकल्पना महान दाशँनिक कालँमाक्स र एंजेलसले परिकल्पना गरेका हुन। दास क्यापिटल र कम्यूनिष्ट मेनिफेष्टो माफँत। जून रामराज्य बास्तबिक यथाथँ जीबनससारमा सँभब छैन भनेर उनीहरू आफैले भनेका छन। समाजमा दूई बगँ हुन्छन। हुनेखाने र हूदा खाने अन्य तत्वहरूले धनी र गरिब बिचको खाडल रहिरहन्छन समानता कहिलै हुदैन पुजीपति बगँले श्रमिक बगँमाथी सधै शोषण गरिरहन्छ।श्रमिकले श्रमको उचित मुल्य कहिल्यै पाऊदैन । धनी र गरिब बिच को समाजमा असमानता रहिरहन्छ।

