शनिबार, जेष्ठ २८, २०७९
पाइलटले यात्रुलाई कहिल्यै नभन्ने १० रहस्यमय कुराहरु

पाइलटले यात्रुलाई कहिल्यै नभन्ने १० रहस्यमय कुराहरु


  • स्वदेश नेपाल
  • शनिबार, जेष्ठ २८, २०७९

काठमाडौँ।

विमानमा यात्रा गर्दा कुरा केही यस्ता कुरा हुन्छन् जो पाइलट यात्रुलाई कहिल्यै बताउँदैनन्। जब तपाई विमानमा सवार हुनुहुन्छ, पाइलट तथा फ्लाइट अटेन्डेन्ट केही जानकारी दिने गर्छन्, तर सोझै सबै कुरा भने बताउँदैनन्। यसको एक कारण हो, यात्रुको बिच डर नफैलियोस् र गलत कदम नचालुन्। विमान चालकहरुसँग केही त्यस्ता कुराहरु छन् जुन उनीहरुले कहिल्यैपनि यात्रुलाई बताउँदैनन्।

त्यस्तै पाइलटले यात्रुहरुलाई नभन्ने १० रहस्यहरु यस्ता छन्ः

१. पाइलटले अगाडिको भिजिविलिटी जिरो रहेको छ भने पनि उसले देखेको भनिरहन्छ । तपाईलाई कहिल्यै देखेको छैन भन्दैन । पाइलट पनि मानिस नै हो । उसको पनि आँखाको दृष्य शक्ति उही हो । तर पाइलटले भन्ने छ तपाईलाई ‘अगाडि ठिक छ, देखिरहेकोछु ।’

२. एयर प्रेसर अगाडि भन्दा पछाडि बढि हुन्छ। तर पाईलटले पछाडि भन्दा अगाडि बस्दा यात्रामा राम्रो हुन्छ भनेर कहिल्यै भन्दैन ।

३. प्लेनको झ्याल पट्टी बस्नु दृष्यावलोकनका लागिसमेत एकदमै राम्रो मानिन्छ । तर पाइलटले यसो कहिल्यै भन्दैन ।

४. एउटा पाइलट सँधै राम्रो ल्याण्डिङ गर्न चाहान्छ । यात्रुहरुबाट पाइटलले गर्ने अपेक्षा ‘नाइस ल्याण्डिङ’ भन्ने हुन्छ । तर पाइलट कहिल्यै यो कुरा आफूलाई भन्नु भनेर कसैलाई भन्दैनन् ।

५. फ्लाइटको समय समायोजन हुने गर्छ । तर यात्रुहरुले यो भनुन् की आधा घण्टा पहिला नै आईपुगियो ।

६. हेटफोन निकालेर पाइलटहरुको निर्देशन सुनोस् उनीहरु त्यो चाहाँदैनन् ।

७. उडिरहेको जहाजमा यदि एअरहोस्टेजलाई पाइलटले बस्न भन्यो भने बुझ्नुपर्छ की केही गम्भीर समस्या उत्पन्न भएको छ । तर पाइलटले यात्रुलाई भने सब ठिक छ भन्ने छ ।

८. प्लेन एकदमै तिव्रगतिमा कुदिरहेको छ वा आवाज निकै ठूलो आईरहेको छ भने पाइलटले भन्ने छ केही भएको छैन ठिक छ ।

९.संसारमा दुईवटा इन्जिन भएको विमानहरु धेरै अघि नै आईसकेका छन् । त्यस्ता विमानहरु एउटा इन्जिनले काम नगरेपनि अर्कोको भरमा उडिरहन्छ । त्यस्तो अवस्थामा पनि पाइलटले ठिक ठाक छ भन्ने गर्छन् ।

१०. विमानमा फोन र इलेक्ट्रिक सामानको प्रयोग गर्न मनाही गरिएको छ । तर उनीहरुले कहिल्यै बताउँदैनन् की किन मनाही छ ?

प्रतिक्रिया
सम्बन्धित समाचार