अनिल योगी -जो जसले नेपाल राष्ट्र र नेपाली जनतालाई नेपालको राजनितिक ईतिहासमा ठूलो धोका दिए, तिनै तत्वहरुका भबिस्य र बर्तमानका बारेमा चिन्ता गरेर समय खेर फाल्नु हुँदैन ।
किन कि ती तत्वहरु यस्ता तत्वहरु हुन, जस्ले बिदेशीसँग नचाहिँदो र अपारदर्शि सम्बन्ध राखेर नेपाल राष्ट्रको अस्मिता र नेपाली जनताको स्वाभिमानमा नराम्रो संग दाग लगाउने काम गरे । त्यस्ता तत्वहरुको बिनाश हुँदा नेपाली जनताले चिन्ता गर्नुको कुनै अर्थ हुँदैन ।
जनता जागरुक हुँदै जानुपर्छ र यस्ता तत्वहरुलाई बहिस्कार गर्दै जानुपर्छ ।
यो वा त्यो ब्यवस्थाको बकवास गर्दै क्रान्ति र आन्दोलनका नाममा नेपाल राष्ट्र र नेपाली जनताको बर्वादी गर्ने तत्वहरुलाई देखेर जानेर पनि तिनकै लंगौटिमा पासो लगायर बाँच्न चाहँने प्रबृतिलाई सचेत नागरिकको उपतुक्त समय सान्धर्विक चेतना हो भनेर मैले पत्याउन सक्दिन ।
साशकहरुका राम्रा नराम्रा कर्मका बारेर जानकरी राख्न नसक्ने र राम्रो गर्दा प्रशंसा गर्ने र नराम्रो गर्दा खबरदारी गर्न नसक्ने दब्बु मानसिकता बोकेर बाँचेका प्राणी मान्छेकै रुपमा जन्मिए पनि ती पुर्ण मान्छे हुँदैनन र होईनन । एउटा पुर्ण मान्छेले सत्य र असत्य, झुट र बेईमान सबै कुरा जान्न र बुझ्न सक्छ ।
म सबै मान्छे मान्छे हुँदैनन् यश कारण भनिरहेको छु कि, नेपाल र नेपाली जनता प्रती अक्षम्य अपराध गर्ने राजनितिक दल र नेताहरुलाई काँध हाल्ने अहिले पनि नेपालमा सानो संख्या छैन । त्यो नेपाली जनसंख्याले आफ्नो ब्यक्तिगत स्वार्थका लागि राजनीतिक दल र नेताहरुको आबरणमा बिदेशिले तयार पारेका कट्पुतलिहरुलाई काँध भाँचिने गरि तीन दशक सम्म बोक्यो ।
एक दशक सम्म नेपाल राष्ट्र भित्र युद्ध र प्रतियुद्ध हाक्ने तत्वहरु होलि वाईन कक्टेलमा चुर्लुम्ब डुब्दा सम्म पनि ईनिहरु कुन कुन बिदेशी तत्वद्धारा पालित र परिचालित थिए र छन् भनेर बुझ्न नसक्ने मान्छेहरुलाई मेरो बिवेकले पुर्ण मान्छे हुँन भनेर मान्दैन ।
युद्ध र युद्धका कारण १७ हजार भन्दा बढी यो वा त्यो पक्षका नाममा मारिने नेपालीले खोजेको ब्यवस्था यस्तै हो त ? राजनितिक चरित्र र साशकका अनुहार नेपाली जनताले यस्तै हेर्न चाहेका हुन् त ? पक्कै पनि यस्तो पाखन्डतापुर्ण शासन र साशकका अनुहार नेपाली जनताले हेर्न खोजेका थिएनन् ।
युद्ध र प्रतियुद्ध हाक्ने दुबै तत्वका कारण जात, भाषा, भुगोल र बिभिन्न राजनितिक मुद्दा उठाउँदै फेरि पनि देशमा युद्ध गर्ने समुहहरु आफ्नो बलियो उपस्थिति देखाउँदैछन । हजारौ नेपाली जनतालाई समाप्त पार्ने तत्वहरुले शान र मानको जीवन बाँच्न पाउने बेथितिलाई राजनितिक आबरणको पर्धाले छोपिदिदा अपराधिक मनोबृती ह्वात्तै बढेर गएकोछ ।
समाज पुरै छाडा र अराजक बन्दै गएको देख्दा भोलिको देश कस्तो होला भनेर कल्पना पनि गर्न सकिँदैन । नेपालीहरु राजनितिक हिसावले मात्र होईन, बिदेशिले लाधेको आधुनिकताको समेत दास बन्न बाध्य भएकोछ । आफुलाई तरकारी खान आलु उत्पादन गर्न सक्ने क्षमता नराख्नेहरु विश्व हाक्ने गफ हाकी रहेकाछन ।
सुन फलाउन सकिने देशलाई मांग्नेहरुको देशका रुपमा परिचित गराउने तत्वहरुलाई अग्रगामी र प्रजातन्त्रवादी देख्ने नेपालिको कमजोर चेतनाको उपजका रुपमा नेपालका नेताहरुको अस्वभाबिक जन्म भएको हो । नेपालका नेताहरुलाई जो जस्ले ( बिदेशी बाहेक ) जन्माए ती नेपालीले पश्चाताप गर्ने र आफुले दिएको जनमतलाई बिद्रोहका माध्यमद्धारा कुल्चदै देश जोगाउने र आफ्नो जीवन पनि सुरक्षित राख्ने हिम्मत गर्नुपर्छ ।
देश चलाउनका लागि र दुनियाँलाई सुख र शान्तिको जीवन बाँच्न दिनका लागि यस्तो भद्दा शासन शैली र कुरुप अनुहार भएका साशकहरु बाधक हुन् । यस्ता साशकहरुलाई जनताले बहिसकार गर्दै श्वदेशि बिवेक प्रयोग गर्न सक्ने राजनितिक नेर्तित्व र राजनेता यहि देशभित्र खोज्नुपर्छ ।
सामाजिक न्याय, जनताको सुरक्षा र बिकासका लागि बाधक तत्वहरु परिवर्तनका संम्बाहक हुँन सक्दैनन् । जो जस्ले एउटा सबल राष्ट्रका संबैधानिक, राजनितिक, सामाजिक र आर्थिक लगायत सुरक्षा ब्यवस्था समेत भत्काई दिए, त्यस्ता तत्वहरुका हाथमा सत्ता र ब्यवस्था छोड्नु भनेको अकल्पनीय बिपद निम्त्याउनु नै हो । म आशा गर्दछु नेपालीले अब आफुलाई सबल मान्छेका रूपमा यस राष्ट्र भित्र आफ्नो उपस्थिति देखाउनेछन र भ्रष्टहरुबाट साशित हुंन अस्वीकार गर्नेछन् ।

