श्री शाके १९४० बि.स. २०७५ साल फाल्गुन २४ गते शुक्रबार इश्वी सन् २०१९ मार्च ८ तारीख फाल्गुन शुक्लपक्ष द्वतिया तिथी उत्तरभाद्रपदा नक्षत्र २२ः१४ बजे सम्म पश्चात रेवती नक्षत्र शुभ योग १५ः४८ बजे सम्म पश्चात शुक्ल योग बालव करण चन्द्रमा मीन राशिमा आनन्दादि योगमा ध्वज योग सुर्य उत्तरायण शिशिर ऋतु नारी दिवस –ज्यो.पं. सरोज घिमिरे
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । आर्थिक क्षेत्रमा सामान्य तनाबको सामना सामना गर्नु पर्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । बिश्वासिला ब्यत्तिहरु बाट धोका हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।
बृष राशि -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कार्यक्षेत्रमा पदोन्नतीको समय रहेकोछ । पुराना लगानि उठाउन समयले बिशेष साथ दिनेछ । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र सवल रहनेछ ।
मिथुन राशि -का, कि, कु, घ, ङ, छ, के, को, ह
सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।
कर्कट राशि -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साथी भाईहरुको खराब संगतका कारण सामान्य अपजस आई पर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानी अपनाउनु होला ।
सिंह राशि -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सामान्य चोट पटकको सम्भाबना रहेको छ । मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ सञ्चित रकम खर्च हुने योग रहेको छ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ ।
कन्या राशि -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
परोपकारको क्षेत्रमा समय ब्यतित रहनेछ । कुराकाट्ने ब्यक्तिको कमि नरहला । बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला ।
बृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ । बौधिक ब्यतित्व हरुको साथ प्राप्त हुनेछ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ । चाढो क्रोधको सिकार भईनेछ सजग रहनु होला । पारीवारिक समस्याले सताउन सक्छ ।
धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सभा सम्मेलनमा समय ब्यतित हुने योग रहेको छ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । आय मुलक कार्यको थालनि हुनेछ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ ।
मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । दिन मध्यम रहनेछ ।
कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ ।
मीन राशि -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ ।

