मेघराज नेपाली– म एउटा नेपाली नागरिक हुँ मलाई नेपाली हुनमा जतति गर्व छ शायद संसार कै सम्पूर्ण मानव जातिलाई आफ्नो देश प्रति उत्तिकै गर्व हुन्छ। म एक जना प्रदेशी नेपाली जसले जम्मा १६ बर्ष आफ्नो जन्म भुमिमा र ३२ बर्ष प्रदेशमा बिताएको छु । म जस्ता ७० लाख भन्दा बढी नेपाली आफ्नो जन्मभुमीबाट टाढा कर्मभुमीमा दिनलाई रात र रातलाई दिन सम्झेर उर्जाशिल जीवन बिताउदै हुनु हुन्छ। उहाको मन सधैं नेपाल र नेपाली राज्य ब्यबस्था अनि आफ्नो जहान बच्चा आमा बुवा दिदी बहिनी साथी संगी गाउ बेशी इस्टमित्र नातागोतालाई सम्झदै बिताउनु हुन्छ। हामीलाई कती पिडा छ त्यो हामी बाहेकका कसैलाई थाहा छैन। किन कि प्रदेशिनु रहर कसैको हुँदैन। प्रदेश जहाँ जाती धर्म भाषा भेश खानपान सबै फरक हुन्छ।
प्रदेश तिहार दसैं तिज होली माघि बिनाको हुन्छ। आफन्त मर्दा उपस्थिती हुन सक्दैन कसैको विवाह आजा पूजा परिवारको खुशी सबै त्यागेको हुन्छ प्रदेशिले। उस्तै परे छोरा छोरीले चिन्न नसक्ने अवस्था पनि हुन्छ पर्देशिको। तर पनि आफ्नो देशको राजनीतिक अवस्था तङ्रियला सुध्रियला र काम गरेर खाने बातावरण बन्ला कि भन्ने झिनो आश मनमा राखेर बचेँका हामी लाखौं नेपालीको मतदान गर्ने नैसर्गिक अधिकारलाई बेवास्ता गरेका हाम्रा शासकहरु लाई हामीले बगाएको खुन पसिनाको उपज पैसा भन्दा बाँकी कुनै सरोकार नै छैन। हामी नेपाली विश्वको जहाँ बसे पनि नेपाल पर्ती आस्था माया सधैं राखे कै हुन्छौ।
नेपालमा हुने हरेक राजनीतिक परिवर्तनमा हामी प्रदेशी नेपालीको उत्तिकै योगदान हुन्छ जत्तिको नेपाल भित्र बस्ने नागरिक बुद्दिजिबी कर्मचारी राजनीतिक पार्टी हरुको। हामीले प्रदेश बाट हरेक परिवर्तन को लागि आर्थिक सहयोग नैतीक समर्थन उस्तै परे भौतिक उपस्थिती भएको हुन्छ। तर पनि हामीलाई हेर्ने दृष्टिकोण फरक छ। गरिने व्यबहार फरक छ। माछा मिठो काढा तितो किन? राष्ट्र चलाऊने अर्थिक श्रोत प्रदेशी नेपाली हुन सक्छ भने नेपालको राज्य सत्तामा उसको मत किन हुन सक्दैन? हामी हजारौ सपना मनमा बोकेर प्रदेशिन्छौ अनी काठको बाकसमा फर्किनु पर्दाको पिडा राज्यले महसुस गर्ने कि नाइ ? हाम्रा जहान बच्चा को शिक्षा स्वास्थ्य राज्यको जीम्मेवारी बाट पन्छिनु के ठीक हो ? समयमा तलब नपाउदा हामीले समयमा पैसा पठाउन नसक्दा, हामी बिरामी पर्दा हामी अङभङ हुँदा हामी लाई राहत नगरने सरकार लाई हामीले कर किन तिर्ने? हामीले तिरेको कर बाट हाम्रो लागि राज्यले कुनै काम नगरने अनी हामीले किन कर तिर्ने ? कर तिर्नु को पनि उद्देस्य हुन्छ।
