भनिन्छ, सुन्दर बिहानीले सुन्दर दिनको सँकेत गर्छ । हाम्रो जिवनमा अनेक उतारचढाव आउँछन् । तर ति उतारचढावलाइ व्यवस्थापन गर्दै सन्तुलित रूपमा दिनहरू बिताउने प्रयास गर्यौ भने, जिवन सुन्दर बन्छ ।
बिहान छिट्टै उठ्ने बानी बसाल्नुहोस् । बिहान छिट्टै उठ्ने गर्नाले शरीरमा अल्छीपन आउदैन । बिहान छिट्टै उठेर शारीरिक व्यायम गर्ने गर्नाले शरीर स्फुर्त रहन्छ । बिहान छिट्टै उठ्ने बानीले हामीले सबै कामहरू गर्ने समय मिल्छ र काम गर्न पनि जाँगर चल्दछ ।
खाली पेटमा पानी पिउने गर्नुहोस् । तपाइ बिहानै उठेर केही पनि नखाइ खाली पेटमा पानी पिउने गर्नुहोस् । यसो गर्नाले विभिन्र रोगहरूबाट छुटकरा पाउन सक्नुहुन्छ ।
बिहानको लागी काम साचेर राख्नु भन्द अघिल्लो दिन गर्न मिल्ने काम छ भने गरेर सुत्नुहोस् । यसो गर्नाले तपाइलाइ बिहान उठेर अरू काम गर्न सजिलो हुनेछ । कुनै पनि कामहरू साचेर राख्नु भन्दा गरि हालेको नै राम्रो हुन्छ । त्यसैले जति सक्दो गर्न मिल्ने कामहरू गरि हाल्नुपर्दछ । यसो गर्नाले आफैलाइ सहज हुन्छ ।
बिहान उठ्ने बित्तिकै दिनभरी आफुले गर्ने कामको तालिका बनाउनुहोस् । सोही तालिका अनुसार आफ्नो काम पुरा गर्नुहोस् । यसो गर्नाले तपाइको दिन राम्ररी कट्छ ।
बिहान उठ्नेवित्तिकै हामी सबैले गर्नुपर्ने ७ काम
हरेक दिन विहान उठ्नु भनेको शुभदिन हो र बिहान दिनको प्रतिक हो । नयाँ दिनको सुरुवात हो । त्यसैले बिहानको समयलाई मानीसहरु प्रेम गर्छन् । दिन शुभ रहोस् भन्ने कामना गर्छन् । दिन शुभ हुनका लागि तन्दुरुस्त शरीर चाहिन्छ । शारिरीक व्यायमले शरिर फुर्तिलो बनाउँछ । त्यसैले बिहानको समयमा अधिकाँस मानीस शारिरीक व्यायममा केन्द्रित हुन्छन् । व्यायमसँगै पुजापाठमा सक्रिय रहन्छन् । मनलाई शान्त पार्ने, देवतालाई खुशि पार्नमा प्रयत्नशील रहन्छन् । यी दुई कामसँगै अरु के के गर्यो भने हुन्छ फलीफाप रु
१.सूर्यलाई जल चढाउनु
शास्त्रहरुमा भनिएको छ जो मानिस दिनहुँ सूर्यलाई जल अर्पित गर्छ । घर परिवार वा समाजमा उसको मान सम्मान हुन्छ । राम्रो स्वास्थको लागि पनि यो कार्य गर्नु अनिवार्य मानिन्छ । अनुहारको चमकता बढ्छ । स्वास्थ्य सम्बन्धी धेरै कुरा प्राप्त गर्न सकिन्छ ।
२.गाईलाई रोटी ख्वाउनुहोस्
सक्नु हुन्छ भने बिहान खाना बनाउने समयमा पहिलो रोटी गाईलाई ख्वाउनुहोस् । हर दिन गाईलाई रोटी ख्वाउन सकियो भने कयौ समस्याहरू हट्दै जाने विश्वास छ । घरमा अन्न र धनको कमी हुन पाउँदैन भनिन्छ ।
४.तामाको लोटामा राखेको पानी खानुहोस्
बिहान उठ्ने बित्तिकै तामाको भाँडामा राखिएको पानी पिउनु राम्रो मानिन्छ । यसको लागि राति सुत्ने बेलामा तामाको भाँडोमा पानी राख्ने । बिहान उठ्ने बित्तिकै पिउनाले पेट सम्बन्धी अधिकांश रोग कब्जियत, अपच, ग्याष्टिक आदि समस्या समाधान हुन्छ भन्ने विश्वास छ । यो काम गर्नु भन्दा पहिले चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।
५.तेलले मालिस गर्नु
दिनहुँ सम्भव नभए पनि शरीरमा तेल लगाउनु स्वास्थ्यको लागि राम्रो मानिन्छ । हुन त गाउँघरमा राति सुत्ने बेलामा तेल लगाउने चलन छ । तर, तेल लगाउँदा उत्तम समय बिहानलाई मानिन्छ । तेलले मालिस गर्नाले छालाको चमक बढ्छ भने शरीर स्वस्थ्य रहन्छ । सके सम्म तेल नुहाउनु भन्दा पहिले लगाउन उचित मानीन्छ । तेल मालिस गर्नाले शारिरीक थकान पनि मेटिन्छ र शरीरमा उर्जा प्राप्त हुन्छ ।
६.तुलसीमा जल चढाउनु
दिनहुँ बिहान नुहाई धुवाई गरेपछि तुलसीको बोटमा जल चढाउनाले देवी देवताको कृपा प्राप्त गर्न सकिन्छ भन्ने विश्वास छ । जुन घरमा तुलसी हुन्छ त्यसको रेख देख हुन्छ दिनहु पानी चढाईन्छ त्यहाँ सुख समृद्धि प्राप्त हुन्छ । तुलसीलाई भगवान विष्णुको प्रतिक मानिन्छ ।
७.घरको मन्दिरमा पूजा गर्नुहोस्
हरेक दिन बिहान घरमा आफुले स्थापना गरेको मन्दिरमा दियो बाल्नु र अगरबत्ति जलाउनु उत्तम कार्य मानिन्छ । दियोको उज्यालो र अगरबत्तिको धुवाँले घरको वातावरणका नकारात्मक उर्जा खतम हुन्छ भने हरेक दिन विहान घरमा बत्ति बाल्नाले वास्तुका अनुसार पनि कयौं दोषहरु हट्छन् ।

