अनिल योगी –४६ सालको आन्दोलनमा प्रजातन्त्र मात्र खासमा मानवचित ब्यवस्था हो भन्ने हल्ला गरियो ।आन्दोलनमा आम नेपाली जनता नलागे पनि एक प्रकारले शहरका जनता लागे । दुरदराजमा अहिले पनि खासै आन्दोलन गरिन्न र हुँदैन । शहरमा जुन ब्यवस्था आयो त्यही ब्यवस्था शहरमा रोजिरोटिका लागि र अध्यन गर्न आएका बिध्यार्थिहरुले दुरदराजमा बोकेर लैजाने हो । आन्दोलनको नेर्तित्व गर्नेहरुले ४६ मा प्रजातन्त्र ल्यायौ भने मेपालिले आयो त होला भनेर खुशियाली पनि मनाए । खासमा प्रजातन्त्र कतैबाट निर्यात गर्ने अथबा ल्याउने ब्यवस्था नै थिएन ।
प्रजातन्त्र भनेको मानव चेतना हो,राजनितिक सभ्यता हो, क्षमतावान मान्छेहरु बिचको स्वस्थ राजनितिक, सामाजिक र आर्थिक प्रस्तिस्प्रधा हो । त्यति मात्र होईन, मान्छेले मान्छेलाई बचाउने उत्तम मानव चेतना पनि हो ।
नेपालमा प्रजातन्त्र आएको थियो भने ६ बर्ष पनि नबितेकै कथित क्रान्तिकारिको आबरणमा युद्ध गर्ने अबस्था किन बन्यो ? आफुलाई मात्र प्रजातन्त्रका मसिया ठान्नेहरु र क्रान्तिकारि आबरणमा दिल्लिले तयार पारेका लठैतहरुविच एक दशक सम्म घमाशान युद्ध किन र केका लागि गरियो ? युद्धमा नेताहरु सुरक्षित र हजारौ नेपाली युवा युवतिको मात्र कत्लेआम किन भयो ?
अहिले पनि आफुलाई धुरन्धर प्रजातन्त्रका बिद्धान भन्नेहरु वास्तविक प्रजातन्त्र आएकै छैन किन भन्दैछन ? कति हजार नेपाली अरु मारिदा साच्चिकै नेपालिले खोजेको जस्तो प्रजातन्त्र आउँछ ?
मैले माथी भने- प्रजातन्त्र कुनै बिदेशिका साथ र समर्थनमा बिदेशी मुलुकबाट आयात गरिने खाद्य पदार्थ जस्तो अमुर्त कुरा होईन, मानव चेतना र सचेतना हो । पक्का कुरा यहि हो । किन कि प्रजातन्त्र नेपालमा आएकै होईन र ल्याएकै होईन । मुठ्ठीभर राजनितिक आबरणका डाकुहरुलाई सत्ता र ब्यवस्थामा मस्ती गर्न पाउने गरि बिदेशिले नेपाल राष्ट्रको स्थायी राजनितिक ब्यवस्था र थिती भत्काई दिएका मात्र हुन् ।
प्रजातन्त्र साच्चिकै आएकै थियो भने माओवादिका नाममा नेपाली जनताले फेरि किन लढ्न पर्यो ? यो प्रश्न त्यो जत्थाले पनि अनौठो राजनितिक नारा दियो, जनताले सुन्नै पर्ने बाध्यात्मक अबस्था थियो त्यही कारण उठाईएको हो । संसदीय ब्यवस्थाका पाखन्डिहरुको साशनले जनतालाई आजित बनाएकै अबस्था थियो र भनियो के भने- यो संसदीय ब्यवस्था खशिको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो, यो ब्यवस्थालाई फालेर नयाँ जनवादी ब्यवस्था स्थापना गर्नुपर्छ, अनि मात्र वास्तविक जनताको राजनितिक ब्यवस्था स्थापना हुनेछ ! कति आकर्षक नारा ! कस्ले नपत्याउने ?
