बिष्णु खनाल –उहिले ,उहिले नेपालमा खपटे,बिफर जस्ता रोगको उपचार हुदैनथ्यो।, एकजनाले बिफर खपटे रोग लागेर मनँ लागेका बाउलाई थोत्रो डोकोमा बोकेर भिर फाल्न भनेर हिडेछन। त्यसपछी उनको छोरोले हजूरबालाई कता लिएर जानूभाको भनेर, बाबुलाई सोधेछन । उसको उत्तर दिदै भिरबाट फाल्न लागेको भनेछन। त्यसपछी उनका छोरो बालकले हजूरवालाई फालेपनी तो डोको चाहि नफाल्नूहोला है, किनकी मैले पनी तपाईलाई फाल्नलाई डोको चाहिन्छ भनेर भनेछन । त्यस्तै जसो कांग्रेसको चुनाबी हार र त्यसपछी महासमितीको बैठक सम्म आइपुग्दा नेतृत्व परिबतँनको मूद्दा चोटिलो बन्दै आएको छ । यसका साथै पदाधिकारीको संख्या धमँनिरपेक्षता, संघिय संरचनाको बिधान, मधेषि मूद्दा समेत चोटिलो बिषय बन्दै गएका छन । कांग्रेस नेपालको ७ दशक पुरानो इतिहास बोकेको र पटक पटक जनमत पाएको पाटी हो यसमा दूईमत छैन ।
काग्रेसको डोको भिरबाट मिल्काइहाल्ने बेला आएको छैन।
गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ, चन्द्र भण्डारी, धनबहादुर गुरुङहरुले आफ्ना नेताहरूलाइ मृत्युतल्य लास संझेर भिरबाट घचेट्न खोजे भने , शेर बहादुर देउवा र रामचन्द्र पौडेललाई त घचेट्लान तर गगन, गुरू , प्रदिप, धनराज मुनिको भाबीपुस्ताले लास त फाल लास बोकेको डोको हामीलाइ चाइन्छ , डोको चाहि नफाल भने भने उत्तर उनिरूसंग छ कि छैन ।
तेसैले घचट्ने बेला आएको छैन । उनिहरूलाई बोक्न पनी डोको त चाइन्छ । एउटा थ्यौरी छ बिजीनेश म्यानेजमेन्ट को पुस एण्ड पुल थ्यौरी, अथाँत तान्ने र धक्लन्ने थ्यौरी, पूल अथाँत तान्ने थ्यौरी र पुस धकल्ने थ्यौरीलाई कंग्रेसको ऐतिहासिक काल खण्डमा बिभिन्न नेताहरूले प्रयोग गरेको पाइन्छ। टंकप्रसाद आचायँ, किसुनजीलाई हारेका मान्छेलाई समेत मनोनित गरेर बिपि कोईरालाले आफ्नो संगठनलाई बलियो बनाएको इतिहास छ भने इतिहांसकै कालखण्डमा गिरीजा बाबुले, गणेशमान किसुनजीलाई, धकल्दै भित्तामा पुर्याउदै गदाँ पाटी नै छोड्नूपरेको तितो यथार्थ पनी कंग्रेसको इतिहासमा नै छ।
त्यसैगरी शूशिल दाले यूबाहरूले संगठन बलियो हुन्छ भनेर नै पुबँ ने.बि संघका, सभापतिहरू महेन्दं शमाँ, कल्याण गुरूङ ,प्रदिप पौडेल लगायतलाई केन्द़िय सदस्यमा मनोनित गरनूभयो,जून पुल तान्ने थ्यौरी हो । जसले गदाँ ब्यक्तीगत रूपमा गिजाँबाबुलाई सत्ता हत्याएर रजाइ गनँ समय परिस्थिति आफ्नो अनूकलता त बन्यो तर मध्याबधि चुनाउ जस्ता निणँयले देशको उधोगतिको शूरूबात भयो। जसले राष्टियता लाई कमजोर बनायो जनतालाई समेत कमजोर बनायो। पूरानो पात खस्छ र नयां पात पलाउदै जान्छ जून प्राकृतिक नियम नै हो।
यसको मतलब देउबा र पौडेल नै सधै नेतृत्व मै रहिरहनू पछँ भन्ने निरपेक्ष दृष्टि कोण पनि होईन । यसबिच राजदूतको नियूक्ती, न्यायपालिका मा हस्तक्षेप, प्रहरी प्रमुखको नियूक्ती, चूनावमा टिकट बितरणमा गलत निणँय भएका छन सो कुरा जगत जाहेर नै छ। तर अभिभावक बिनाको घर कस्तो हुन्छ , तो बाउआमा बितेको छोराछोरीले अनूभुति गनँसक्छन । बाबु बितेपछी उसको काधमा धन मात्रै थोपरीने हैन, ऋणपनी थाप्लोमा बोक्न तयार हुनूपरछ तो पनि यूवानेता पंक्तीले बुझ्नुपनेँ कुरा हो । कमनिस्ट संग लड्न जूध्न यूवानेता उहांहरलाई सकस नै नहोला भन्न सकिदैन।
हिजो महाधिवेशनमा सहयोग गर्दा कार्यकाल ४ बर्षको हुन्छ भन्ने थाहा सबैलाई थियो, आज समिकरण, समय परिस्थिती बदलियको कारण कसैलाई सभापति कसैलाई प्रधानमन्त्री ,कसैला सेवा सुबिधा हत्याउन हतारो हुने कस्तो प्रजातन्त्रिक परिपाटी हो । लोकतांत्रिक संस्कारबाटै भाबी पुस्ता र नेता सबैको कल्याण हुन्छ ।नेताहरू अतृप्त हुने र यूबा पुस्ता आबश्यकता भन्दा बढि महत्वाकांक्षी हुनाले संगठनलाई ऊहो हुन दिनेछैन । लोकतान्त्रीक संस्कार र अनूसाशनको प्रशिक्षण नपाएको भये यूवा पुस्ता, गलत बाटोमा जान सक्थे। राजनीति मा लागेका सबै सभापति, प्रधानमन्त्री नै हुन्छन भन्ने कहां छ र सफल हुनेत औलामा गन्न सक्ने सिमीत मानिस मात्र हुन। कसैले पटक पटक अबसर पाए कसैले एकपटक पनि क्षमता हुंदा हुदै पनि अबसर पाएन तो समय परिस्थीतीको गोल चक्कर हो । तेसो हुनाले हिजो योग्य भनेर जिताउने अनि आज विचमै विरोध गनेँ परिपाटी कतिको उचित हो ।
नेपालको संबिधान भाग २९ को धारा २६९ को ४ ख अनुसार राजनितिक दलको प्रत्येक पदाधिकारी को निबाँचन ५ बषँमा हुनूपनेल भन्ने छ तर कांग्रेसको कोषाध्यक्ष र प्रबक्ता किन मनोतित राखीयो । संबिधानको मर्म बिपरित भएन र ?