तर हामीहरुको कर बाट उठेको पैसाको हिसाब किताब खै ? मन्त्री नेता कर्मचारी पाल्न हामीले कर तिर्नु पर्ने हो ? कि हामी प्रदेशी नेपालीको हक हित संरक्षेणको लागि कुनै काम गर्नको लागि ? नेपालमा जसले कर छली गरेको छ दुनियाँ हुँदै राज्यलाई ठगेको छ त्यो ब्यक्ती उच्च ओहोदाको मानिन्छ संस्कार नभएको मेरो देशमा करको पिडा इमान्दार सोझा नागरिकको लागि मात्रै हो। बेइमानहरु हरेक ठाउँमा बसेका छन। कसरी सम्पत्ती विवरण घटाऊन सकिन्छ ? कसरी बढाउन सकिन्छ कसरी राज्यलाई ठग्न सकिन्छ योजना बनाउछन। उनिहरु अडिटर इन्जिनियर कम्पनी खोलेर लुट्न बसेका छन। वकिलहरु अदालत मालपोत कार्यालय सबै ठाउँ अछुतो कही छैन। तर प्रदेशी हरु कुनै ठाउँमा बेइमानी गर्दैनन। पैसा बैंक बाट पठाउछन त्यहीबाट उसको तिर्ने ठाउँ सुरु हुन्छ पठाउने बैंक अनी पाउने बैंक दुबै ठाउँमा पैसा असुलिन्छ। घर सम्म पैसा पुग्दा हामीले राष्ट्रलाई कर तिरेको तिरैछौ।
यदी मैले तिरेको कर बाट मेरो देशमा उध्योग खुल्छ भने म कर दुगुना तिर्न तयार छु। यदी मैले तिरेको कर बाट व्याबहारिक शिक्षा बालबालिकाले पाउछन भने म कर खुशी खुशी तिर्छु। यदी मैले तिरेको कर बाट मेरो बृद्ध अवस्थामा मेरो मुखमा माड हाल्ने सरकारी योजना छ भने म कर बिन कर तिर्छु। यदी मलाई स्वास्थ्य सामाजिक सुरक्षा उपलब्ध मिल्छ भने म कर हासी खुशी तिर्छु। तर यदी मैले तिरेको कर बाट तबल खाने हाकिम मन्त्री कर्मचारी राजदुत नै मलाई प्रताडित गर्न लागेको हुन्छ भने म किन कर तिछु? कुनै उध्योग कुनै आयोजना कुनै उर्जा कुनै कृषि योजना कुनै शिक्षा कुनै स्वास्थ्य बेबस्था ठीक छैन र योजना पनि छैन भने तपाईं हामी किन के को लागि कर तिर्ने ? यिनै राष्ट्रघाती देश लुटेरा नेताहरुको भरण पोषण गर्न ?
के नेपालमा संघिय ब्यबस्था टिक्ला?

जनस्तर बाट कहिलै नउठेको मुद्दा हो संघियता। संघियता खासमा युरोपियन युनिअन र भारतको मुख्य योजनामा आएको थियो। २०६३ सालको जन आन्दोलनमा संघियताको मुद्दा कुनै पनि राजनीतिक दलको सुचिमा थिएन। तर ६३ साल माघको १८ गते मध्य रातमा पछाडीको ढोकाबाट जबर्जस्ती संघियता घुस्याइयो। तत्कालिन नेपाल सदभावना पार्टीका संस्थापक गजेन्द्र नारायण सिंहले सिंगो तराइलाई अलग प्रदेश बनाउने माग गरेका थिए। तर त्यो उनको मंत्रीपदसँग कतै हरायो। यो कुरा जत्ती सतहमा छ त्यो उत्तिनै शड्यन्त्र भित्र लुकेको पनि छ।
