अनिल योगी -नेपाल यस्तो देश हो जहाँ मानिसलाई नभै नहुने अन्न र पानीको भन्डार छ । जमिनमा जे फाल्यो त्यो फल्छ र जहाँ खोतल्यो त्यहा बाट पानी निस्कन्छ । पाहाडमा पानीका मुल फुट्छन र समथल जमिनमा अन्न फल्छ । नदिका किनारमा बालुवा छान्ने हो भने सुन निस्किन्छ ।
यस्तो देशलाई भिख मंगाको देशका रुपमा बिश्वमा बदनाम गराउने मानसिक दरिद्रता भएका सिल्लिहरुले देशको सत्ता र ब्यवस्था चलाए हाम्रो देशको ठूलो दुर्भाग्य यहि हो । अब यो दुर्भाग्यपूर्ण अबस्थाबाट देशलाई माथी उठाउन बिचार सहितको जाँगर भएको एउटा मान्छे, अर्थात साशक,अर्को शब्दमा राजनेताको हामीले खोजी गर्नुपर्छ ।
मान्छे संग मान्छेलाई पसु सरह जुधाउने पाखन्डिहरुको फगत राजनितिक धन्दालाई निषेध गर्दै नयाँ युगको सुरुवात गर्नका लागि दिमागमा खजना चाहिन्छ । छातिभित्र बलियो देशभक्तिको भावना चाहिंन्छ । देशको भूगोल र जनताको जीवन ईमान्दारीपुर्वक पढेको र देशबाट म लिनका लागि जन्मिएको होईन देशलाई दिनका लागि जन्मिएको हुँ भन्ने ईच्छाशक्ती पनि चाहिन्छ ।
देशलाई केही दिनुको सट्टा देशबाट लिने कुलङ्गारहरुले नेपाल राष्ट्रलाई बचाउँदै बनाउन सक्दैनन् र नेपाली जनताका दुखलाई हटाउने नैतिक तागत राख्न पनि सक्दैनन् । यदि नेपालका राजनितिक क्षत्रमा देखिएका पात्रहरु संग त्यो क्षमता हुन्थ्यो भने आज उनिहरुका अनुहारमा यस्तो कालो धब्बा लाग्ने थिएन । बिचराहरु आफै गरिव थिए, पुजिका मात्र होईन बिचारका पनि । तिनिहरुका पछि लाग्दा मुलुक र मुलुकबासिकै बर्वादी बाहेक अरु केही हुन सकेन ।
आफ्नो देशलाई बिकशित राष्ट्रको दाँजोमा लैजान्छु र नेपाली जनतालाई यहि देशभित्र काममा लगायर शुखी बनाउन सक्छु भन्ने रजनितिक चेत भएको नेपालिका लागि देश बनाउन र नेपालिलाई शुखको जीवन दिन यहाँ कसैले बाधा हाल्ने अबस्था छैन ।
नेपालको बिकास र नेपाली जनताको प्रगतिका बाधक नेपालका अक्षम राजनितिक दल र ती दलका नेताहरु हुन, यो कुनै प्रायोजित आरोप होईन, देशको आजको धरतलिय यथार्थ हो । यो देशको बिकास नगर्ने र नेपाली जनतालाई दुख दिने कुनै बिदेशी होईनन,नेपालकै भ्रष्ट मानिसहरु हुन ।

नेपालको शान्ती सुब्यवस्था र सामाजिक सद्भाव बिथोल्ने पनि नेपालका सिल्ली कथित नेताहरु हुन् । आज देशमा जे हुन पर्ने थियो त्यो पट्टकै भैरहेको छैन र जे नहुन पर्ने थियो त्यो दिनानुदिन भैरहेकोछ । राज्यसत्ता र ब्यवस्था जनताबाट पुरै बिमुख भएकोछ । नेपालका साशकहरु र यो ब्यवस्थालाई राख्ने वा फाल्ने भन्ने बिषयमा दिल्लिमा, बैककमा र थाईलेन्डमा बहस र छलफल हुन्छन् ।
बेरोजगार नेपाली युवाहरुलाई राष्ट्र निर्माणमा लगाउने साशकहरु संग गुरु योजनानै छैन । बालुवामा पानी हालेको जस्तै झिनामसिना युवा स्वरोजगार कार्यक्रमका नाममा अघि सारिएका योजनाहरुमा पनि दलिय भागबन्डा र चरम भ्रष्टाचार भैरहेकोछ । देशका युवाहरुलाई दलका युवा बनाउदै उनीहरुको चरम शोषण भैरहेको प्रष्ट देखिन्छ । काम र माम बिनाको जिन्दगी देशभित्र बांच्न बाध्य युवाहरु बाध्यताबस बिदेशिका दलाल नेताहरुका राजनीतिक पार्टिका झन्डा बोक्न बिवस छन् । यस्तो हुनु भनेको एक प्रकारले राष्ट्रिय लज्जाको बिषय हो ।
देश निर्माण गर्न सक्ने युवाहरुलाई बिदेशिका देशमा बेच्ने अर्थात काम गर्न पठाउने सम्झौता गर्दा र हुंदा माहान उपलब्दिनै गरियो जस्तै गरि ठुला कुरा गर्ने परमुखापेक्षी राजनितिक चिन्तनले नेपालको बिकास हुँनै सक्दैन र नेपालिका मनभित्र आफ्नो देश बनाउनुपर्छ भन्ने भावना पनि बिकास हुन सक्दैन ।
नेपालको बिकास गर्ने र नेपाली जनतालाई यहि देशभित्र आरामका साथ शान्तिपुर्ण तरिकाले बाँच्ने बताबरण बनाउने हो भने- ब्यवस्थाको होईन,नेपालका नेताहरुको बिकल्प अनिबार्य रुपमा खोज्नुपर्छ । आफ्ना साखा सन्तानको सुख सुबिधाका लागि राज्यको सम्पती र राज्यको शक्ति दुरुपयोग गर्ने यो गुन्डाराज नै नेपाल र नेपालिको उन्नतिको बाधक हो भनेर सबैले बुझ्न ढिला गर्न हुँदैन ।
भ्रष्ट नेता र राजनितिक दलहरुले नेपालमा बिपद निम्त्याउने काम बाहेक अरु कुनै पनि सकारातमक काम गर्न सक्ने ईनिहरु संग नैतिक ताकत छैन भन्ने कुरा साबित सत्य हो । देश लुटनका लागि सबै एक ठाउमा बस्न सक्ने तर देशको बिकास गर्न र नेपाली जनतालाई समानुपातिक रूपमा सुख र सुबिधा दिने सवालमा आपसमै बिवाद गर्ने पाखन्डी दिमाग बोकेकाहरुबाट राष्ट्रको उत्थान र नेपालीको भलाई हुने काम पट्टकै हुन सक्दैन ।

