मङ्लबार, भदौ ७, २०७९
अग्लो चुचुरो सगरमाथा मात्र होइन विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल पनि नेपालमा

अग्लो चुचुरो सगरमाथा मात्र होइन विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल पनि नेपालमा


  • स्वदेश नेपाल
  • मङ्लबार, भदौ ७, २०७९

तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक हो । हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ । यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ ।

तिलिचो ताल विश्वको सबैभन्दा उचाईंमा स्थित कहिलिएको दक्षिण अमेरिकाको पेरु तथा बोलिभियाको सिमानामा रहेको टिटीकाका ताल भन्दा ११०७ मिटर अग्लो रहेको छ ।बर्खाको सिजनमा लेकाली फूलहरू फुल्ने र तिनीहरूको गन्धले लेक लाग्ने गर्छ। यसका साथै आकाशमा बादल लागेर नखुल्ने हुन्छ भने हिउँदको सिजनमा हिउँ पर्ने र बढी चिसोका कारण जान सकिँदैन।

आकाश खुलेर वरिपरिका दृश्य अवलोकन गर्नका लागि उपयुक्त सिजन असोज र कात्तिक महिनादेखि मंसिर अन्तसम्म बढी उपयुक्त हुने र अर्को सिजन चैत वैशाखदेखि जेठको अन्तसम्ममा उपयुक्त हुन्छ।

तिलिचो ताल आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ। ४९१९ मिटर उचाइमा रहेको यस तालको लम्बाइ ३.९ किलोमिटर रहेको छ भने चौडाइ १.६ किलोमिटर फराकिलो छ ।

कूल ४.८ वर्ग किमीभन्दा बढी क्षेत्रफलमा फैलिएको यस ताल वरिपरि सेता टल्किने तिलिचो हिमाल, अन्नपूर्ण रेन्ज र नीलगिरि हिमाल रहेका छन् । हिमालको काखमा रहेको निलो सङ्लो पानी टलपलाई रहेको दृश्यले जो कसैको पनि मन लोभिने गर्छ ।

विश्वको भौगोलिक मानचित्रमा महत्वपूर्ण मानिएको यस ताल हेर्नका लागि जुनसुकै समयमा जान सकिँदैन। अक्सर गरेर धेरै अग्लो स्थानमा रहेको र नजिकै रहेका हिमालले गर्दा बढी चिसो र लेक लाग्ने सम्भावना बढी मात्रामा देखिन्छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार