अनिल योगी -मधेशी मुलकै नेपाली डा. रामवरण यादव राष्ट्रपती हुनु भयो, मधेशी मुलकै उपराष्ट्रपति परमानन्द झा हुनु भयो । मस्तिका साथ शान र मानको जीवन बाच्नु भयो तर पनि मधेशी जनताका मुद्दा सकिएनन । शुशिला कार्की सम्मानित सर्वोच्च अदालतको प्रधान न्यायाधीश हुनु भयो, ओनसरी घर्ती संसदको सभामुख हुनु भयो र बिद्या देवी भन्डारी यो राष्ट्रको राष्ट्र प्रमुख हुनु भयो अझै महिलाका मुद्दा सकिएका छैनन् ।
सबै जातिका भुसतिघ्रेहरु राज्यसत्ताको नेतृत्वमा साम,दाम दन्डभेद सबै प्रयोग गरेर पुगे तर जातीय मुद्दा कहिले पनि सकिदैनन । यस्तो चरित्रहिन पाखन्डपुर्ण राजनितिक आबरणको धन्दाले र यस्ता भ्रष्ट मानिसहरुका बिवेकले यो राष्ट्रलाई जिबित राख्न सक्दैनन् भन्ने कुरा प्रष्ट्छ । नेपाली जातिलाई यश राष्ट्रभित्र एकापसमा लडाई गराउँदै समाप्त पार्नका लागि देशी बिदेशी तत्वहरुले बिगत राजनितिक नारा अघि सार्दै लडाई गराए, अब जात, भाषा र धर्मका मुद्दा उठाएर नेपालीलाई लडाईमा हाल्ने प्रपनन्च गर्दैछन् । म दु:खको कुरा यो अपराधिक कृयाकलावमा नेपालका राजनितिक दलकै नेताहरु लागि परेका छन् ।
मलाई सम्झना ताजैछ, २०४६ साल भन्दा अगाडि नेपाल राष्ट्र यस्तो थिएन । राज्यको तागत राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा बलियो ढंगले स्थापित थियो । साशकहरुको मान र मर्यादा पनि निकै उच्च प्रकारको थियो । सामाजिक न्याय र सामाजिक सुरक्षा पनि एक एक प्रकारले बलियो नै थियो ।
कुनै पनि क्षत्रमा बिदेशिको खासै कुनै भुमिका देखिदैन थियो । हाम्रो स्वधर्मका बारेमा यस्यो प्रकारको बिचलन र बिवाद्को शब्द पनि सुन्न पाईदैन थियो । हो हाम्रा केही रुडिवादी सस्कार र केही बिचित्रका सामाजिक सभ्यता पनि थिए, जुन क्रमश नेपाली जनताले स्वयम् अस्वभाबिक ठान्दै आफै परिवर्तन गर्दै थिए । म कर्णालिमा जन्मेको हुँनाले त्यहाँ छुवाछुतको निकै ठूलो समस्या थियो ।
जब म २०४३साल तिर काठमान्डौमा अध्यनका लागि आए, तब मैले बुझे यो त गलत कुरा रहेछ । त्यसपछी मैले गाउँमा गएर छुवाछुत गर्न हुँदैन भनेर दलित भनिएका दाजुभाईहरु संग सबै कुरा मैले ब्यक्तिगत रुपमा चलाए ।
मलाई के थाह थियो भने- समाज बल गरेर परिवर्तन हुँदैन र गर्नु पनि हुँदैन । एउटा पक्षलाई बल प्रयोग गरेर दबाउँदा अर्को पक्षलाई चोट पुग्न सक्छ र सामाजिक रुपमा त्यसले बिवाद पैदा गर्नसक्छ । त्यसैले समाजका सचेत नागरिकहरुले यस्ता बिसंगतिहरुलाई बिस्तारै हटाउदै जानुपर्छ भन्ने ठानेको थिए ।
२०४५ सालको परिवर्तनले कानुनि रुपमा यस्ता बिकृतिलाई बर्जित गर्ने प्रयास गरे पनि राज्यले बेबहारमा लागू गर्न सकेन र समाजका बिकृतिहरु कायम नै थिए । मैले माथी भने- समाजलाई बल प्रयोग गरेर परिवर्तन गर्नु उपयुक्त हुँदैन । ठिक त्यसको बिपरित जब माओवादिको आबरणमा देशमा युद्धको सुरुवात गरियो, त्यो युद्धले त्यही सामाजिक कुसस्कारलाई अत्यन्तै महत्वकासाथ उठायो र त्यो युद्धमा त्यही अछुत भनिएको बर्गलाई युद्धमा होमिन बाध्य पार्ने रबैया राज्य र युद्धरत दुबै पक्षले प्रदशन गरे ।

फाइल फोटो
सामाजिक रुपान्तरणका नाममा युद्ध र क्रान्ती हाक्नेहरुले आज पनि सामाजिक रुपमा ती बिकृती र बिसंगतिहरु कायम छन् भन्ने कुरा बुझेकाछन । आन्दोलन र क्रान्ति गर्नेहरुको उदेस्य केवल सत्ता र शक्तिमा पुगेर रवाफिलो जीवन बाच्नु मात्र थियो । उनिहरुले आफैले उठाएका सामाजिक मुद्दा जहाँका त्यही छोडेर सत्तारसास्वादनको घनचक्करमा नराम्रो संग फस्न पुगे ।
