बुधबार, मंसिर ८, २०७८
यी १५ प्रेरक भनाइ, जसले तपाईँको जीवन परिवर्तन गर्न सक्छ !

यी १५ प्रेरक भनाइ, जसले तपाईँको जीवन परिवर्तन गर्न सक्छ !


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर ८, २०७८

जीवन संघर्षशील छ । हरेक उतारचढावबीचको यात्रा नै जिन्दगी हो । जिन्दगीमा सफलता त्यही व्यक्तिले हात पार्छ जो निरन्तर आफ्नो लक्ष्य प्राप्तिको खटिरहेका हुन्छन् । मानिस हरेक समय ऊर्जाशील जीवन जिउने अभिलाषा राख्ने गर्छ । तर जीवन सधैँ सोचेजस्तो भइदिँदैन। त्यसो हुँदा मानिसहरु तनावमा पनि रहने गर्दछ । हामी आज तपाईलाई विभिन्न महान व्यक्तिहरुको प्रेरक भनाइहरु प्रस्तुत गर्न गइरहेका छौँ । केही प्रेरक भनाइ जसले तपाईंको जीवनमा परिवर्तन ल्याउन सक्छ ।

१ यदि सफलतम जीवन जिउनु छ भने, हामीले असफलताको भय त्याग्नु पर्दछ ।

२ जीवनलाई ‘भागेर’ होइन ‘भोगेर’ जिउनुपर्दछ ।

३ आफूलाई अरुजस्तो बनाउन खोजेर तिमी ‘आफ्नै’ अस्तित्वको हत्या नगर । तिमी फरक छौ, तसर्थ तथ्यपरक छौँ ।

४ बदला लिएर होइन बदलिएर देखाऊ, दुनियाँ फरक पाउनेछौ ।

५ हिजो गइसक्यो, भोलि आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।

६ यदि तिमीले व्यक्तिलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न बिर्सन्छौ ।

७ जिन्दगी उनीहरूको बर्बाद हुने हो, जसले उन्नत बनाउन कुनै प्रयास गर्दैनन् ।

८ असम्भव भन्ने कुरो वास्तवमा हाम्रो भ्रम मात्र हो ।

९ हामी त्यही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउँछ ।

१० अरुले आफ्ना बारेमा के सोच्छन्, त्यो महत्वपूर्ण होइन । आफूले आफ्नाबारेमा के सोचिन्छ, त्यो महत्वपूर्ण हो ।

११ त्यो नै असल मानिस हो, जसले हरेक बिहान ऐना हेर्दा, प्रतिबिम्बमा आउने मानिसप्रति गर्व गर्न सक्छ ।

१२ एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।

१३ यहाँ न असल छ न त खराब नै असल(खराब त हाम्रो सोचाइको उपज हो ।

१४ एउटा ढोका बन्द हुदाँ के तिमीलाई थाहा छ दोस्रो खुलेको हुन्छ ।

१५ मेरो चिन्ता तिमी असफल भएका प्रति होइन कि असफलताका बाबजुद तिमीले नदिएको निरन्तरताप्रति छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट