सोमवार, साउन १६, २०७९
शिव भगवान माथी कमेडी धार्मिक आस्थामा चोट भन्दै निर्देशक माग्ने बुढा माथी खनिए दर्शक

शिव भगवान माथी कमेडी धार्मिक आस्थामा चोट भन्दै निर्देशक माग्ने बुढा माथी खनिए दर्शक


  • स्वदेश नेपाल
  • सोमवार, साउन १६, २०७९

माग्ने बुढा अर्थात केदारप्रसाद घिमिरे निर्देशित स्टायाण्डअप कमेडी कार्यक्रम ‘कमेडी हब’को दश ट्रेलर भन्दै घिमिरेले आफ्नो फेसबुक पेजमा सार्वजानिक गरेपछि त्यसको आलोचना र बिरोध शुरु भएको छ।

एक सम्मानित कलाकारको रुपमा स्थापित भईसकेका घिमिरे यसअघि कहिल्यै गाली,आलोचना र बिबादमा फसेका छैनन्।ऊनको साधारण जीवनशैली,मिलनसार स्वभावले ऊनी आफ्ना दर्शक-प्रशंसक माझ असल ब्यक्ति र कलाकारको रुपमा प्रशंसित छन्।

१५ घण्टा अघि अर्थात हिजो घिमिरेले आफ्नो फेसबुक पेजमा शेयर गरेका आफू निर्देशित कमेडी हबको ट्रेलर सार्वजानिक गरेपछि भने ऊनलाई शेयर गरेको भिडियोको कमेन्ट बक्समा गएर गाली र आलोचना गरेका छन्।

हिन्दूहरुको आस्थामा सबैभन्दा माथि रहेका छन् शिव भगवान।अहिले साउन महिना शिवको महिमागान गाउँने,शिव मन्दिरमा दर्शन,पूजाआजामा गर्ने शाकाहारी भोजन गर्ने,महिलाहरु ब्रत बस्ने र शिवभक्तिमा आफ्नो मन लगाउँने गरेका छन्।झन् यसै महिनामा शिवको भेषमा देखिएका कलाकारहरुले शिव भगवान सँग टिकटक बनाउँने भन्दै कमेडी गरिरहेका देखिएका छन्।

आफ्नो आस्था माथी कमेडी गरिएको भन्दै हिन्दू धर्ममा आस्था राख्नेहरु माग्ने बुढा माथी खनिएका हुन्।

इन्द्र भुजेलले कमेन्ट गर्दै लेखेका छन्-आदरणीय कलाकार महोदय के तपाईंमा हिम्मत छ हिन्दू धर्म बाहेक अन्य धर्मको बारेमा यसरी कमेडी गरेर कार्यक्रम संचालन गर्न ?

यिनीहरुको कमेडी अदालत नपुर्याइ नसुध्रिने भयो।कमेडीको नाममा अरुको आस्था माथी खेलबाड गर्ने काम बन्द गरेर माफी माग्न पर्छ भन्दै विकल्प भट्टराईले कमेन्ट गरेका छन्।

त्यस्तै आफ्नो फेसबुक पेजमा अरुण नेपाली लुइँटेलले केदार घिमिरेलाई ट्याग गर्दै लेखेका छन् -‘ माग्ने मामा म तपाईंलाई देशको एउटा राम्रो कलाकारको रुपमा हेर्दै सम्मान गर्छु, तपाईंको आजको कार्यक्रममा भगवान महादेवको प्रतिमा स्वरुप अभिनय गराएर हास्यको पात्र बनाउनुभएछ… धर्मनिरपेक्ष राष्ट्रमा यस्तो कुरा गर्न पाइन्छ भन्ने तपाईंले सोच्नुभएको हो भने तपाईंको अगामी दुई एपिसोडमा निरन्तर यसरी नै अल्लाह र जिसस क्राइस्टको अभिनय गर्ने पात्र खडा गर्दै दुबै धर्मका सर्वोच्चलाई हासोको पात्र बनाउनु होला हैन भने कृपया २ रुपैयाँ कमाउदै आफ्नो परिवार पाल्न आफ्नै घरको सस्कार, सस्कृती र धर्मलाई लात हान्ने काम नगर्नुहोला… मैले यति लेख्दा ब्लक वा अन्फ्रेण्ड चै नगर्नुहोला… कि सम्पुर्ण सनातन हिन्दु धर्मावलम्बीसँग माफ माग्नुहोला कि अब आउने एपिसोडमा अल्लाह र जिसस क्राइस्टलाई पनि यसरी नै हासोको पात्र बनाउनुहोला धन्यवाद।’

त्यति मात्र होइन यूट्युबकै कमेन्ट बक्समा समेत कार्यक्रमको ट्रेलरलाई लिएर अधिकांशले गाली र आलोचना गरेका छन्।

यस्तो छ कार्यक्रमको ट्रेलर

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट