मिन बहादुर पण्डित -यति बेला काठमाँडौका अधिकांश बाटोहरू हिलाम्मे छन, घाम लागे पछि तिनै सडकहरू फेरी धुलाम्मे बन्छन । तर भबिश्यमा यस्तो नहोस् भन्नका लागी हिलो बाट र धुलो बाट केहि भए पनि पाठ सिकौ । अनी जिम्मेबार निकाए सडक बिभाग बाट सिकौ, महानगर पालिका बाट सिकौ, नेता र ठेकेदारको बुद्दि र बिबेक बाट सिकौ, दीर्घक़ालीन सोच बाट सिकौ, नेता, कर्मचारी र ठेकेदारको प्रगति बाट सिकौ, राजनीतिक पार्टीहरुका घोसणा पत्रको बाहिर छापिएका मेट्रो रेल र फ्लाई वोबरका फोटो बाट सिकौ, बिधुतिय सबारी साधन चलाउने गफ बाट सिकौ, अर्काले बनाइ दिएको मासिएका ट्रलीबस बाट सिकौ, एक बर्ष पनि नटिक्ने सडक मापडदण्ड बाट सिकौ, धुलोले पारेको जन स्वास्थ्यको असर बाट सिकौ, धुँवा धुलोले बिगारेको फोक्सो बाट सिकौ, हस्पिटलमा खर्च भएको लाखौको बिल बाट सिकौ, बाटो अगाडिको किराना पसलको खाने कुरामा धुलो बसेर खाद्यान्न अखाध्य भइ रहेको कुरा बाट सिकौ ।
सडकको पानि निकास नभएर घर भित्र छिरेर भएको नोक्सान बाट सिकौ ,पिच गरेको एक हप्तामैं बनेको खाल्टो बाट सिकौ, बाटो बनाउदा भएको करोडौ भ्रष्टचार बाट सिकौ, लटर पटर काम गरेर अर्बौ कमाउने ठेकेदार संग सिकौ, ठेक्का पाए पछि एडभान्स लिएर त्यो पैशाले अरुनै ब्यवसाए गर्ने अनि बर्सौ सम्म सडक नबनाउने र तिब्र बिरोध र आलोचना हुन् थाले पछि लटर पटर काम गरेर एक हप्ता मै काम सकी दिने ठेकेदार संग सिकौ, बर्स भरि अन्तै व्यस्त अनि असार लागे पछि बजेट सक्न हतार हतार पानि र हिलोमै पिच गर्नेहरु संग सिकौ, बाटोको ठेक्का दिंदा कमिसन खाइ सरकारी जागिर खाएर पनि करोडौको महल बनाउन सक्नेहरु संग सिकौ ।
दुर्घटना बाट भएको अंगभंग र मृत्यु बाट सिकौ, स्कुल गएको बच्चा ट्रीपरले हानेर मरे पछि रोएको आमाको आसु बाट सिकौ, सडक पेटीका सबै जसो पोलमा टाँगीएका करिब एक ट्याक्टर तारका गुजुल्टाहरु बाट सिकौ, बोरा खाँदे जस्तो यात्री खाँदने यातायात साधन संग सिकौ, आफन्त संग बस्दा लाज नै लाग्ने गरि बोल्ने खलासी वा कन्डक्टरका महान बाणी बाट सिकौ, बुडा बुडिलाई उभ्याएर आफु मस्त सिटमा बस्ने लक्का जवानहरु बाट सिकौ, सकस पूर्ण यात्राले अफिस जादा आउदा थाकेको सरिर बाट सिकौ, घन्टौको ट्राफ़िक जाममा बस्नु पर्ने बाध्यता बाट सिकौ, मेट्रो रेल बने घट्न सक्ने लाखौ मोटरसाइकलका हुल बाट सिकौ, बीग्रेका ट्राफिक लाइट बाट सिकौ, ढोकामा झुन्निएर यात्रा गर्नेहरू बाट सिकौ, बस बिसौनि र यात्रु प्रतीक्षालय बाट सिकौ ।
