सोमवार, माघ १७, २०७८
कुखुरा फर्ममा आगलागी हुँदा १७ सय कुखुरा जले

कुखुरा फर्ममा आगलागी हुँदा १७ सय कुखुरा जले


  • स्वदेश नेपाल
  • सोमवार, माघ १७, २०७८

सर्लाहीको बरहथवा नगरपालिकास्थित एक कुखुरा फर्ममा आगलागी हुँदा १७ सय कुखुरा जलेका छन् । नगरपालिकाको वडा नम्बर ७ स्थित राम सिंहासन साहले सञ्चालन गरेको फर्ममा विद्युत सर्ट भएर राति १२ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट फर्म र फर्मभित्र रहेको १७ सय कुखुराको चल्ला जलेको प्रहरीले जनाएको छ । उक्त आगलागीले २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।

यो पनि पढ्नुहोस्
महोत्तरी- महोत्तरीका १२-१७ वर्ष उमेरका विद्यार्थीको लागि ७४ हजार ४ सय २१ मोडर्ना खोप आइपुगेको छ । १५ माघदेखि २० माघसम्म लक्षित उमेर समूहका लागि खोप लगाइसक्ने लक्ष्य अनुसार उक्त खोप आइतबार जिल्ला स्वास्थ्य कार्यालय महोत्तरी आइपुगेको हो ।

खोप संख्या जिल्लाका विद्यार्थीलाई पर्याप्त भए पनि अभियान अन्यौलमा परेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य प्रमुख भोला यादवले जानकारी दिए ।

स्वास्थ्य कार्यालय महोत्तरीका लक्ष्मेश्वर झाका अनुसार खोप र स्वास्थ्य परिचालन गर्ने सम्बन्धमा जिल्लामा अहिलेसम्म तयारी भएको छैन । प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालसमेत कोरोना पोजिटिभका कारण आइसोलेसनमा रहेकाले खोपका समबन्धमा तुरुन्त निर्णय लिन नसकिएको झाको भनाइ छ ।

`निमित्त प्रमुख जिल्ला अधिकारीसँग बैठक बसेर खोप अभियानको कार्यतालिका बनाउने छौं,´ स्वास्थ्य कार्यालय प्रमुख यादवले भने ।स्वास्थ्य कार्यालयले बुस्टर डोजको समेत तयारी गरेको छ । सोमबारदेखि २१ माघसम्म बुस्टर डोजको व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

बुस्टर डोज लगाउन पहिलो र दोस्रे खोप लगाएकाले ६ महिना कटेको हुनुपर्नेछ भने खोपका लागप वृद्ध, संचारकर्मी, स्वास्थ्यकर्मी तथा फ्रण्टलाइनमा खटिने जुनसुकै उमेर समूहकाले खोप लगाउन सक्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट