शुक्रबार, साउन २०, २०७९
शक्तिशाली पासपोर्टको सूचीको आठौं नम्बरमा पर्ने माल्टाको नागरिकता पाउँने तरिका यस्ता छन्

शक्तिशाली पासपोर्टको सूचीको आठौं नम्बरमा पर्ने माल्टाको नागरिकता पाउँने तरिका यस्ता छन्


  • स्वदेश नेपाल
  • शुक्रबार, साउन २०, २०७९

राजनितीक अस्थिरता,भ्रष्टचार र बेथितीको कारण हाम्रो देशको आर्थिक अबस्था नाजुक छ।भौतिक विकास र समृद्धिबाट हामी धेरै टाढा छौं।यस्तोमा धेरै नेपाली युवाहरुले  आज विश्वका विकसित देशमा गएर उतै स्थायी रुपमा बसोबास गर्ने ईच्छा राख्ने गरेका छन्।

अमेरिका,अष्ट्रेलिया,क्यानडा र युरोपका धेरै देशहरुमा लाखौं-लाख नेपालीहरु स्थायी रुपमा बसोबास गरिरहेका छन्।वैदेशिक रोजगारीमा युरोपको माल्टा गएर ऊतै स्थायी रुपमा बस्नको लागी धेरै युवाहरु माल्टा पुगेका छन् र जाने सोचमा धेरै युवाहरु छन्।

अब तपाईंलाई सोच आउँला कसरी पाउँन सकिन्छ युरोपको धनी र समृद्ध देश माल्टाको नागरिकता ?

माल्टाको नागरिकता पाउँनको लागी सबैभन्दा सजिलो तरिका भनेको त्यहाँका महिलाहरु सँग बिहे गर्नु नै हो।त्यस बाहेक तपाईंले माल्टामा कुनै घर या फ्ल्याट तीन बर्षको लागी भाडामा लिएर बस्नुभएको छ भने तपाईंले नागरिकताको लागी आवेदन दिन सक्नुहुनेछ।

माल्टाको नागरिकता पाउँने अर्को सजिलो ऊपाय भनेको ७.५ लाख युरो एक बर्षको लागी या ६ लाख युरो तीन बर्षको लागी लगानी गर्नुभयो भने माल्टाको नागरिकता प्राप्त गर्न सक्नु हुनेछ।

विश्वको शक्तिशाली पासपोर्टको सूचीको आठौं नम्बरमा पर्ने माल्टाको पासपोर्टले विश्वको १८६ देश घुम्न सकिनेछ। जस्मा १४४ देशमा बिना भिषा भ्रमण गर्न सकिने र बाँकी देशले माल्टाको पासपोर्ट बोक्नेलाई अनअराइभल भिषा दिन्छ।

माल्टा आफैमा सुन्दर देश हो।यहाँको प्रतिब्यक्ति आम्दानी १३९६६.४४ डलर छ।विकसित र समृद्ध युरोपको सुन्दर देश बसोबासको लागी पनि उत्तम गन्तब्य मानिन्छ।

माल्टा आप्रवासीका लागि प्रवेश मार्गको रूपमा रहँदै आएको छ । धेरैजसो आप्रवासी युरोपका अन्य मुलुक छिर्न माल्टालाई प्रयोग गर्छन् । ४ लाख जनसंख्या मात्र भएको माल्टा सन् २००४ मा युरोपेली संघको सदस्य बनेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट