-भरत दाहाल
देशभक्तहरूकाे हत्या गरेर सत्तामा उठार्इएका हत्याराहरूले हत्यारा नै पुरष्कृत गर्छन् । प्रधानमन्त्रिकाे मुकुन्डाे लगाएर माेदीकाे चाकरीमा दिल्ली गएकाे एउटा हत्याराले भूमिगत रेशम चाैधरीलाई दिल्लीमैं भेटेकाे थियाे। दासढुंगामा भएकाे हत्याकाण्डकाे अर्काे माैन दर्शकले इण्डियन डिजार्इनमा मारीएका दर्जन जति प्रहरीहरूकाे हत्या याेजनाकारलार्इ सांसदकाे फुलि लगार्इदिएर माननिय बनायाे।
पुष्पकमल अर्थात् रेशम चाैधरी, रेशम चाैधरी अर्थात् केपी अाेली, केपी अाेली अर्थात् पुष्पकमल। न चरित्रमा अन्तर, न कालाे पृष्ठभूमिमा अन्तर, न देशद्राेहमा अन्तर। फाैजदारी अपराध लागेका अपराधिहरू माननिय र मन्त्रि बन्न पाउने कानून बनेकाे शासनमा एउटा हत्यारालार्इ गरिएकाे सम्मान अनाैठाे छैन।
यीनीहरूलार्इ कुर्सी जाेगाउनु मात्र छैन, ज्यान पनि जाेगाउनु छ। सिआइए र रअ काे चाराेले यीनीहरूलार्इ सत्कर्म गर्ने अनुमति नै दिंदैन। यीनीहरू कुन स्तरका अपराधि हुन् भन्ने तथ्य पृथ्वी जयन्तिमा बिदा कटाएर हत्या अभियाेगमा जेल भाेगिरहेकाे रेशम चाैधरीलाई माननियकाे फुलि लगाएबाटै प्रष्ट हुन्छ।
याे विदेशीहरूले प्रयाेग गरेका पेशेवर लुटेरा अपराधिहरूकाे शासन हाे। यसमा रेशम चाैधरी, एनसेल, वार्इड बडी भ्रष्टाचारि जस्ता अपराधिहरू बाहेक कसैका लागि स्थान छैन।
पृथ्वी जयन्तिमा बिदा कटाैति गर्ने अपराधिहरू कसका मानिस हुन्छन् भन्ने कुरा ब्याख्या गरिरहनु पर्ने विषय हाेर्इन। यी अपराधिहरूकाे केहि बाँकि नरहने गरी पर्दाफास गराैं।
अर्काे १२ बुँदे संस्करणकाे प्रयास भैरहेकाे छ

बिमस्टेकका नाममा नेपाललार्इ इण्डाे-पश्चिमा सैन्य गठबन्धनमा सामेल गर्ने षडयन्त्र, तस्कर मुनकाे अावरणमा काठमाडाैंमा सिअार्इएकाे एशिया-प्यासिफिक सम्मेलन, अाेली सरकारद्वारा चीनका विरूद्ध इण्डाे-प्यासिफिक रणनीतिमा साझेदारिबारे अमेरीकासंग वार्ता, जापानी विदेश मन्त्रि क्वाड सैन्य गठबंधनकाे छलफलपछि दिल्लीबाट काठमाडाैं अाउँदै।
एनसेल उन्मुक्तिदेखि वाइड बडी जहाजसम्मका अरबाैंका घाेटालाहरूकाे श्रृंखला, झाेलेहरूका हातमा राज्यकाेष मनपरि दुरूपयाेग, निर्मला हत्या र बलात्कार काण्डकाे तमासा, रेशम चाैधरीकाे सम्मान सबै घटनाहरू दुर्इ तिहार्इ बहुमतकाे सरकारका पालामा भैरहेकाे तथ्य नियाल्नुहाेस् ! देशमा अराजकता फैलाएर अर्काे दुर्घटना गराउने याेजना अघि बढिरहेकाे छ।
दुर्घटना के का लागि त ? इण्डियन र पश्चिमा साम्राज्यवादीहरूले १२ बुँदेमा नेपालकाे तस्विर जस्ताे रूपमा देख्न चाहेका थिए, त्याे त्यसबेला कल्पना गरिए जस्ताे हुन सकिरहेकाे छैन। चीन र रूसकाे भूमिका यसकाे मूख्य कारण हाे। यसर्थ, अर्काे भाँडभैलाे गराएर मिलार्इ दिने बहानामा सबै दलालहरूलार्इ १२ बुँदे जस्तै एउटै लगाममा बाँध्ने प्रयास भैरहेकाे छ।
दिग्भ्रमित बहस
काठमाडौंका केहि बौद्धिकहरु नेपालको समस्याका रुपमा पश्चिमा शक्तिहरु रहेका छन् कि ईण्डियनहरु भन्ने सारहिन बहसमा लागेका छन्। बिसौं सताब्दि यताको ऐतिहासिक प्रकृया, यस क्षेत्रको भूराजनीति र एशियामा कायम गर्न खोजिएको शक्ति सन्तुलनका हिसाबले पश्चिमा शक्तिहरु र ईण्डियालाई पृथक बनाएर हेर्नेहरु कि त दिग्भ्रमित तत्वहरु हुन् या संदिग्ध। नेपालको मामिलाका बारेमा पनि यहि तथ्य अन्तिम सत्य हो।
नेपालमा पश्चिमाहरुले जे जस्ता हस्तक्षेपहरु गर्दै आएका छन्, त्यसको माध्यम ईण्डिया नै हो र ईण्डियाले अञ्जानबस् यसो गर्न दिएको होईन। पहिलो यथार्थता के हो भने ईण्डिया अहिले पनि पश्चिमाहरुको नव उपनिवेश हो र यो तिनीहरुको घेराभन्दा बाहिर जान सक्ने अवस्था छैन। दोश्रो कुरा, ईण्डियासंग सिमा जोडिएको चीन त्यसको स्थायी शत्रु हो। ईण्डियाको एशियाली दादा बन्ने सपना चीनको पराजयबाट मात्र पूरा हुन संभव छ।
पश्चिमाहरुको गुलाम हुनुको कारण र चीनलाई पछारेर महाशक्ति बन्ने कुन्ठाका कारणले ईण्डिया सँधैभरी पश्चिमाहरुको साथमा छ। नेपालमा राजतन्त्रको अन्त्य र धर्म निरपेक्षता बारे ईण्डिया र पश्चिमाहरुका बिचको सहमतिपछि नै १२ बुँदे समझदारी संभव भएको हो। तराई लगायत सिंगो नेपालमा जे भैरहेको छ, त्यो दुबैको साझेदारिमा भैरहेको छ।
एउटा तत्व एन्टी ईण्डियन र अर्को एन्टी वेस्टर्नका रुपमा प्रस्तुत भएर दुबै साम्राज्यवादीहरुलाई एक अर्काका विरोधि देखाउने तथा नेपालीहरुलाई दुबै मध्ये कुनै एकको घेराभन्दा बाहिर जान नदिने प्रयासहरु भैरहेका छन्। हामीले विश्व ध्रुविकरणको प्रवृतिमाथि ध्यान दिएर नेपाललाई हेर्नु पर्दछ। अमेरीकि प्रस्तावको सैनय गठबन्धन क्वाडमा सामेल भएको ईण्डियालाई निर्दोष देख्नेहरुसंग सावधान हुन जरुरी छ।

