नेपाली प्राज्ञिक क्षेत्रमा सुपरिचित प्रा.डा.बाबुराम ज्ञवालीद्वारा लेखिएको “बृहस्पति सूत्र” नामक पुस्तक अनलाइन बाट पनि पढ्न सकिने भएको छ ।
पुस्तक प्रकाशक किरण पुस्तकालयको वेब साइटमा रहेको पिडिएफ लिंक मार्फत पाठकहरुलाई यो सुबिधा प्राप्त भएको प्राध्यापक ज्ञवालीले जानकारी गराएका छन ।
लामो समयदेखि त्रिबिबीमा प्राध्यापनरत ज्ञवालीको बाह्रौ कृति हो “बृहस्पति सूत्र अर्थात् बार्हस्पत्य राजार्थशास्त्र”।
‘सर्वेभवन्तु सुखिनः सर्वेसन्तु निरामयाः’ भन्ने उत्कृष्ट भावका प्रतिपादक आचार्य बृहस्पतिलाई कौटिलीय अर्थशास्त्रमा प्रमुख अर्थशास्त्र विचारकको रुपमा सम्मान व्यक्त गरिएको छ ।
बृहस्पतिलाई गुरु पनि भनिन्छ । यसको अर्थ के हो भने सर्वप्रथम गुरु शिष्य परम्परा बृहस्पतिले प्रारम्भ गरेका हुन् । बृहस्पतिको लामो शिष्य परम्परा भए तापनि बृहस्पतिका सबै विचार कुनै एक ग्रन्थमा पाईंदैन ।
उनका विचार नीति ग्रन्थ, स्मृति ग्रन्थ, महाभारत, पुराणहरुमा छरिएका छन् । उनको नामबाट अर्थसूत्र वा बृहस्पति सूत्र नामको एक सानो ग्रन्थमात्र उपलब्ध छ ।
नेपाली प्राज्ञिक क्षेत्रमा कौटिल्यका उपनामले समेत देश विदेशमा चर्चा बटुन्नु भएका ज्ञवालीका राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा थुप्रै अनुसन्धानमुलक लेखहरु प्रकाशित भई सकेका छन् ।
त्यसै ग्रन्थका सूत्र तथा तिनीहरुको शोधपूर्ण टिप्पणीसहितको अनुवाद गरेका छन प्रा. ज्ञवालीले “बृहस्पति सूत्र अर्थात् बार्हस्पत्य राजार्थशास्त्रमा” ।
पूर्वीय अर्थशास्त्र विषयमा शोध अनुसन्धनका दृष्टिले उपयोगी सन्दर्भ ग्रन्थको रुपमा “बृहस्पति सूत्र अर्थात् बार्हस्पत्य राजार्थशास्त्र” लिन सकिन्छ ।
किरण पुस्तकालय गुल्मी तम्घासबाट प्रकाशित ज्ञवालीको पुस्तक यो 9847038095, 079-520287 नम्बरमा सम्पर्क गरेर खरिद गर्न सकिने छ ।
यहाँ क्लिक गर्नुस – अध्ययनको लागि “बृहस्पति सूत्र अर्थात् बार्हस्पत्य राजार्थशास्त्र” अनलाइन संस्करण
लेखकका अन्य कृतिहरु यस प्रकार छ :-

बृहस्पति सूत्र अर्थात् बार्हस्पत्य राजार्थशास्त्र, प्रकाशक किरण पुस्तकालय, गुल्मी तम्घास, वि.सं.२०७७
श्रीमद्भगवद्गीता, ई पुस्तक स्वदेश नेपाल, वि.सं.२०७६
आधा जिस्ता, प्रकाशक किरण पुस्तकालय, वि.सं.२०७६
दस जना पूर्वीय आर्थिक चिन्तक, प्रकाशक विद्यार्थी पुस्तक भण्डार, वि.सं. २०७५
जीव, जगत् र जनार्दन (गीता अध्याय ११), प्रकाशक ज्ञानज्योति प्रकाशन, वि.सं.२०७४
सहज ज्ञानले दुख निवारण (गीता अध्याय १८), प्रकाशक ज्ञानज्योति प्रकाशन, वि.सं.२०७३
जीवनको दोस्रो पाना (गीता अध्याय दुईको विश्लेषणात्मक अध्ययन) प्रकाशक ज्ञानज्योति प्रकाशन, वि.सं.२०७२
कौटिल्य र शुक्रको राजनैतिक अर्थशास्त्र प्रकाशक ज्ञानज्योति प्रकाशन, वि.सं.२०७१
शङ्कराचार्यको जीवनी, दोस्रो संस्करण, प्रकाशक विद्यार्थी प्रकाशन, वि.सं.२०७१
पूर्वीय अर्थशास्त्र– प्राचीनतम तथ्य, नवीनतम जानकारी, प्रकाशक विद्यार्थी प्रकाशन, वि.सं.२०६९
Oriental Economics-Revisited Publisher Gyanjyoti Prakashan, 2013
Economics of Kautilya, Shukra and Brihaspati, Publisher Gyanjyoti Prakashan, 2012
Barhaspatya Artha-sutra and Kautiliya Arthashastra, Publisher Gyanjyoti Prakashan, 2012

