–भरत दाहाल
लुट र विदेशी ऋण : देश बुझाउने षडयन्त्र – लाउडा काण्डमा जस्तै १ डलर पूँजी भएकाे कम्पनीसंग ‘वार्इड बडी विमान’ खरिद गरिएकाे कुराले के संकेत गर्छ ? लाउडा काण्डमा भए जस्तै गरी याे कम्पनी पनि केहि समयपछि विघटन हुन्छ र नेपालकाे पैसा डुब्छ।
भ्रष्टाचार, कमिशनखाेरी, बेरूजु, भाेगविलास, सेवासुविधा अादि बहानामा यस्ता घटनाहरू जसरी बढ्दै गएका छन्, यसकाे उद्देश्य नेपालकाे टाट पल्टाउने र विदेशीबाट ऋण लिएर देशलार्इ तिनीहरूकाे हातमा बेच्ने हाे।
यस्ताे अपराध विदेशीहरूकाे डीजार्इनमैं सुनियाेजित रूपमा भैरहेकाे छ । इण्डियाले पुनः निर्माणका लागि ऋणमा दिने भनिएकाे रू ७५ अर्बका लागि र विश्वबैंकले ऋणका लागि अघि सार्ने सर्तहरू यसका उदाहरण हुन्।
यसलार्इ राेक्नका लागि देशद्राेही दलालहरूका विरूद्धमा विद्राेहकाे विकल्प देखिन्न। समस्याकाे चुराे कहाँ छ र याे समस्यासंग जाेडिएकाे रणनीति के हाे भन्ने कुरा नबुझि नेपाल उँभाे लाग्ने छैन भन्ने तथ्य स्पष्ट छ।
यस्ताे छ ध्याउन्न – एमाले र एमाअाेवादीकाे एकताकाे वार्ता प्रयास हुनासाथ मैले भनेकाे थिएँ- एमाले नै पश्चिमी शक्तिहरूकाे अबकाे प्रमूख प्रयाेगशाला हाे। त्यसपछि ३ वटा ध्यान दिन लायक घटनाहरू घटिसकेका छन्।
१. एनजिअाे र अार्इएनजिअाेहरूकाे सम्पत्तिलार्इ रेकर्डमा ल्याएर पारदर्शि बनाउन गरिएकाे प्रयासमा राेक।
२. एनजिअाे र अार्इएनजिअाे तथा बिदेशी दूताबासहरूकाे छाडापनलार्इ राेक्न भनि बनार्इने नियमका बारेमा तिनैहरूसंग सल्लाह माग।
३. अाजदेखि काठमाडाैंमा सुरू भएकाे अार्इएनजिअाेकाे सम्मेलनमा राज्यशक्तिकाे नाङ्गाे दुरूपयाेग।

यिनीहरू इण्डियन साम्राज्यवाद विराेधि नेपाली मनाेविज्ञान भजाउने, चिनियाँ मित्रताकाे कार्ड प्रयाेग गर्ने र पश्चिमा रणनीतिमा काम गर्ने ध्याउन्नमा लागेका छन्।
दलाल शासनकाे घिनलाग्दाे तस्विर – सरकारी दाबि ……………….. “माथिल्लो मर्स्याङ्दी खरिद विक्रीसम्बन्धी विषयमा छानबिन हुने।”
“जलविद्युत् आयोजनाको प्रवर्द्धनका लागि अनुमति लिने, आयोजना अगाडि नबढाई शेयर किनबेच गरी प्राकृतिक स्रोतको दुरुपयोग गर्ने प्रवृत्ति मौलाएको।”
“६० लाखमा लाइसेन्स अनुमति लिएर १० वर्ष रोकेर तीन अर्बमा बेच्नु भनेको हाम्रो अर्थतन्त्रको ढाँचा त्रुटीपूर्ण छ भन्ने पुष्टि।”
माथिल्लाे मर्स्याङ्गदी बेच्ने इण्डियन कंपनी माथिल्लाे कर्णाली सित्तैमा कब्जा गर्ने GMR हाे। एउटा विदेशी कम्पनीले अायाेजनाकाे लार्इसेन्स लिएर काम नगरी १० बर्षपछि ५०० गुना बढि मूल्यमा बेच्नुकाे अर्थ हाे- स्वाधिनता र समृद्धका गँजडि गफ चुट्ने यहाँका दलाल शासकहरू विदेशी कम्पनीका झाेले भन्दा बढि केहि हाेर्इनन्। GMR ले यस्ताे कुकर्मका लागि सबैलार्इ घुस दिएकाे छ भन्ने कुरा यिनीहरू मर्स्याङ्गदी बिक्रि प्रकृयामा सामेल भएकाे तथ्यबाटै थाहा हुन्छ।
कथित नव-उदारवादका नाममा शक्ति हुनेहरूसंग देशकाे सार्वभाैम इज्जत बेच्ने र देशकाे अस्मितामाथि बलात्कार गर्न खुला बजारका नाममा ढाेका खाेलिदिने नीति अख्तियार गरेपछि “अर्थतन्त्रको ढाँचा त्रुटीपूर्ण” हुन्छ कि हुँदैन ? विदेशीहरूलार्इ अनुशासनमा राख्न बनार्इने नियमहरूका बारेमा तिनैहरूसंग सल्लाह माग्ने दलाल राज्य व्यवस्थाकाे अर्थतन्त्र त्रुटिपूर्ण हुन्छ कि हुँदैन ?