नेपालको तराइ नेपालका नदी नियन्त्रण गर्ने मुख्य ठाउँ हो र यहाँको जंगल नेपाल कै लागि बरदान पनि हो। भारतको आँखा यिनै चिजमा गडेको छ। जुन रुखमा फल लाग्छ तेही लबितो हानिन्छ। तितेको रुखको न घास हुन्छ न फल नै तेसैले बनमा तिते जताततै भेटिन्छ। नेपाल दुई ठुला देश बिचको सानो राष्ट्र हो र यसको महत्व ति दुई देशलाई झनै ठुलो बनाउछ। तत्कालिन भारतीय प्रधानमन्त्रि इन्दिरा गान्धीले भारतीय खुफिया संस्था “र अ” लाई लगाएर जसरी भये पनि नेपालको तराइ भारतमा गाव्नु पर्छ भन्ने योजना सुम्पिएको १९७५,७६ तिर हो। त्यो भन्दा पहिले १९५५मा सरदार बल्लव भाई पटेल र जवाहर लाल नेहरुहरुको योजना सिंगो नेपाल नै भारतको अधिनस्त बनाउने चर्चा खुबै चलेको कुरा बिभिन्न श्रोत हरुमा भेटिन्छन्।
नेपाली जनताको माग बिनाको एजेन्डा नेपालको अन्तरिम संबिधानमा घुस्याउन सफल यि बिदेशिका भरौटेहरुलाई आज नेपालको अर्थतन्त्र नेपालको भु-बनावोट नेपालको मिस्रित बसोबास भएका जनता यो संघियता निल्नु न ओकल्नु भएको छ। हालका प्रधानमन्त्री देखी तत्कालिन माओवादी सुप्रिमो प्रचन्डले बारबार यो कुरा जाहेर पनि गरेका छन। किनकि नेपालमा संघियता टिकाउन चाहिने आन्तरिक बस्तुगत अवस्था छैन भन्ने कुरा यिनीहरुलाई थाहा छ र पनि यो छोड्न सक्ने हिम्मत यिनीहरुसँग छैन। कसैलाई मंत्री बनाउने इच्छा जागेर प्रदेश त बनाइयो अब ति मंत्रीलाई चाहिने अधिकार कर्मचारी बासस्थान गाडी संचार बैठक हल भवनको जोहो कसरी गर्ने हो? कुन कुन राष्ट्रको शरणमा जाने ?बिदेशिले संघियता त दियो खर्च पर्च दिएन भने त बर्बाद हुने भो। यदी खर्च दियो भने पनि हामीलाई दास त बनाउने नै भयो नि “कि ऋण तिर भाई कि मैले भनेको मान”।
आज कङ्रेस सडकमा नाटक देखाउदैछ। उसको अनेक माग मध्य कर बढाएको कुरा पनि सामेल नै छ। यो संघियता ल्याउनमा कङ्रेस पनि उत्तिकै जिम्मेदार छ जत्तिको एमाले थियो। अब संघियता ल्याइसके पछी स्थानिय सरकार प्रदेश सरकार र केन्द्रिय सरकार तीन तहको सरकार लाई कर्मचारी भौतिक पुर्वाधार र आर्थिकको सम्पूर्ण भार जनतामा जाने छ। जनता महंगिको मारमा पर्ने छन बिकासको नाममा आउने रकम कर्मचारी नेता बैठक बिदेश भ्रमण मै खर्च हुनेछ। र नेपालको बिकास सुन्य हुने छ। यो कुरा हामीले २०६३ साल माघ २३ गते देखी भन्दै आएका छौ। यो कुनै हावाको तालमा बोलेका या पुर्वाग्रही भएर लेखेका कुरा अभिब्यक्ती बिचार होइनन। तथ्य बस्तुगत अवस्था देशको परिवेशलाई बिश्लेष्ण गरेर नै भनेका थियौ।
कङ्रेसलाई यो कुरा राम्रो सँग थाहा छ र हिजो पनि थियो। उसैको बदौलत हामी नेपाली बिदेशिन वाध्य भएका छौ। भए जत्तिका उध्योग कलकारखाना बिदेशिलाई कवाडिको भाउमा बेचेर शिक्षा स्वास्थ्य जस्ता जन्ताका सामाजिक सुरक्षाका महत्वपूर्ण कुरालाई निजिकरण गरेर देशलाई टाट पल्ट्याउने काङ्रेस नै हो। जब संघियता लादियो यसलाई चलाऊन अर्थिक भार पर्ने छ यो पैसा जनता बाट नै उठाउनु पर्ने छ भन्ने कुरा कङ्रेस लाई थाहा छैन र? फेरी नाटक किन? काङ्रेस भन्दा फासिस्ट काङ्रेस भन्दा अधिनायकवादि चरित्र अरु कहाँ होला ? हामी लाई हिजो कङ्रेस ले दिएको दु:ख भुलेका छैनौ। २०४८ साल देखी हामीले पञ्चायतले झै भूमिगत झै हिंड्नु पर्ने गराएको यही कङ्रेस हो। आज काङ्रेस सत्ता बाहिर हुँदाको पिडामा बहुलाएको छ।
