शनिबार, असार १२, २०७८
काठमाडौं महानगरले तोक्यो जग्गाको नयाँ मूल्य, कहाँको कति ? (सूचीसहित)

काठमाडौं महानगरले तोक्यो जग्गाको नयाँ मूल्य, कहाँको कति ? (सूचीसहित)


  • स्वदेश नेपाल
  • शनिबार, असार १२, २०७८

काठमाडौं महानगरपालिकाले घरजग्गा मूल्यांकन पुरानै व्यवस्थालाई कायम राखिएको छ। काठमाडौं महानगरपालिका क्षेत्रका प्रमुख सडक एवं सडकको दायाँबायाँका जग्गाहरुको सम्पत्ति कर मूल्यांकन सार्वजनिक गरेको छ।

मनोहरा पुल– तीनकुने–चावहिलसम्मको प्रतिआना २८ लाख रुपैयाँ तोकेको छ। नयाँ बानेश्वरदेखि त्रिपुरेश्वरसम्मको मुख्य सडक क्षेत्रको मूल्य ३२ लाख रुपैयाँ मूल्यांकन हुने महानगरले जनाएको छ।

चक्रपथको वनस्थलीदेखि नारायणगोपाल चोक –धोबीखोला पुलसम्म २८ लाख रुपैयाँ तोकिएको छ। नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्मको २८ लाख मूल्यांकन हुनेछ।

काठमाडौंको सबैभन्दा बढी न्युरोड सडक क्षेत्रमा प्रतिआना ५० लाख रुपैयाँ तोकिएको छ। त्यसैगरी केशरमहल, ठमेल, असन, वीर अस्पताल, वायुसेवा निगम, पुराने बसपार्क, पुतलीसडक, बागबजारमा ५० लाख मूल्यांकन नै गरिएको छ।

कालीमाटी चोकदेखि बल्खु क्षेत्रमा २५ लाख रुपैयाँ रहेको छ। काठमाडौं महानगरपालिकाले बाटो नभएका सडकमा वर्गअनुसार मूल्य निर्धारण गरेको छ।
घट्टेकुलो चोक, अनामनगर, कालिका स्थान, कृष्णपाउरोटी, कमलपोखरी क्षेत्रमा २८ लाख तोकिएको छ।

महानगरले सबैभन्दा सस्तोमा आनाको १३ लाख रुपैयाँदेखि महंगोमा आनाकै ५० लाख रुपैयाँसम्म मूल्य तोकेको छ । यो मूल्यअनुसार महानगरले सम्पत्तिको कर असूल गर्छ ।

महानगरपालिकाले काठमाडौंको मुटु मानिने दरबारमार्गमा आनाको ५० लाख रुपैयाँ मूल्य तोकेको छ । जबकी दरबारमार्गमा आनाकै २ करोड रुपैयाँमा पनि जग्गा किन्न पाइँदैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट