१. तिम्रो एक हस्ताक्षरले सबै निजि स्कुल कलेजमा २०-२५% छात्रवृत्ति अनिवार्य हुनसक्छ । तिमि किन हस्ताक्षर हान्दैनौ? किनभने तिमी सैक्षिक माफियाको जालमा छौ।
२. तिम्रो एक हस्ताक्षरले मुख्य सहरी क्षेत्र र बजार इलाका बाहेक सबै क्षेत्रको कृषि भुमिको प्लटिङ अन्त्य गरेर एक स्थानीय तह एक कृषि सुपर जोन बनाउन सरकार वा सेनाले नेतृत्व दिन सक्छ । तिमी किन हस्ताक्षर हान्दैनौ ? किनभने तिमी भुमाफियाको भुमरीमा छौ ।
३. तिम्रो एक हस्ताक्षरले सम्सद, मन्त्री वा स्थानीय तहका जनप्रतिनिधिले बलियो आन्तरिक आम्दानी नहुन्जेल तलब होइन बैठक भत्ता मात्रै लिने, महगो गाडी , सचिवालय र अन्य अनावश्यक सुबिधा कटौती गर्न सक्छ! तर तिमी किनभने हस्ताक्षर गर्दैनौ? किनभने तिमी जनताको सेवा होइन जागीर खान राजनीतिमा लागेका उपभोक्तवादीको घेराभित्र छौ ।
४. तिम्रो एक हस्ताक्षरले नाजायज चुरे र खोला दोहन अन्त्य हुन्छ! तर, तिमी किन गर्दौनौ? किनभने तिमी माफिया घेराभित्र छौ ।

५. तिम्रो एक हस्ताक्षरल्र नाजायज भिआइपी खर्च काटेर ५-७ महिना पनि खान नपुग्ने र गरीबीको रेखामुनि रहेकालाइ सहुलियतपूर्ण अन्न तरकारीको ब्यवस्था गर्न सक्छ, तिमि किन गर्दैनौ? किनभने तिमी नामको मात्रै वामपन्थी हौ । कामको होइन ।
६. तिम्रो एक हस्ताक्षरले जनतालाई सकेजत्ति पैसा उठाउन र जलविद्युतमा सेयर हाल भनेर एक प्रदेशको सेयरले एक मेगा जलविद्युत प्रोजेक्ट र अन्य कयौ आयोजना गर्नसक्छौ । तर, किन गर्दैनौ ? किनभने तिमिलाइ जनताको रेमिटेन्समा र दैनिक काममा कर आतंक गर्न आउँछ । एक पटकको लगानी दीर्घकालीन आम्दानीमा जनतालाइ लाने एक रत्ति सोच छैन ।
७. तिम्रो एक हस्ताक्षरमा भारत जस्तै दिनको ३०-४० किलोमीटर सडक बनाउने प्याकेज ल्याएर हरेक हिमालको बेस क्याम्प पुग्ने सडक १-२ बर्समै बन्न सक्छ । हरेक मुख्य पर्यटन केन्द्रमा पुग्ने स्तरिय सडक, सुरुङ वा केवलकार बन्न सक्छ । रोड tax र अन्य करले त्यसको आम्दानी उठ्न सक्छ । तर, किन हस्ताक्षर गर्दैनौ? किनभने तिमी देशबासिलाइ देश भन्दा भारत अनि थाइल्यान्ड भ्रमण सस्तो बनेर मुद्रा पलायन हेर्दै आनन्दित छौ ।
कमजोर बन्यो ओली नेतृत्वको “शक्तिशाली” सरकार ।
उता ५ महिनामा सरकारको धेरै उपलब्धि भएको खबर आयो । कर आतंक गर्नु । महगी आतंक गर्नु । विपी हाइवे जस्तो साना सवारी चल्ने राजमार्गमा ठुला सवारी हुल्नु । प्रदेशलाई विकास क्षेत्र जस्तो मात्रै पार्नु । सुन तस्करीमा ठुला माछा खोज्ने नाममा गोरे माथिको गिरोह छुनै नछुनु । चुरे दोहोन र कृषि भुमिको प्लटिङ गर्न सहज बनाउनु । रेलको कुरा गर्दै काठमाडौकै सडकका प्ल्वाल टाल्न नि नसक्नु । पानी जहाजको गफ दिएर भित्र भित्रै प्रदेश १ को राष्ट्रघाती २६९ मिटर अग्लो वाटर बम्ब सप्तकोसी हाइड्यामको अध्ययन ३५ % सक्नु ।
स्वदेशकै पुजिले सर्वसाधारणमा सके जत्ती सेयर दिएर बन्ने अरुण थर्ड भारतलाई दिनु । बुढिगन्डकी जस्तो अर्को आकर्षक हाइड्रो प्रोजेक्ट नेपालीले बनाउन सक्ने आधार हुदाहुदै चीनलाई दिन खोजेर अर्को भुराजनितिक लम्पसार पर्नु । आन्म्दानी नबनाइ जनप्रतिनिधिलाई महगो तलब, भत्ता , गाडी र अन्य सेवा दिन लचकता देखाउनु । अनि, आफै सरकार प्रमुख हुँदा नाकाबन्दी गर्ने मोदीको आफैले प्रधानमन्त्री पुनः भएसी नागरिक अभिनन्दन गर्नु ।
र, माफी मागेको कानुन मन्त्री शेरबहादुर तामाङलाइ हट्न दबाब दिएर आफ्नु गुटका मान्छे मन्त्री बनाउनु बाहेक यो सरकारले गरेन । सिन्डिकेट अन्त्य गर्यो । त्यानी मनपरि भाडा अन्त्य गरेन । यस्तो तथ्य भएको अवस्थामा १७ होइन ७० वटा नक्सा बनाएनी सरकारको उपलब्धि देखिन्न! बरु, मनमनोहन सरकारले ९ महिना धेरै राम्रो काम गरेको हो ।
-पत्रकार अनुपमको फेसबुकबाट