केही दिन अघी पुष्प कमल दाहालले संघियता टिक्न नसक्ने खतरा भयो यो २२से २४से राजा रजौटा जस्तो भयो यो संघियता भनेर सार्वजनिक कार्यक्रम मै भनेका छन। काङ्रेसीहरु कर बृदिको बिरोध गरेका छन प्रचन्डले पनि कर बृदिको घुमाउरो पारामा बिरोध गरेका छन। तर कसै सँग त्यो आट छैन कि कर किन बृदि गरियो त्यो कारण को निराकरण गरौ भन्ने। तत्काल जनता रणभुलमा छन। जनताको गास बासको ब्यबस्था छैन। भुकम्प पीडित पाल मुनी छन दैनिकी ६जना नेपालीको बिदेश बाट लास आउछ। देशको कृषि क्षेत्र खत्तम छ। उध्योग कुनै छैन बिदेशी उतपादन को भरमार छ। अब यो कर तिराउने जनता तिर्ने जनता कत्तिको सक्षम छन?
साझ बिहान को जोहो गर्ने कि खुल्ला चौरमा बसेको पनि पैसा तिर्ने? यो कुरा अब जनमानसमा जाग्ने अवस्था आउँदा यिनी बिदेशिका दलालहरुको भाग्ने ठाउँ पनि रहने छैन। कर्णल गद्दाफीको मृत्यु यिनिहरुको हुन सक्छ। जन्म दर्ता मृत्यु दर्ता नाताप्रमाणिकरण बिबाह दर्ता बसाइ सराइ नगरपालिका गाउपालिका कर उपभोक्ता कर बिजुली पानी टेलिफोन खानेपानी औषधी उपचार बिदेश जादा बिदेश बाट पैसा पठाउदा बिदेश बाट केही सामान ल्याउदा सम्पूर्ण जीवन कर तिर्दा तिर्दै हामी मर्ने छौ। बदालामा हाम्रो घर आगन बाटो बिहिन संचार बिहिन स्कुल स्वास्थ्य केन्द्र बिहिन बजार बिहिन हामी जनता जन्तु सरह जिउने छौ।
यो सबैको जरो के हो कहाँ छ भन्ने कुरा हामीले खोज्ने कि बहाना मात्रै गर्ने? यो सबैको जरो हो संघियता यसैलाई खारेज गरे र प्रजातान्त्रिक बिकेन्द्रिकरण र स्थानिय स्वायत्त शासन ब्यबस्था एकात्मक राज्य सत्ता लागु गराउने? यो गराउदा प्रदेशको खर्च स्वात्तै हट्नेछ। कथित जनप्रितीनिधी भनाउदा हरु कर्मचारी झै तलब खाने कुरा बाट बन्चित गराउन जनता जागरुक हुन अनिवार्य छ।
तेसैले अब नेपालको अस्तित्वको लागि काङ्रेसी हरु हो संघियता नै फाल्न आन्दोलित हुनु होस तपाईंहरुको भबिस्य नजिकिने छ अन्यथा तपाईं हरु भोली कुनै कालरात्रीको कथा नबनु होला भन्न सकिने छैन। नेपालको लागि संघिय ब्यबस्था ठीक होइन। यो ब्यबस्थाले सामाजिक बिखन्डनदेखी राष्ट्र नै बिखन्डन हुने खतरा छ।
संघियता धोका हो षड्यन्त्रको पोका हो बिकास गर्ने मन भए एउटै नेपाल काफी छ संघियता चाहिदैन जनता लुट्न पाइदैन !

