बिहिबार, साउन १९, २०७९
२२ लाख घुस सहित पक्राउ परेका उपसचिव भन्छन् -म मुख्यसचिव हुने मान्छे,निर्दोष भएर फर्किन्छु

२२ लाख घुस सहित पक्राउ परेका उपसचिव भन्छन् -म मुख्यसचिव हुने मान्छे,निर्दोष भएर फर्किन्छु


  • स्वदेश नेपाल
  • बिहिबार, साउन १९, २०७९

भ्रष्टचारको दलदलमा नेपाल यसरी फसेको छ की देशको अर्थतन्त्र नै खतरामा पर्ने अबस्था आएको छ।नेपालमा भ्रष्टचार नहुने निकाय नै छैन भन्दा पनि हुन्छ।मंगलबार मात्र नेपाल सरकारको उपसचिव प्रमोद नेपालले छ लाख घुस लिएर गाडीमा राखेर घर फर्किदै गर्दा बाटैमा अख्तियारले समात्यो।

संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका उपसचिव प्रमोद नेपाल पदको दुरुपयोग गरेर मोटो रकम घुस लिदालिदै पक्राउ परेका हुने।प्याराग्लाइडिंग ऊडानका लागी अनुमती दिने सम्बन्धमा उपसचिव नेपालले घुस लिएका थिए र ऊनलाई काठमाण्डौंको होटल आर्यानाबाट पक्राउ गरिएको हो।उपसचिव नेपालको कारबाट समेत स्रोत नखुलेको १६ लाख ५० हजार बरामद गरेको छ।ऊनी चढ्ने बा.१ झ ९९४६ नम्बरको कार खानतलासी गर्दा उक्त रकम भेटिएको अख्तियारले जनाएको छ।

सरकारी कर्मचारीले घुस लिएको प्रमाणित भएमा के-कस्तो कारबाही हुन्छ ?

नेपाल सरकारमा सार्वजानिक पद धारणा गरेर बसेका ब्यक्तिहरुले भ्रष्टचार गरेको ठहर भएमा घुस लिएको रकमको अनुपातमा सजाय तोकिने ब्यबस्था छ।कानुनतःभ्रष्टचार निवारण ऐन २०५९ को परिच्छेदमा ऊल्लेख भए अनुसार कुनै राष्ट्र सेवक वा राष्ट्र सेवक हुन लागेका ब्यक्तिले आफ्नो ओहदा वा सो सम्बन्धी कुनै काम गर्न वा गरिदिए बापत घुस लिएमा वा लिन मन्जुरी गराएमा देह अनुसारको कैद र जरिवाना हुने ऊल्लेख छ।साथै घुस लिएको भए सो घुस समेत जफत हुने कानुनमा ऊल्लेख छ।

पच्चीस हजारसम्म घुस लिएमा तीन महिनासम्मको कैद सजाय हुने।पच्चीसदेखी पचासहजार सम्म घुस लिएमा तीन देखी चार महिना र पचास हजार देखी एक लाखसम्मको हकमा चार महिना देखी छ महिनासम्म साथै एकलाख देखी पाँच लाखसम्म छ महिनादेखी एक बर्षसम्म र पाँचदेखी दशलाख सम्ममा डेढ बर्ष देखी अढाई बर्षसम्मको सजाय र दश देखी पच्चीस लाखसम्म घुस खाएको फेला परेमा दुई देखि छ बर्षसम्म सजाय हुने ब्यबस्था छ।

बाईस लाख घुस रकम सहित फेला परेका उपसचिव प्रमोद नेपाललाई अदालतले दोषी ठहर गरेमा अढाई देखि चार बर्ष जेल सजाय हुन सक्छ।

घुस लिने क्रममा अख्तियारको फन्दामा परेको उपसचिव नेपालले नेपालले त्रिभुवन बिश्वबिधालय बाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा स्वर्णपदक पाएर नेपाल सरकारको छात्रबृतिमा बेलायत पढेर आएको आठ महिना नपुग्दै घुस सहित पक्राऊ परेका हुन्।

पढाईमा अब्बल र तिक्ष्ण स्वभावका थिए नेपाल।घुस सहित पक्राऊ परेका उनी भन्दै थिए-म भविष्यमा मुख्य सचिव समेत हुन सक्ने ब्यक्ति हुँ।निर्दोष सावित भएर फर्किने छु।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट