अनिल योगी – राष्ट्र र जनताको काम गर्नका लागि पठाएका नेता भनिनेहरु जनताले तिरेको राज्यको सम्पती खाएर दाराशिङको जस्तै संसदमा कुस्ती खेल्न अलिकती पनि लज्जाबोध गर्दैनन् ।
यस्तो भद्दा राजनितिक ब्यवस्था र राजनितिक नेतृत्वले नेपाल र नेपालीको भलाई गर्दैन भन्ने कुरा दिनको घाम जत्तिकै छर्लङ्ग भएकोछ । यो ब्यवस्थाले नै बिगत युद्ध निम्त्यायो र फेरि पनि विभिन्न प्रकारका युद्ध निम्त्याउदैछ । दलका नेताहरूले निम्त्याउने युद्धको सिकार नेपालीलाई किन बनाउने ? यस बिषयमा बहस नहुनु र यिनै नेताहरुको चाकडी बजाउनुमा आनन्दित हुनु जस्तो मुर्खता अरु के होला !
नेपालका राजनितिक दल र नेताहरुका कुकर्मले नेपाल राष्ट्र पचासौ बर्ष पछाडी धकेल्ने काम गरिएकोछ । राष्ट्रको आर्थिक अबस्था पुरै ध्वस्त पारिएकोछ । सामाजिक सुरक्षालाई पुरै चौपट पार्ने काम भएकोछ । राज्यका सुरक्षा अंग सेना, प्रहरी, सशश्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान पार्टिका कार्यकर्ता फर्ती गर्ने निकाए बनाईएका छन् ।
ती सबै निकाएमा बिदेशिले आफ्ना गुप्तचर भर्ना गरेका छन् । नेताहरुले राज्यका सबै जसो सुरक्षा अंगहरुआई आफ्नो प्रभावमा पार्ने काम गरेका छन् । त्यति मात्र होईन दलका नेताहरुका पछि नलाग्ने हो भने जागिर खान र पैसा कमाउन सकिँदैन भने गलत सस्कारको बिकास सबै क्षत्रमा मौलाएकोछ । राष्ट्रिय भावना र देशभक्ती पुर्ण रुपमा मरेको आभाष भैरहेकोछ ।
कसैले कसैको मान र मर्यादा राख्न नपर्ने जंगली युग तर्फको यात्रालाई समवृद्ध राष्ट्र र सुखी नेपालीको हास्यास्पद नारा अगाडि सारिएकोछ । हग्नेलाई भन्दा देख्नेलाई लाज भनेको जस्तै छ देशको शासन सत्तामा बस्नेहरुका हरकत हेर्दा । यस्तो मानसिकता बोकेर बाँचेका मान्छेहरुले चलाउने शासन ब्यवस्था र राज्यसत्ताले राष्ट्र र नेपाली जनताको रक्षागर्न सक्ने अबस्था नै छैन ।
देश चलाउने र समाजलाई हाक्ने कुरा चरित्रहिन र अबिवेकी मान्छेहरुको बसको कुरा होईन । दुरदृष्टी राख्न नसक्ने, राष्ट्र र समाजको जिबनमा असर पर्ने काम कुरा गर्न हुँदैन भन्ने चेतना सम्म राख्न नसक्ने मान्छेहरुले देशको भलो चिताउन सक्दैनन् । किन कि उनिहरु संग जति ज्ञान र बुद्धि छ त्यति मात्र हो गर्न सक्ने । आज देशको अबस्था जसरी बर्वाद भयो र हुँदैछ, यस्तो हुनुको एउटै मात्र कारण हो नेपालका नेताहरु अज्ञानि र बिवेकहिन छन् । यिनीहरुका सिमागमा गतिलो बिचार छैन भन्ने कुरा सष्ट छ ।

