आइतवार, भदौ २६, २०७९
नेपाल जस्तै भूपरिबेष्ठित देश स्विट्जरल्याण्डले यसरी गर्‍यो चामत्कारिक प्रगति

नेपाल जस्तै भूपरिबेष्ठित देश स्विट्जरल्याण्डले यसरी गर्‍यो चामत्कारिक प्रगति


  • स्वदेश नेपाल
  • आइतवार, भदौ २६, २०७९

नेपाल जस्तै भूपरिबेष्ठित देश हो स्विट्जरल्याण्ड।जस्को कुनै पनि सिमानाले समुन्द्र छोएको छैन।फ्रान्स,जर्मनी,अष्ट्रिया,लिचेस्टाईन र इटाली स्विट्जरल्याण्डका छिमेकी देश हुन्।नेपाल जस्तै भौगोलिक बनावट भएको तर नेपाल भन्दा साँढे तीन गुणा सानो देश स्विट्जरल्याण्डको शान भने विश्वमा अलग्गै छ।विश्वकै सुखी जनता बस्ने स्विट्जरल्याण्ड विश्वको विकसित र धनी देशमा गनिन्छ।

रेडक्रस,अन्तराष्ट्रिय श्रमिक संगठन लगायत बिश्वका ठूला र प्रसिद्ध संस्थाहरुको मुख्यालय स्विट्जरल्याण्डमा छन्।साथैं बिश्व बैंक लगायत ठूला बैंकहरू पनि स्विट्जरल्याण्डमै छन्।

नेपालमा केहि लाख पर्यटक भित्र्याउँन ‘नेपाल भ्रमण बर्ष’ सरकारीस्तर बाट आयोजना गर्न पर्छ।तर,पनि लक्षित संख्याको आधा समेत पर्यटक नेपाल भित्रिदैनन् भने नेपाल जस्तै देश स्विट्जरल्याण्डमा भने बर्षेनी करोडौं पर्यटकहरु घुम्न जाने गर्छन्।पर्यटन स्विट्जरल्याण्डको जिडिपीको मुख्य हिस्सा पनि हो।

मेशीन र मेशीनरी पाटपूर्जाहरू ,बिभिन्न किसिमका केमिकल्स,स्वास्थ्य क्षेत्रमा प्रयोग हुने सामाग्रीहरू र महंगा ब्राण्डेड घडीहरु स्विट्जरल्याण्डले निर्यात गर्छ।विश्वप्रसिद्ध रोलेक्स घडी समेत स्विट्जरल्याण्डमा नै बन्ने गर्छ।त्यस लगायत खेलकुद सम्बन्धी सामाग्री,ब्राण्डेड लत्ताकपडा,दुग्धजन्य पदार्थ र चकलेट समेत स्विट्जरल्याण्डले निर्यात गरेर समृद्ध स्विट्जरल्याण्ड बनेको हो।

स्विट्जरल्याण्डले चामत्कारिक प्रगती गर्नुको पछाडि शासकहरुको इमान्दारीता,भ्रष्टचार शून्य,प्राकृतिक स्रोत साधनको भरपूर उपयोग मिहिनेती र ईमान्दार जनताकै कारण हो।स्विट्जरल्याण्डका जनताहरु आफ्नो ब्यक्तिगत स्वार्थ,प्रलोभनमा परेर आफ्नो अमूल्य मत जथाभाबी प्रयोग गर्दैनन्।ईमान्दार,सक्षम र योग्य नेताहरुलाई जिताएर पठाउँछन् र ईमान्दार ब्यक्ति नेतृत्वमा पुगेपछि उनीहरुले पनि देश र जनताको लागी ईमान्दारीताका साथ काम गर्छन् त्यसैले त विश्वमै स्विट्जरल्याण्डको छुट्टै अस्तित्व शान छ।

प्रतिक्रिया
सम्बन्धित समाचार