सोमवार, पुस १९, २०७८
सुत्ने कोठा कस्तो ?

सुत्ने कोठा कस्तो ?


  • स्वदेश नेपाल
  • सोमवार, पुस १९, २०७८

तपाईंको सबैभन्दा प्यारो र धेरै समय बिताउने ठाउँ कुन हो ? पक्कै पनि सुत्ने कोठा नै दिमागमा आउँछ । किनभने सुत्ने कोठामा हामीले दिनको २४ घण्टामध्ये कम्तीमा पनि ६ घण्टा बिताउँछौँ । जहाँ हामी सबै तनाव र थकान भुलेर निदाउँछौँ । तर कतिपयलाई भने कुनै सुत्ने कोठाकै कारण पनि निद्रामा समस्या पर्न सक्छ ।

यदि तपाईंलाई निद्रामा समस्या छ भने एकपटक वास्तुतर्फ ध्यान दिन जरुरी रहेको दुर्गा ज्योतिष केन्द्रका ज्योतिषी दुर्गाप्रसाद शर्माले बताए । वास्तु दोषको कारण पनि निद्रामा समस्या हुने उनको ठहर छ । घरको वास्तुले हाम्रो दैनिक जीवनमा गहिरो प्रभाव पार्ने हुनाले यस्ता कुरालाई बेवास्ता गर्न नहुने उनको सल्लाह छ । उनका अनुसार सुत्ने कोठा शान्त सुन्दर अनि मिठो निद्राका लागि निम्न उपाय अपनाउन सकिन्छ ।

१. कैयाैं अवस्थामा हामीले आफूअनुकूल प्रयोग गर्न सजिलो होस् भनेर सुत्ने कोठामै फ्रिज, ग्यासजस्ता सामान राख्ने गर्छाैं। यस्ता वस्तुलाई कोठाबाहिर राखेमा राम्रो निद्रा पर्छ । (वैज्ञानिक कारण, सुत्ने कोठामा विद्युतीय तथा चुम्बकीय वस्तु राख्दा स्वास्थ्यमा प्रभाव पर्छ)

२. कतिपय व्यक्तिले लापरबाही गर्दै आफू सुत्ने खटिया घरको जुनसुकै दिशामा राख्ने गर्छन् । जसको कारण रातको समयमा राम्रो निद्रा लाग्दैन । उत्तर दिशामा टाउको र ढोकातर्फ खुट्टा राखेर सुतेमा वास्तुदोष लाग्छ । (वैज्ञानिक कारण, पृथ्वीको चुम्बकीय गुणको कारण उत्तर दक्षिण शरीर पारेर सुत्नु हुँदैन)

३. सुत्ने कोठाको रङ आफूअनुकूल हुनुपर्छ । सुत्ने कोठाको रङ आफूलाई मनपर्ने भयो भने मिठो निद्रा लाग्छ।

४. सुत्ने कोठा खुला तथा सामान्य हुनुपर्छ । कोठा धेरै गन्जागोल राख्नु हुँदैन ।

५. घरको डिजाइन गर्दा कोठामा चार कुनाको सट्टा पाँच कुना राखेमा, त्यस कोठामा सुत्दा समस्या हुन सक्छ ।

६. रातको समयमा पानी पिउने बानी छ भने, पानीको बोतल तथा गिलास बेड नजिक नराख्नुस् । यसले सुत्दा बेचैन महसुस हुन्छ ।

७. सुत्दा पूर्व दिशातर्फ शिरानी राखिनु पर्छ । साथै कोठाको झ्याल ढोका आवाज नआउने हुनुपर्छ ।
अधिकांश घरमा सुत्ने खाट वा पलङमुनि विभिन्न चिज राख्ने चलन हुन्छ । तर यस्तो गर्नु वास्तु शास्त्रको दृष्टीले खराब मानिने शर्माको भनाइ छ । सकेसम्म सुत्ने बेडको मुनी राख्ने चिजको विषयमा सावधानी अपनाउनु पर्ने हुन्छ । खासगरी केही चिज त पलङमुनि राख्नै नहुने वास्तु शास्त्रको भनाइ छ ।

के–के राख्नु हुँदैन पलङमुनि ?

सुत्ने पलङमुनि गह्रौं वस्तु नराख्नुस् । यसले पलङमुनि फोहोर मात्र गर्दैन । वास्तुको हिसाबले तपाईंलाई तनाव पनि दिन्छ ।

धातुका सामग्री पनि सुत्ने पलङमुनि राख्नु हुँदैन । खिया लाग्ने चिज सुत्नेस्थलमा हुनु घातक मानिन्छ ।
सुत्ने पलङमुनि फोहोर पनि राख्नु हुँदैन । पलङमुनि फोहोर हुनु पनि नराम्रो मानिन्छ ।

सुत्दा ओड्ने च्यादर वा सिरानी पनि फोहोर हुनु नराम्रो मानिन्छ । यदि सयन कक्षमा ढोका छ भने त्यसलाई बन्द नै गरेको राम्रो मानिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट