बुधबार, भदौ २९, २०७९
तीस बर्षको अवधिमा चीनले यसरी गर्‍यो विश्व चकित पर्ने विकास र प्रगति

तीस बर्षको अवधिमा चीनले यसरी गर्‍यो विश्व चकित पर्ने विकास र प्रगति


  • स्वदेश नेपाल
  • बुधबार, भदौ २९, २०७९

जनसंख्याको हिसाबले विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको र क्षेत्रफलको हिसाबले विश्वको चौथो सबैभन्दा ठूलो र अर्थतन्त्रमा अमेरिकापछि दोस्रो स्थानमा रहेको देश हो चीन।

१९८० सम्म चीनको प्रगती र समृद्धि यत्तिको लोभलाग्दो थिएन।पछिल्लो तीस-पैतीस बर्षमा चीनले आश्चार्यजनक प्रगती गरेको हो।१९८० सम्म चीन गरिब नै थियो।विश्व बैंकको रिपोर्ट अनुसार १९८१ देखि २०१२ को बीचमा चीनले ८० करोड जनतालाई गरिबीको रेखाबाट माथि उठायो।अहिले चीनमा दुई प्रतिशत मात्र गरिब रहेका छन्।

चीनले हरेक क्षेत्रमा आश्चार्यजनक प्रगती गरेको छ।विश्वको २५ प्रतिशत ईलेक्ट्रिसिटी र सबैभन्दा धेरै कोइला चीन एक्लैले उत्पादन गर्छ।विश्वमा खपत हुने कोइला मध्ये चीनले मात्र पचास प्रतिशत उत्पादन गर्ने गरेको छ।स्मार्ट फोनहरु मध्ये विश्वको ७० प्रतिशत स्मार्ट फोन चीनमा उत्पादन हुन्छ।विश्वमा खपत हुने मध्ये पचास प्रतिशत फलाम र र तेत्तीस प्रतिशत कार चीन एक्लैले उत्पादन गर्ने गरेको छ।

बिश्व बजारमा पाईने पचास प्रतिशत स्याउ चीनकै हुने गरेको छ।त्यति मात्र कहाँ हो र ? साठी प्रतिशत सिमेन्ट सुन ,खेलौंना,समुन्द्री जहाज लगायत हरेक कुराको उत्पादनमा चीन निकै अगाडी छ।

चीनले उधोगधन्दालाई  मात्र प्रथामिकता दिएर धनी बनेको होइन।भ्रष्टचार बिरुद्ध चीन निकै कडा रुपमा प्रस्तुत हुने गरेको छ।भ्रष्टचारमा दोषी पाईएका ठूला राजनितीज्ञ र सरकारी अधिकारीलाई समेत चीनले लामो जेल सजाय र फाँसी समेत दिने गरेको छ।

बिश्वचकित पार्ने पुल,भवन र हाईवेहरु चीनमै बनेका छन्।विश्वकै द्रुत गतिको रेल समेत चीनमा छ।चीनका मानिस अत्यन्तै मिहिनेती छन् र उनीहरु उत्पादनमा निकै अगाडी छन्।

चीनका नेता र जनताहरुको मिहिनेत,लगन र इमान्दारीताको कारण तीस बर्षको बीचमा चीनले आश्चार्यजनक प्रगति गर्न सकेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार