संसार बदल्नु छ भने शुरूवाद आफैबाट गर्नपर्छ भन्ने जीवन जिउने कला सिकाउँदै समाजमा सकारात्मक भावनाको जागरण गराउने हुनाले विकासानन्दलाई उत्प्रेरक पनि मानिन्छ ।
डा.योगी विकाशानन्द युवा दार्शनिक, नेपाल मनोक्रान्ति योगका अगुवा हुन्। उनले मनोक्रान्तिको माध्यमबाट नेपालमा योग, ध्यान, दर्शन र अध्यात्मको प्रचार कार्य गरेका छन्।
उनको जन्म बि. सं. २०१८ असार २ गते भएको हो,र उनलाई क्षेत्रपाटीको गणेश मन्दिर अगाडि सालनाल सहितको नाबालक अवस्थामा बेवारिसे फेला पारिएको हो । उनी २०३९ माघ १३ जनकपुरको नराहा भनिने ठाँउमा गहिरो ध्यान लागेपछि अध्यात्मको खोजिमा भारत पसेका थिए ।
६ वर्षको प्रवास पछि २०४७ सालमा नेपाल फेर्केर योग सिकाउन शुरू गरे । उनको बिवाह कमलेश्वरी सैंजु सँग भएको छ । उनका एक छोरा र एक छोरी छन् र उनलाई पाल्ने आमाको पनि निधन भईसकेको छ ।
उनै योगीको यो भिडियो हेर्नुहोस