दलका नेताहरुले राष्ट्रलाई राष्ट्र र राज्यबाट दलको राज्यमा तल झार्ने अपराध गरे । संबैधानिक ब्यवस्था र सामाजिक रितिथितिहरु पुरै समाप्त पार्ने काम गरे । एउटा नेपालिलाई अर्को नेपालिको शत्रु सम्म बनाउने जघन्य अपराध गरे । जुन काम कुरा गर्दा राष्ट्र र नेपाली जनतालाई दीर्घकालीन अबस्था सम्म अकल्पनीय नोक्सानी पुगाउनेछ त्यही काम गर्न दलका नेताहरु सधै लागि परे । नेपाली जाताको भावना र चाहना भन्दा बाहिर गएर बिदेशिलाई खुशी पार्नका लागि राज्यसत्ता र ब्यवस्थालाई दुरुपयोग गर्ने काम गरे ।
नेपाल जोगाउने हो र नेपाली जनताको जीवन सुरक्षित राख्ने हो भने नेपालका नेताहरुको विकल्प खोज्नुपर्छ । किन कि यस्ता नेताहरुका हाथमा सत्ता र ब्यवस्था रहिरहनु भनेको अकल्पनीय बिपद निम्त्याउनु हो । जो जसले राष्ट्र र समाज भित्र के गर्न हुंने र के गर्न नहुने भनेर बिवेक प्रयोग गर्न जान्दैनन् त्यस्तालाई सत्ता र ब्यवस्थका मालिक बनायर राख्नु जस्तो मुर्खता अर्को के होला ।
नेपालका राजनितिक दल र नेताहरु यो राष्ट्रका लागि ठूलो समस्या हुन् । यिनै राजनितिक दलका नेताहरूले निम्त्याएका विभिन्न समस्याको जालोमा देश सधै फसिरहेकोछ । अनाहकमा जनताको ज्यान मास्ने र राज्यको धन मास्ने अपराध भन्दा ठूलो अपराध अरु केही हुन सक्दैन । नेपालका नेताहरुले नेपालको सत्तामा बस्नका लागि कुनै महान काम गरेका छैनन् । आफ्नै दाजुभाईहरुलाई जुधाएर सत्ता र शक्तिमा पुगेका अपराधीहरुलाई पाता कस्न सक्ने गरि नेपाली जनता जुरुक्कै उठ्ने समय आएकोछ ।
राजनितिक दल र नेताको आबरणमा देश लुट्नेहरु र ईनका भजन कृतन गाउनेहरुले कहाँ कसरी भ्रष्टाचार गरेका छन् त्यो सबै खोजी गरिनुपर्छ र खोसेर राष्ट्रको बिकास र जनताको उत्थानमा खर्च गर्नुपर्छ । राष्ट्र र जनतालाई दीर्घकालीन अबस्था सम्म असर पर्ने सबै काम उल्टाउनुपर्छ ।
संघीयता खारेज गर्नुपर्छ, धर्म निरपेक्षता खारेज गर्नुपर्छ । १४ अंचल र जिलाहरुलाई नै बिकासका केन्द्र बनाउनुपर्छ । जनताका लागि न्याय र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । जनताकै चाहना र सुझाव बमोजिम बिकासमा जनताको अत्याधिक जन सहभागिता गराउदै जानुपर्छ ।
देशको बिकास गर्नका लागि राज्यले गरेन भन्ने मानसिकताबाट जनतालाई मुक्त।गराउनुपर्छ । राज्यको सहयोग र जन सर्बदानका आधारमा राष्ट्र र समाजको बिकास गर्ने जनवादी बिकासको नीति अबलम्बन गर्नुपर्छ ।
यी सबै काम गर्नका लागि बाधक भनेका राजनितिक दल र ती दलका नेताहरु नै हुन् । हजार १५ सय नेपालका नेताहरूले नेपाली जनतालाई दुख दिने काम गरेका हुन । यी नेताहरुको ब्यवस्थापन बिवेक पुर्ण तरिकाले गर्ने हो भने नेपाली जनताले दिपावली मनाउनेछन र ढुक्क संग देशभित्र बस्न र बाँच्न पाउने अबस्था निर्माण हुनेछ ।
अन्यथा देश र नेपाली जनताले ठूलो दुख बेहोर्नुपर्ने अबस्था आउनेछ । सबैलाई चेतना भया ।