परिवर्तनका नाममा गरिएका आन्दोलन र क्रान्तिले राष्ट्र र नेपाली जनतालाई जुन हदको दु:खद अबस्था सामना गर्नु पर्यो, त्यसको बदलामा उपलब्दिको सट्टा थप बिकराल समस्यामा नेपाल र नेपालिलाई फसाउने काम गरिएकोछ । नेपाली जनताको सामाजिक एकता बलियो हुँदैन थियो भने देशिबिदेशी शत्रुहरुले पहिलो संबिधानसभाकै समयमा नेपाल राष्ट्रलाई जातिय दङ्गामा फसाउने प्रपन्च गरि सकेका थिए, जुन सफल हुँन सकेन ।
कसैलाई भ्रम नरहोस, नेपालका नेताहरु नेपाल र नेपालिको हित र सुरक्षाका निमित्त राज्यसत्तामा बसेर काम पट्टकै गरि रहेका छैनन् । किन कि उनिहरुका अन्नदाता र नेपालको सत्ता र शक्तिमा राख्ने बिधाता बिदेशिहरु हुंन । नेपाली जनतालाई र बिदेशिलाई यदाकदा लोकतान्त्रिक राज्य ब्यवस्था चलाई रहेकाछौ भनेर देखाउने केवल बाध्यता मात्र हो । यस्तो अप्रजातान्त्रिक र गैरन्यायिक ब्यवस्था लोकतान्त्रिक राजनितिक ब्यवस्था हो भनेर सचेत नागरिकले पत्याउनै सक्दैन ।
अब के गर्ने ?
नेपाली आम जनताले गम्भीर भएर सोच्ने समय आयो । किन कि हाम्रो सामाहिक एकता र राष्ट्रिय एकतालाई खन्डित गर्दै नेपाल राष्ट्रको अस्तित्व समाप्त पार्ने र नेपालिलाई समाप्त पार्ने चक्करमा बिदेशिहरु लागि परेका छन् त्यो अपरधलाई सघाउने र सहज वातावरण बनाई दिनका लागि नेपालका राजनितिक दलका धेरै जसो नेताहरुले खुलेरै बिदेशिलाई मद्दत गरिरहेका छन् यो निकै खतर्नाक कुरा हो ।
हामिले हाम्रो राष्ट्रको सार्बभौमसत्ता, भौगोलिक अखन्डता र स्वाधिनताको रक्षागर्नका लागि राजनितिक दलका झन्डालाई छोडेर राष्ट्रिय झन्डामा गोलबद्ध हुनुपर्छ । नेपाल राष्ट्रको निर्माण र सुरक्षाका निमित्त त्याग र बलिदान दिने र भद्र तरिकाले देशको आत्मसम्मान र नेपाली स्वाभिमान उच्च बनाउनका लागि इमानदारीपुर्वक आफ्नो बुताले सकेसम्मको काम गर्ने राजाहरुले बाहेक देशप्रति ईमान्दार अर्को सस्था र ब्यक्ती देखिएन ।
नेपाल राष्ट्रको रक्षागर्ने र नेपाली जनताको जीवन सुरक्षित गर्ने सर्तमा प्रजातान्त्रिक सोच र बिवेक सहितको राजसस्था र राजा आम नेपालीले खोजी गर्नुको बिकल्प छैन । यो कुनै ब्यक्तिको रहरको मात्र कुरा होईन, नेपाल जोगाउने र नेपाली भएर बाच्न चाहने नेपालीका लागि बाध्यता हो ।
एउटा अर्को ध्रुवसत्य कुरा के हो भने- नेपालको राजसस्था र राजाले नेपाली युवाहरु, चाहे ती जुनसुकै राजनितिक सिद्धान्त र बिचारका हुँन, उनिहरुसंग खुल्ला रुपमा बहस र छलफलमा आउनुपर्छ । किन कि नेपाल राष्ट्र कस्तो बनाउने, हाम्रो सामाजिक सुरक्षा अबस्थालाई कस्तो बनाउने भन्ने कुरा युवाहरुको सहयोग, सहभागिता र सुझावका आधारमा सम्भव हुनेछ । अन्यथा कुनै पनि ठोस काम गर्न सम्भव छैन । देशको बिकास गर्ने र नेपाल राष्ट्र र नेपालीको जीवन सुरक्षित राख्ने जिम्मेवारी स्वयम् नेपाली युवाहरुले लिनुपर्ने समय आएकोछ ।
युवाहरुलाई सधैं कमजोर ठान्ने र युवाहरुका काँधमा चढेर राष्ट्र हाक्ने गलत राजनितिक धन्दाको अन्त्य राजसस्थाले गर्नुपर्छ । जबसम्म राजसस्था र नेपाली जनताको पारिवारिक सम्बन्ध कायम रहन सक्दैन तबसम्म नेपाल सुरक्षित रहन सक्ने कुनै सम्भावना देखिदैन ।

