सोमवार, भदौ ६, २०७९
भ्रष्टाचार शून्य भएकाले फिनल्याण्ड विश्वमा सबैभन्दा सुखी मानिस बस्ने देश बनेको हो!

भ्रष्टाचार शून्य भएकाले फिनल्याण्ड विश्वमा सबैभन्दा सुखी मानिस बस्ने देश बनेको हो!


  • स्वदेश नेपाल
  • सोमवार, भदौ ६, २०७९

तपाईंलाई थाहा भएको हुनपर्छ विश्वको सबैभन्दा सुखी र खुशी मानिस बस्ने देशको सूचीको पहिलो नम्बरमा युरोपेली मुलुक फिनल्याण्डको नाम आउँछ।करीब ५५ लाख लाख जनसंख्या भएको यो देशमा सबैकुरा निशुल्क छ।तालैतालको यो देशलाई ‘कन्ट्री अफ लेक’ भनिन्छ। यहाँ १ लाख ७८ हजार ८ सय ८८ वटा सुन्दर ताल छन्।यो विश्वमा सबैभन्दा धेरै ताल भएको देश हो।

जिवन सन्तुष्टि मापनमा ७.४ अंक सहित फिनल्याण्ड आठौँ स्थानमा रहेको छ । शिक्षा प्रणाली, स्वास्थ्य तथा सामाजिक सम्बन्ध अब्बल रहेको फिनल्याण्डका ८३ प्रतिशत मानिसहरु विश्वविद्यालयको शिक्षाबाट दीक्षित छन् । औषत रोजगारी दर ७० प्रतिशत रहेको छ । महिला सहभागिता उच्च छ र सरकारी जागिरमा ४० प्रतिशत महिला रहेका छन् । फिनल्याण्ड विश्वमा आमा र बच्चाका लागि सबैभन्दा सुरक्षित देश हो र यो सबैभन्दा स्वस्थ मानिसहरुको देश पनि हो ।

फिनल्याण्डको राजधानी हेल्सन्की हो।यो शहरलाई ब्लू सिटीको नामबाट पनि चिनिन्छ।किनकी यो शहरमा सबैभन्दा धेरै निला ताल छन्।फिनल्याण्डमा हरेक बर्ष एक अनौठो खेल हुन्छ।जस्मा श्रीमानले आफ्नो श्रीमतीलाई काँधमा बोकेर दौडन पर्छ।जस्ले यो प्रतियोगीता जित्छ उस्ले आफ्नी श्रीमतीको वजन बराबरको पुरस्कार पाउँछ।

फिनल्याण्डमा शिक्षा पूरै निशु:ल्क छ।यहाँ स्कुल ड्रेस देखि लिएर किताब,कपी,कलम लगायत सबै चीज सरकारले निःशुल्क उपलब्ध गराउँछ।जस्ले पिएचडी गर्छ उस्लाई पूरै शहरले बधाई दिन्छ।

फिनल्याण्डका मानिस सबैभन्दा धेरै कफी पिउँने गर्दछन्।यहाँका एक मानिसले बर्षमा १२ किलो कफी पिउँने गर्छन्।फिनल्याण्डका मानिस संगीतप्रेमी पनि हुन्छन्।त्यसैले यहाँको प्रत्येक घरमा कुनै न कुनै बाध्य यन्त्र रहेको छ।

फिनल्याण्ड विश्वकै सबैभन्दा धनी देश कसरी भयो भन्ने सबैलाई कौतुहलता छाएको हुनपर्छ।त्यसको मुख्य कारण हो यहाँ भ्रष्टचार बिल्कुल हुँदैन।भ्रष्टाचार शून्य देश भएकाले यो देश हरेक कुरामा अगाडी छ।

फिनल्याण्डको पासपोर्ट विश्वको शक्तिशाली पासपोर्टको सूचीमा चौंथो नम्बरमा पर्छ।१९०६ मा महिलालाई भोटको अधिकार दिने युरोपको पहिलो देश हो फिनल्याण्ड।

फिनल्याण्ड विश्वमा सबैभन्दा धेरै बियर पिउँने देशको सूचीमा पर्छ।तपाईंलाई थाहै भएको होला मोबाइल फोनको अग्रणी कम्पनी नोकियाको देश फिनल्याण्डलाई मोबाइलको जननी भनेपछि हुन्छ । त्यसैले होला यहाँ मोबाइल फ्याँक्ने प्रतियोगिता हुने गर्छ । सायद पूराना र बेकम्मा मोबाइलप्रतिको रिस पोख्न र नयाँ किनौँ भन्ने सन्देश दिन यसो गरिएको हुनुपर्छ ।

फिनल्याण्डका मानिस मिहिनेती उत्तिकै हुन्छन् भने त्यहाँका मानिस रमाईलो पनि उत्तिकै गर्छन्।फिनल्याण्ड विश्वमा चौथो सफा रहने देश हो।

प्रतिक्रिया
सम्बन्धित समाचार