जथाबाबी बाटो काटनेहरु बाट सिकौ, बर्सौ देखी नटालिएका खाल्टा बाट सिकौ, मेलम्चीको पानी ल्याउन खनीएको खाल्टो बाट सिकौ, बाटोमा हीडनै गाह्रो हुने गरी थुपारीएका निर्माण सामाग्री बाट सिकौ, हिडंनै गाह्रो हुने गरी गनाउने सड़कमा थुप्रीएका फोहर बाट सिकौ, मास लगाएर अनुहार छोप्नु पर्ने बाध्यता बाट सिकौ, मास लगाएर दिन भरि पसल कुर्नु पर्ने पसले वा ब्यापारी संग सिकौ, काठमान्डौलाइ मासमान्डौ बनाउनेहरु संग सिकौ, हिडन नै गाह्रो हुने गरी सडक पेटीमा पसल थाप्नेहरु संग सिकौ, सडक मिचेर बनाइएका संरचना बाट सिकौ , मांछे मारेर ६ महीना नै नभई निस्क़ीने ड्राइवर संग सिकौ ।

मन्त्रि र बिसिस्टहरु बाट हुने सबारी बाट सिकौ, ट्राफिकले घुस खान नपाए तिराउने जरिबाना संग सिकौ, लाखौ पैशा छिन भरमा उडाउन सक्ने पाकेटमार संग सिकौ, महिला जता उतै ठेल्ने युवाहरु संग सिकौ, सिंडिकेट धारी यातायात ब्यवसाही संग सिकौ, ट्रीपर आतंक संग सिकौ, बाटो काट्न बनाएका आकासे पुलको दुरा अवस्था संग सिकौ, राजधानी भन्न पनि लाज लाग्ने बाटाहरु बाट सिकौ, नबनाइ नहुने बाध्यता भए पछि मात्र बन्ने तर आधुनिक दुनियाका बाटाहरुलाई गिज्याउने हाम्रा बाटाहरु बाट सिकौ, महानगरले बनाएको सडक गार्डेन बाट सिकौ, राति ८ बजे पछि अधेरो र सुनसान लाग्ने सडक र बजार बाट सिकौ, सडक बत्ति बाट सिकौ ।
महानगर पालिकाले बनाउने मेट्रो रेल र मोनो रेल बाट सिकौ, चीन र जापानले बनाइ दिएका बाटाहरु बाट सिकौ, महँगो यातायात करले गर्दा भएको महँगो यातायात सेबा बाट सिकौ, ढल र खाने पानिको पाइप फुटेर बाटोमा भएको हिलो बाट सिकौ, बस बिसौनी चाँही छैन, जथाबाबी रोक्नु पर्ने बाध्यता छ तर जरिबाना र कारबाही गरेर मात्र यातायात क्षेत्रको अवस्था सुद्रिन्छ भन्ने ट्राफिक बिभागको मानसिकता संग सिकौ, जथा बाबी ठाउ बाट गाडी चड्ने र जथा बाबी ठाउमा गाडी रोक्न लगाउने नत्र झगडा गर्ने, एक पाहिला पनि अगाडी हिड्न नहुने यात्रीहरु संग सिकौ ।
राजनीतिक पार्टीका बिरोध जुलुसमा भाचिएका रेलिङ्ग बाट सिकौ, पानि पर्दा आउने बाडीले स्कुले बाल बालिका बगाएको घटना बाट सिकौ, सडकको पानि बग्न नपुग्ने बर्सौ पुराना ढल बाट सिकौ, खाएर प्लास्टिक र फोहोर सडकमा फाली दिने राजधानीका सब्य नागरिकहरु संग सिकौ, घाम तापेर बस्ने तर घर अगाडीको फोहोर नगरपालिकाले बडारी दिनु पर्ने घर पेटी संग सिकौ, मेन रोडमा घर भएर महिनाको लाखौ भाडा लिने तर सहर नै कुरुप लाग्ने गरि आफ्नो घरको पेन्ट सम्म नगराउने महान नगर बासि संग सिकौ । लाखौ भाडा आउने तर सानो खाल्टो टाल्न पनि सरकारको मुख ताक्नेहरु संग सिकौ, नेता र उच्छ पदस्त अधिकारिका घर जाने चिल्ला बाटाहरु बाट सिकौ, देस बीदेसमा फैलिएको नकारात्मक छबी बाट सिकौ । त्यसैले सीक्ने नै भए सीक्ने कुरा यही बाटोमा र यही माटोमा कती छन कती ? त्यसैले सिक्नका लागी सरकारी ढुकुटी सकेर बीदेस जानुको म चाँही कुनै अर्थ देख्दिन ।
यहाँ भन्दा धेरै लेख्यो भने सिक्नलाइ गाह्रो होला त्यशैले आजलाई यत्तिनै ।

