शुक्रबार, पुस १६, २०७८
कुन महिनामा जन्मिएका मान्छेहरु कति भाग्यमानी ?

कुन महिनामा जन्मिएका मान्छेहरु कति भाग्यमानी ?


  • स्वदेश नेपाल
  • शुक्रबार, पुस १६, २०७८

हरेक व्यक्तिमा आफू कस्तो स्वभावको छु भनेर जान्ने इच्छा हुन्छ। आफ्नो मात्रै नभएर आफ्ना नजिकको साथीभाई, आफन्त र प्रेमीप्रेमिका कस्तो स्वभावका छन् भनेर जान्नेहरु पनि उत्तिकै हुन्छन। कतिपयले वैवाहिक जीवन अगाडी म कस्तो युवा-युवतीसँग जोडिदै छु भन्ने कुरा बुझ्न खोज्छन्।

बिश्वास नै गर्न नसकिएका कतिपय ज्योतिष शास्त्रका विषय हामीसँग मिल्न जान्छ। ज्योतिष शास्त्रानुसार कुन महिना जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ भन्ने कुरा यसरी वर्णन गरिएको छ।

बैशाखः बैशाख महिनामा जन्मिएका मानिसहरू मृगका जस्ता नयन भएका हुन्छन। कर्मशील, आकर्षक भएका हुन्छन्। उनीहरुको दिल ठूलो हुन्छ। ज्योतिष शास्त्रानुसार बैशाख महिनामा जन्म लिनेहरु सूर्य भगवानको कृपाले गर्दा सधै साहसी र भाग्यमानी हुन्छन्। सुनमा सुगन्ध भनेझै कला, साहित्यमा रुचि राख्ने उनीहरुलाई व्यापार व्यवसायबाट राम्रो लाभ हुन्छ।

जेठः ज्योतिष शास्त्रानुसार जेठ महिनामा जन्मनेहरु बुद्धिमान, मिजासिलो, दिर्घायु र धनवान हुन्छन। परिस्थितिलाई नियन्त्रण गर्न सक्ने यिनीहरु घरमा भन्दा प्रदेशमा खुशी हुन्छन। बौद्धिक क्षमता प्रयोग गरी सजिलै नाम र खुशी आर्जन गर्ने हुनाले उनिहरुहरुको जीवन इच्छा अनुसार चल्छ। धर्मप्रतिको गहिरो आस्था र बिश्वास गर्ने हुन्छन्।

असारः सकारात्मक सोच भएका यिनीहरु मेहनति र सुन्दर अनुहारका साथै धर्ममा बिश्वास राख्ने हुन्छन। ज्योतिष शास्त्रानुसार धन नास हुनाले यिनीहरु पीडित हुन्छन । नयाँ–नयाँ ठाउँ घुम्न रुचाउने यिनीहरु साहित्य, संगीतमा रुचि राख्छन।

साउनः ठूलो शरीर यिनीहरु भएका, शालिन स्वभावका हुन्छन। ज्योतिष शास्त्र अनुसार यिनीहरुको जीवनमा दुःख, कष्ट, सुख, सन्तोष बराबर हुन्छ। धन राशि हुँदा पीडित देखिए पनि परिस्थितिलाई सामना गर्न सक्ने हुन्छन। गित, संगीत, कला, साहित्यको बिधामा नाम कायम गर्न सक्छ्न। आफू इमान्दार भएका यिनीहरु अरु पनि आफू जस्तै होउन् भन्ने चाहन्छन्।

भदौः महत्वाकांक्षी, दयालु र सरल स्वभावका हुन्छन। व्यवसायक चेत उच्च भएका हुनाले ठुलो लाभ लिन सक्छ्न। विदेशमा व्यवसाय विस्तार गरे पनि साथीभाईको सहयोग, माया पाउँछन्। संघर्ष र मेहनतले गर्दा सुखमय जीवन बिताउन सफल हुन्छन्।

