पचपन्न लाख स्क्वायर किलोमिटरमा फैलिएको अमेजन जंगल विश्को सबैभन्दा ठूलो जंगल हो।
बाहिरबाट हेर्दा जति सुन्दर र शान्त लाग्छ अमेजन जंगल वास्तमा खतरनाक र अनेकौं रहस्यले भरिएको छ।यो जंगल यति विशाल छ की यदि यो जंगल कुनै देश हुन्थ्यो भने विश्वको नवौं विशाल देशको सूचीमा नाम लेखिन्थ्यो।
कोलम्बिया,भेनेजुयला,पेरु,ब्राजिल,वोलिभिया लगायतका नौ वटा देशमा यो जंगल फैलिएको छ।तर,यो जंगलको साठी प्रतिशत हिस्सा ब्राजिलमा र १३ प्रतिशत पेरुमा र बाँकी रहेको अरु सात देशमा पर्छ।

अमेजन जंगललाई विश्वको फोक्सो समेत भनिन्छ।किनकी विश्वमा जति पनि अक्सिजन पाईन्छ त्यसको बीस प्रतिशत अमेजन जंगलले बनाऊँछ।त्यसकारण समेत यो जंगल विश्वकै लागी अति महत्वको छ।
अमेजन जंगलमा करिब १७ हजार प्रजातिको ३९० अरब रुखहरु रहेका छन्।यी मध्ये केहि यस्ता विशाल रुख छन् जस्को कारण सुर्यको किरण समेत भूईमा पर्न मुस्किल पर्छ।विश्वमा सबैभन्दा धेरै पानी पर्ने जंगल समेत अमेजन हो।
अमेजन जंगलको बीच भाग भएर बग्ने अमेजन नदी विश्वको सबैभन्दा ठूलो नदी हो।लम्बाईको हिसाबले नाइल नदी पछिको दोस्रो लामो नदी हो।
अमेजनको जंगल बाहिरबाट जति सुन्दर देखिन्छ भित्र उति नै खतरनाक पनि छ।त्यहाँ पाईने लामखुट्टे यति खतरनाक छ की यस्को टोकाईले मानिसको मृत्यु समेत हुन सक्छ।’बुलेट एन्ट’ नामको एक कमिलाको टोकाई यति पिडादायी छ की यस्को टोकाईले मानिसलाई २४ घण्टासम्म असह्य पिडा दिन्छ।त्यस लगायत त्यहाँ भित्र अनेकौं खतरनाक सानातिना बिषालु किरा फट्यांग्रा पाईन्छ जस्को टोकाईले मानिसको ज्यानै जान सक्छ।
अमेजन भित्र अनेकौं पहिचान नभएको जीवजन्तु छन्।त्यस बाहेक अमेजन जंगल भित्र पाँचसय अलग-अलग प्रकारका आदिवासी बस्छन् जस्को बाहिरी दुँनियाका मानिसहरु सँग कुनै पनि प्रकारको सम्बन्ध छैन।यदि कोहि बाहिरी मानिस झुक्किएर ती आदिवासीको बस्तीमा पुगेमा या तिनीहरुले मारिदिन्छन् या सधैंको लागी बन्धक बनाएर राख्छन्।
रहस्यमयी जंगल
अमेजनमा पाईने एनाकोण्डा सर्प तीस फिट सम्मको हुन सक्छ।दक्षिण अमेरिकाका एक खोजकर्ताले ६२ फुट लामो एनाकोण्डा देखेका र जस्लाई गोली हानिएको दाबी गरेका छन्।आफ्नो पूरा जीवन ऊनले अमेजनको जंगलमा खोज,अनुसन्धान गरेर बिताएका थिए।
अमेजन जंगल भित्र बर्षेनी हजारौं मानिसहरु हराउँने गर्छन् जो कहिल्यै फर्केर आउँदैनन्।
जंगलमा थुप्रै दिन हराएर बाँचेर बाहिर आउँन सफल भएका केहि मानिसका अनुसार अमेजनको जंगलभित्र मानिस र जंगली जनावर खाने ठूला रुखहरु छन्।
maricoxi आधा शरीर मानिस र आधा शरीर जनावरको जस्तो भएको १२ फिट लम्बाइको जंगली जनावर समेत अमेजनको जंगलमा देखिएको बेलायती एक खोजकर्ताले बताएका छन्।यिनीहरु सँग घरेलु हतियार समेत हुने र समूहमा बस्ने दावी खोजकर्ताले गरेका छन्।
अमेजनको जंगलभित्र ऊम्लिरहेको तातो पानी बग्ने एक नदी छ जस्को तापक्रम ९३ डिग्री सेन्टिग्रेट छ।
युएफओ र एलियन समेत अमेजनको जंगलमा देखिएका मानिसहरुको दाबी छ।बेलायतमा जन्मिएका एक अनुसन्धानकर्ताका अनुसार अमेजन भित्र एक प्राचीन बस्ती रहेका छ जुन बस्ती सुन-चाँदीले बनेको छ।
अमेजन भित्र रहेका अनेकौं रहस्य मध्ये बैज्ञानिकहरुले आधा रहस्य पत्ता लगाऊन र खोज गर्न सकेका छैनन्।बाँकी रहेका
रहस्य र खोज कहिल्यै पूरा गर्न नसकिने स्वयं वैज्ञानिकहरु नै बताऊँछन्।