नेपालकाे नयाँ यूग – जुन दिन देखि देश लुटेराहरूकाे सम्पत्ति जफत हुन सुरू हुन्छ, जुन दिन देखि ९३ प्रतिसत ब्यापार घाटा पुर्याउनेलार्इ जेल काेच्ने काम सुरू हुन्छ, जुन दिन देखि ७५० अरब रूपैयाँ बेरूजु राख्नेलार्इ काेर्रा हान्न सुरू गरिन्छ, जुन दिन देखि ४५ वटा उत्पादनमा अात्मनिर्भर (पञ्चायत काल) रहेकाे देशकाे टाट पल्टाएर अाधा सकृय जनशक्तिलार्इ विदेश लखेट्ने विदेशी मतियारहरूलार्इ श्रमशिबिरकाे पुरष्कार दिर्इन्छ, जुन दिनदेखि बिदेशीहरूकाे चाकरीमा देशकाे अस्मिता बेच्नेहरूलार्इ गाेलिले उडार्इन्छ त्यसै दिनदेखि नेपाल नयाँ यूगमा प्रवेश गर्छ।
नयाँ यूग विज्ञापन हाेर्इन– देश लुटेकाे रकमले लाजै नमानि काठमाडाैंमा दरबार ठड्याएर नेतागिरी गर्ने र देश चलाउने रीतिथितिकाे सल्लाह बिदेशी दूताबास र एनजिअाे/अार्इएनजिअाेहरूसंग माग्नेले नयाँ यूगकाे थालनि गरीहाल्ने भए यस्ताे यूग शेरबहादुर, पुष्पकमल, सूर्यबहादुरकै पालामा सुरू भैसक्ने थियाे। नयाँ यूग विज्ञापन हाेर्इन। नयाँ यूग भनेकाे यथास्थितिकाे निरन्तरताकाे अन्त्य हाे, पहिलेकाे यूगकाे अन्त्य हाे, परिस्थितिमा गुणात्मक छलाङ हाे। यसकाे सुरूवात हुनका लागि साम्राज्यवादीहरू र तिनका चम्चाहरूकाे उन्मूलन हुनु पर्छ।
८ कराेडले नयाँ उद्याेग खुल्थ्याे -सामाजिक सुरक्षा याेजनाकाे विराेध सज्जन मानिसले गर्दैन तर राज्यकाे ढुकुटि सकेर जस जसका फाेटाहरू विज्ञापन गरिएका छन्, तिनीहरूले बुझ्नु पर्छ कि कार्यक्रमका दाता उनीहरू हाेर्इनन्। याे राज्यकाे नीति हाे।राज्य भनेका प्र.म. र गाेकर्ण बिष्ट हाेर्इनन्। विज्ञापनमा खर्च गरिएकाे पैसामा नागरिकहरूकाे पसिना चुहेकाे छ। ३ महिनामा साढे ३ खर्ब ब्यापारघाटा ब्यहाेर्ने शासनमा ८ कराेडले नयाँ उद्याेग खुल्थ्याे। याे राजनीतिक संष्कारकाे कुरा हाे।
नेपालकाे पहिलाे दर्जाकाे शत्रु “जिससकी छाेरी” र “राम-सीता बिबाह”काे खाेल अाेढेर याेजनाबद्ध ढंगले नेपालमा नाकाबन्दि, हिंसाहत्या, साम्प्रदायिकताकाे खेति गर्दै अाएका इण्डियन, अमेरीकन र यूराेपीयन साम्राज्यवादी र तिनले पालेका देशद्राेही गुण्डाहरूका गतिविधिहरूलार्इ बुझ्नका लागि तिनीहरूकाे डिजार्इनमा भएका निम्न घटनाहरू र ति घटनाभित्रका अर्थहरूलार्इ हमेसा मष्तिष्कमा राख्नुहाेस् ! जसले धर्म र जातिका नाममा विदेशी बाेक्छ, त्याे नेपालकाे पहिलाे दर्जाकाे शत्रु हाे।
१. कांग्रेसले गरेकाे अर्थतन्त्रकाे निजीकरणकाे उद्देश्य -नेपालकाे टाट पल्टाउनु, बेराेजगारी सिर्जना गरेर नेपालीहरूलार्इ विदेश पलायन गराउनु, राजा महेन्द्रले गरेका विकासका कामहरूकाे प्रभाव मेटाउनु, नेपाललार्इ विदेशी माल बजार बनाउनु।
२. मदन भण्डारी हत्याकाे उद्देश्य -एमालेलार्इ अाफ्ना एजेन्टहरूकाे नियन्त्रणमा लैजानु, -वामपन्थकाे साम्राज्यवादीकरणा गर्नु, एमालेलार्इ एनजिअाेकाे जालाेले बाँध्नु।
३. माअाेवादी युद्धकाे उद्देश्य -नेपालकाे सद्भावपूर्ण सामाजिक सम्बन्धलार्इ खल्बल्याउनु, साम्प्रदायिक मुद्दाहरूले वर्गका मुद्दाहरू विस्थापित गर्नु, शान्ति र मेलमिलापका बहानामा विदेशी हात हाल्ने पूर्वाधार बनाउनु।
४. राजा वीरेन्द्रकाे परिवारकाे हत्याकाे उद्देश्य- नेपालकाे शक्तिकेन्द्रलार्इ विघटन गर्नु, दलहरूलार्इ नियन्त्र गर्ने लगाम विदेशी हातमा लैजानु ।
५. बाह्रबुँदे समझदारीकाे उद्देश्य – नेपालकाे शक्तिकेन्द्र साम्राज्यवादी भूमिमा स्थानान्तरण गर्नु, नेपालकाे विघटन गर्नका लागि दलालहरूलार्इ एउटै थलाेमा ल्याउनु।
-यी दाहालका निजि विचारहरु हुन्

