सोमवार, भदौ २७, २०७९
पेरुमा रहेको छ मनै लोभ्याउने रङ्गीन पर्वत

पेरुमा रहेको छ मनै लोभ्याउने रङ्गीन पर्वत


  • स्वदेश नेपाल
  • सोमवार, भदौ २७, २०७९

यो धर्तीमा हामीले अनेकौं किसिमका सुन्दरता देखेका छौ।जंगल,नदीनाला,पहाड र हिमालको सुन्दरता।संसारकै अग्लो हिमाल सगरमाथा जुन हाम्रै देशमा छ जसलाई हामी धेरैले नजिकबाट देखेका छौं र सुनेका छौं र कतिले चढिसकेका पनि छन्।

आज हामी दक्षिण अमेरिकी देश पेरुमा रहेको एक रङ्गीन पर्वतको बारेमा कुरा गर्दै छौं।त्यसो त पेरुमा संसारकै सबैभन्दा घना अमेजन जंगल र संसारकै ठूलो नदी अमेजनका केहि भाग रहेको छ।

पेरुको इन्डिज पर्वतमाला क्षेत्रमा रहेको ईन्द्रेणी झैं सप्तरंगमा सजिएको एक पर्वत जसलाई ‘रेन्बो माउण्टेन’ नाम पनि दिइएको छ।दशकौं पहिला यस पर्वतको रङ्ग सामान्य नै थियो।तर,यहाँ रहेको खनिजहरुको कारण यो पर्वत रंगीचंगी बनेको बैज्ञानिकहरुको भनाई छ।हरेक बर्ष पेरुमा यस पर्वत हेर्नको लागी चार लाख पर्यटकहरु आउँने गर्छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार