अनिल योगी -कुनै पनि राष्ट्रको जिवनमा जवानी भर्ने तागत भनेको त्यो देशका युवाहरुको बुद्धि, पाखुराको बल र बिचारको शक्ति मुख्य कुरा हो । नेपालका युवाहरु राष्ट्रको स्रोत र साधनका रूपमा नभै समस्याका रुपमा आफ्नो उपस्थिति देखाउन थाले, त्यसैले यो राष्ट्रको गन्तव्य हरायो, स्वयम् नेपाली युवा युवतीको भबिश्य पनि हरायो र अरुका देशमा खोज्नुपर्ने भयो ।
नेपालको राजनितिक नेतृत्वलाई सत्ता र शक्तिमा पुर्याउनको लागि अधिकारका कुरा गर्दै ज्युज्यानको प्रवाह नगरी लडाई लढड्ने हजारौ नेपाली युवती र युवाहरुले बलिदान दिए र छट्टुहरुलाई सत्तामा राख्दै अयोग्यताको प्रमाण पत्र बोकेर आफैले उठाएका राजनितिक नारा र मुद्धालाई छोडेर खाडिमा जान बाध्य भए ।
नेपालको राजनितिक ईतिहासमा नेपाली युवाहरुका लागि त्यो निकै ठूलो पीडादायी अबस्था थियो । नेतृत्व अयोग्य नहुने र नेतृत्वमा पुर्याउने युवाहरु मात्र अयोग्य हुने ? यो प्रश्न उठाउने र बिद्रोह गर्ने हिम्मत नेपाली युवाहरुले प्रदशन गर्न सकेनन् त्यो निकै ठूलो बिडम्बनाको कुरा थियो ।
देशको यस्तो बेहाल भएकोछ । महंगी, अन्याय, अत्याचार, दुराचार, भ्रष्टाचार, बलातकार नातावाद र कृपावाद यति मौलाएको छ कि भनेर साध्यनै छैन । यस्तो अबस्थामा पनि नेपाली युवा युवतिहरु देशलाई बिदेशिको कृडास्थल बनाउने पतित तत्वहरुका पछि लागेर गडगडाहट ताली बजाई रहेका छन् ।
हजारौ नेपाली युवति र युवाहरुले आफ्नो जीवन परिवर्तनका खातिर समाप्त पारे तर सबै भन्दा बढी बेईमानी तिनै युवाहरुप्रति गरियो । दु:खको कुरा नेपालका युवाहरुले यो देशका शासकहरुसंग आफ्नो जीवन र जवानीको मूल्य माग्न सकेनन् ।

जबसम्म यस्तो लम्पट, अचेत र नालायक युवा जमात राज्यमा बाँचीरहन्छन तबसम्म यो देशमा युवाहरुका बलमा उथलपुथल गर्न सक्ने सम्भावना रहँदैन । नेपालको आज जुन अबस्था छ त्यो नेपाली युवाहरुकै कारण सृजना भएको हो र भोलि देश अरु संकटमा पनि नेपाली युवाहरुकै कारण पर्नेछ ।
आफुलाई धुरन्धर जानेको बुझेको र पढेको भन्ने मुला कुन चाहिँ युवा वा युवतिले सत्यका पक्षमा लागेर नेपालीलाई बिद्रोहमा उतार्न सक्यो ?
दासहरुले आफ्नै देश बनाएको र न्यायका निम्ति साच्चिकै लडाई लडेको बिश्व ईतिहास मैले पढेको छैन ।
यो समय खास मान्छे जन्मिने समय हो – एउटा मान्छेले जब सम्म आफ्नो ज्ञान र बिवेक बारे स्वयम् आफै समीक्षा गर्न सक्ने हुँदैन तब सम्म त्यो मान्छे पुर्ण रुपमा मान्छे कहलाउन योग्य हुँदैन ।
यो प्रश्न सुन्दा मान्छेलाई अनौठो पनि लाग्न सक्छ । अनौठो यसकारण लाग्न सक्छ, मान्छेलाई म मान्छे हुँ भन्ने सम्मको चेतना त पक्कै हुन्छ तर खास मान्छे हुनका लागि म संग के के कुरा आबस्यक हुन्छन् भन्ने कुरा सबैले जान्दैनन् ।
यो प्रश्नलाई हामीले यसरी पनि बुझ्न् सक्छौं- जस्तो आजको विश्व मानव दुनियाँमा कति मान्छे जन्मिए मरे, फेरि जन्मिए मरे कसैको हिसाब किताब कसैले कहिँ पनि राखेको पाईदैन । तर कोही यस्ता मान्छे जन्मिए उनिहरु कहिले पनि नमर्ने गरि जन्मिए र दुनियाँका मानस पटलमा ती थोरै मान्छे जिवित छन् ।
नेपालमा अरुका कुरा छोडौ राष्ट्र निर्माता पृथ्वीनारायण शाह कहिले पनि मर्दैनन । नेपालि माटोमा आज भन्दा २५ सय बर्ष पहिले गौतम बुद्ध जन्मिए ! २ सय ८० बर्ष पहिले गुरु गोरखनाथ बाबा जन्मिनु भयो ।
दुई सय पचास बर्ष भन्दा अगाडि जन्मिएका पृथ्वीनारायण शाह पछि त्यस्ता मान्छे फेरि किन जन्मिएनन ? किन कि केही खास मान्छेको जन्म आबश्यकता अनुसार मात्र हुने गर्छ ।
देशभक्त गायक शिशिर योगीले बीस बर्ष देखि यो देशमा म एउटा मानिस खोजी रहेकोछु भनेर गित गाउनु भएकोछ तर त्यो मान्छे आजसम्म जन्मिएन । मान्छे त छन् नि समाजमा तर खास मान्छे को हुन त भन्दा कोही हुन सकेनन् । खास मान्छे बनाउने बस्तु होईन, त्यो मान्छे मातृभुमि र आमाका गर्वबाट आफै जन्मिन्छ । त्यो मान्छेलाई पछि बनाउन पर्दैन ।
पछि बनाउन पर्ने मान्छे भनेका बास्तवमा पशुकै रुपमा जन्मिएका हुन्छन् । तिनिहरुलाई सभ्यता, संस्कार, आचार बिचार सिकाउनुपर्छ किन कि नत्र अहिले हामी संग जस्ता मान्छे छन् त्यस्तै हुन्छन् ।
यदि खास मान्छे यस धर्तिमा जन्मिएका र बाँचेका थिए भने सिंगो राष्ट्र र समाज यस्तो बिरक्त लाग्दो किन हुँदो हो । अरुका राजनितिक बिचारमा बाँधिने,अरुका धर्मका बाँधिने र स्वयम् आफुलाई म मान्छे हुँ वा के हुँ भनेर जाच्न नसक्ने मान्छे भएको राष्ट्र र समाज यस्तै हुन्छ जुन हामीले सकि नसकी धानी राख्नु परेकोछ ।