हामी जस्ता मान्छेहरुलाई पनि देशको तात्कालिन प्रस्थितिले बिदेशिका लठैतहरुले उछालेको नाराले मन बाध्यो । देशभित्र एक प्रकारले केही जानेका, पढेका बुझेका मानिसहरुविच धुर्विकरण हुन पुग्यो । कोही त्यहि फोहोरी संसदीय ब्यवस्थाका पक्षमा लागेर साशकहरुको चाकडी गर्न थाले कोहीले माओवादी जत्थाले उठाएका मुद्दा ठिक छन भनेर लेख्न बोल्न थाले ।
त्यतिबेलाका संसदीय ब्यवस्थाका लठैतहरु र संसदीय ब्यवस्था फाल्नुपर्छ भन्ने त्यो दुबै जत्थाले नेपाली जनताका दिमाग नराम्रो संग बिगारी सकेका थिए । आफ्नो देशको जनतालाई आफ्नो सत्ता स्वार्थका लागि त्यो हद सम्मको झुटको खेती गर्न सक्ने अराजनितिक तत्वहरु प्रती नेपाली जनताले भरोषा र बिस्वास गर्नु हुँदैन थियो अनजान नेपाली जनता जालिहरुका कुरामा फस्न पुगे ।
हिंसात्मक राजनितिको एक दशकको दङ्गापछी प्रजातन्त्रको नाम लोकतन्त्रमा बदलियो र तिनै जालिफटाहहरु फेरि राजनितिको केन्द्रमा देखिए । सचेत नागरिकहरु बास्तवमा त्यही बेलामा झस्किएका थिए । किन कि ब्यवस्था परिवर्तन हुँदा त राजनितिक नेर्तित्व पनि परिवर्तन हुन्छ र हुँनैपर्छ ।
प्रजातन्त्रको नाममा संसदीय ब्यवस्थाको पक्षधरता लिदैं माओवादिका नाममा संगठित भएका जनतालाई मार्न राज्यको शक्ति चरम रुपमा दुरुपयोग गर्ने त्यही गिरिजा प्रसाद, ईनै ओलि, त्यही शेरबहादुर परिवर्तनका सम्बाहक हुँन भनेर पत्याउने नेपालिहरुको चेतनाले प्रजातन्त्रको प्रतिनिधित्व गर्न सक्छ त ? पक्कै पनि सक्दैन । युद्धका समयमा माओवादिलाई समुल रुपमा समाप्त पार्न तात्कालिन शाही नेपाली सेना चलाउन पाँउ भनेर राजा संग गुहार माग्ने गिरिजा प्रसाद र दिल्लिमा बसेर देशमा आगो लगाउने प्रचन्ड र बाबुरामलाई सत्तामा ल्याउदा आउने लोकतन्त्रको अनुहार यो भन्दा फरक हुँनै सक्दैन र हुंदैन पनि ।
फेरि पनि म दोहोर्याउन चाहन्छु प्रजातन्त्र वा लोकतन्त्र कतै बाहिरी मुलुकबाट ल्याउने कुरा होईन, प्रजातन्त्र भनेको त्यस देशमा बसोबास गर्ने आम जनताको सबल चेतना हो ।
नेपालीको चेतना स्तर कमजोर हुँदा ७० बर्ष देखि देशी बिदेशी दलालहरुले हामीलाई ब्यवस्थाको लडाई गराउदै मराउदैछन भन्ने कुराको ज्ञान हामी नेपालीलाई अझै प्राप्त हुन सकेको छैन ।
नेपाली जनताले बिदेशिको योजना अन्त्रगत नेपालको राज्यसत्ता र ब्यवस्था कब्जा गर्ने तत्वहरुलाई जबसम्म राम्रो संग चिन्न सक्दैनन् र आफ्नो सानो स्वार्थ पुर्तिका लागि तिनिहरुका राजनितिक झन्डा मुनि संगठित भैरहन्छन तब सम्म देशमा नत शान्ती हुँनेछ नत राजनितिक स्थायित्व र बिकास ।
यो तिनवटै कुराको बाधक तत्व कुनै बिदेशी होईनन, नेपालका राजनितिक दल र ती दलका झन्डा बोक्ने भ्रष्ट कार्यकर्ता हुन् । कुनै पनि राजनितिक बिचार र सिद्धान्तको पछि लागेको ईमान्दार राजनितिक कार्यकर्ताले देशको बर्वादिलाई यसरी सजिलै पचायर बस्न सक्दैन । त्यसैले दलका पछि लागेका कार्यकर्तालाई अराजनितिक र भ्रष्ट भन्न म बाध्य भएको हुँ ।
देशमा चरम भ्रष्टाचार भैरहेकोछ, लाखौ नेपालिहरु एक छाक सजिलै टार्न सकि रहेका छैनन् । पचासौ लाख नेपाली युवाहरु बैदेशिक रोजगारका नाममा बिदेशिका मुलुकमा रगत पसिना बगाउँदैछन । केही समय पहिले दस बर्षमा ७ हजार भन्दा बढी बैदेशिक रोजगारमा गएका नेपाली युवा युवतिका लास बाकसमा नेपाल आए भन्ने समाचार आएको थियो । दलका झन्डा बोक्नेहरु सबै अशिक्षित र अनाडी त छैनन् होला नि ? तिनीहरुले पढेनन होला त्यो समाचार ?
देश भन्दा आफ्नो पार्टी र आफ्नो स्वार्थलाई महत्व दिने दलका पछि लागेका युवाहरुले आफुलाई राजनिति गर्न लायक मनुस्य बनाउन आबस्यक छैन र ? प्रजातन्त्र वा लोकतन्त्र नाम दुई भए पनि अर्थ एउटै हो । यो ब्यवस्था मुठ्ठीभर नेता र कार्यकर्तालाई भरण पोषण गर्ने माध्यम मात्र हो र ?
यो ब्यवस्थालाई जनताको ब्यवस्था बनाउने समय अझै घर्की सकेको छैन । नेताहरु नेता जस्तै नेपाली जनताका सामु उभिन सिक्नुपर्छ । दलका कार्यकर्तालाई लज्जाबोध हुन्छ भने आफ्ना नेताहरुलाई नेताहरुकै रुपमा जनताका विचमा उभ्याउने प्रयास गरून । अन्यथा नबजे बासुरी नरहे बास होला ख्याल गर ।