असोजः कर्तव्यबोध गर्ने स्वभाव भएका यिनीहरु धनवान र सौभाग्यशाली हुन्छन। कल्पनाशील जीवनमा कला, साहित्य, नृत्यमा रुचि राख्ने खालका हुन्छन। आकर्षक सौन्दर्य भएका, मधुर मन भएका यिनीहरु कम बोल्ने हुन्छन्।

कात्तिकः धनवान, परिश्रमी तर निर्णय क्षमता कम भएका हुन्छन। अरुको कुरा सुनेर अगाडि बढ्ने हँुदा असफल हुन्छन। निरन्तर असफल हुँदा पनि आत्माविश्वास कमजोर हुँदै जान्छ तर पनि हार मान्दैनन्। घमण्डले गर्दा समूदायमा मिल्न सक्दैनन्। अजिव स्वभावका यिनीहरु आकर्षित शरीर भएका हुन्छन्।

मंसिरः भाग्यशाली, घनिष्ट, परोपकारी हुन्छन। सादाजीवन जिउने यिनीहरु भलाद्मी स्वभावका हुन्छन। जिद्दीपना भए पनि धन आर्जन भने सजिलै गर्छन। खर्चालु हुने हुँदा बचत गर्न सक्दैनन् त्यै पनि आर्जित सम्पत्ति प्रयोग गरि सुखद जीवन बिताउछन। स्वतन्त्रता जीवन जिउन चाहाने यिनीहरु आफ्नै पारामा काम गर्न रुचाउँछन्। आकर्षक जिउडाल भएका हुन्छन्।

पुसः साहसी कार्य गर्ने, आँटिला, जोसिला र महत्वाकांक्षी हुन्छन। सुख भोग गर्न मन पराउछन। सफा मन भएका यिनीहरु कर्ममा विश्वास गर्छन। समूदायमा प्रतावी कर्मले सम्मान मिल्छ। साँचो र स्पष्ट किसिमका हुन्छन। सहासिक यात्रा गर्न, घुम्न मन पराउछन। वैवाहिक जीवन सुखमय र अरुको भलाइमा पृथक हुन्छन।

माघः बौद्धिक क्षमता भएका हुन्छन साहित्यमा रुचि राख्छन। जिद्दीपना र रुखो बोली हुन्छ। झ्वाट्ट हेर्दा निर्दयी देखिए पनि अरुको कुभलो चिताउदैनन्। बढी बोल्ने हुँदा विवादित बन्छन। नेतृत्व गर्ने क्षमता रहन्छ। इच्छा शक्ति बलियो हुन्छ। व्यापारबाट लाभ लिन्छन। रमाइलोको लागि खर्च गर्छन प्रेम अटुट गर्ने स्वभावका हुन्छन्।

फागुनः फागुन महिनामा जन्म लिनेहरु तृष्ण बुद्धि भएका हुन्छन। मिलेको गोरो अनुहार भएका हुन्छन। धर्म, कर्ममा अत्यन्तै रुचि राख्छन। प्राय समय वैदेशिक यात्रामा बिताउछन। क्षमता प्रयोग गरेर जिम्मेवारी निभ्याउछन। प्रेममा बढी तृप्त, मोजमस्तीमा रमाउने खालका हुन्छन। कुलतबाट टाढा बस्नु राम्रो हुन्छ। दोधारेपनले गर्दा समस्या आउछ। जीवनमा ठूलो आर्थिक संकट आउदैन। दिलदेखि माया गर्ने हुँदा प्रेम र वैवाहिक दुबै जीवन सुखमय बित्छ।

चैत्रः ज्योतिष शास्त्रानुसार चैत्र महिनामा जन्म लिनेहरुको उच्च बौद्धिक क्षमता हुन्छ। सुन्दर मुहार कृति भएका यिनीहरु हँसिला हुन्छन। रिसाहा र अहंकारी स्वभावका हुन्छन। रचनात्मक क्षेत्रमा बिशेष रुचि राख्छन। बिलक्षण प्रतिभाका यिनीहरु परिवारको बढी ध्यान राख्छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट