शनि, चैत्र १५, २०७६
Sat, March 28, 2020

पोखरामा ३ लाख दिदा पनि दिएनन् कुखुराको भाले, जस्को सुरक्षा चितुवाले गर्छ


  • स्वदेश नेपाल
  • बिहि, फाल्गुन २९, २०७६

पोखरा । डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी बिभिन्न प्रजातिका कुखुराहरु पालेर त्यसको अनुसन्धानका साथै व्यवसाय पनि गर्दै आएका छन् ।

हजारौं कुखुराहरुमाथी राजेन्द्र अधिकारीले अनुसन्धान गरिरहेका छन् । नेपालमा पाईने र पाल्न मिल्ने सबै प्रकारका कुखुराहरु उनको फार्म भेट्न सकिन्छ ।

यति मात्र होईन १६ बर्ष सम्मको बुढो भाले समेत उनको फर्ममा छ । उक्त भालेलाई तीनलाख पाउँदा पनि उनले बेचेनन् । उनको कृषि फर्ममा चितुवा घुमिरहन्छन् तर पनि कुखुरालाई केही गर्दैनन् । सानोमा चितुवाका बच्चा हुर्काएकोले फार्ममा बेला बेलामा चितुवा आउने र केही नगर्ने दिए खाने नत्र जाने गरेको उनले खुलासा गरे ।

राती कसैले कुखुरा चो’र्ने आँट गर्नै सक्दैनन् किनकी चितुवा कतिबेला आउँछ कसैलाई थाहा नै हुँदैन । देशमा केही गरौं भन्ने युवाहरुका लागी अधिकारीको जीवन र उनको यो व्यवासयबाट धेरै पाठ सिक्न सकिन्छ । लाखौंको जागिर छोडेर कृषि अनुसन्धानमा लागेका अधिकारीको फार्म पुग्दा यस्तो देखियो ।

प्रतिक्रिया