शनिबार, चैत्र २६, २०७८
काठमाडौं र ललितपुरमा सरकारले नै घडेरी बेच्दै, यस्तो छ मूल्य

काठमाडौं र ललितपुरमा सरकारले नै घडेरी बेच्दै, यस्तो छ मूल्य


  • स्वदेश नेपाल
  • शनिबार, चैत्र २६, २०७८

काठमाण्डौ :

सरकारले काठमाडौं र ललितपुरमा १३ ओटा प्लट विक्रीका लागि सार्वजनिक सूचना प्रकाशित गरेको छ । च:मती जग्गा एकिकरण आयोजना अन्तर्गतका ९ ओटा प्लट र भेल्पा हात्तिवन जग्गा एकिकरण आयोजनाले ४ ओटा प्लट विक्रीका लागि सार्वजनिक सूचना प्रकाशित गरेको हो ।

काठमाडौंमा चस्मती जग्गा एकिकरण आयोजनाले चस्मती जग्गा एकिकरण आयोजनाले जारी गरेको सूचनामा आवेदकले ३ हजारदेखि ५ हजार रुपैयाँ तिरेर बोलपत्रमा सहभागी हुन पाउने छन् । बाटोको क्षेत्रफल र मोहडा अनुसार प्रतिआना मूल्य भने २१ लाख ४५ हजार देखि ४३ लाख ९० हजार रुपैयाँ सम्म तोकिएको छ । २.५ आनादेखि ५.९ आना सम्म क्षेत्रफल भएका प्लटहरू ३ मिटर देखि ११ मिटर चौडा सडकमा जोडिएका छन् ।

२ ओटा प्लटको मूल्य ४२ लाख ९० हजार रुपैयाँ भएपनि अधिकांश प्लटको मूल्य भने २५ लाख भन्दा मुनी रहेको छ ।आयोजनाले विक्री गर्ने प्लटहरू सर्भिस प्लट अन्तर्गतका हुन् । केही प्लटको आंशिक भाग हाइटेन्सन प्रशारणलाइन मुनी रहेको पनि सूचनामा उल्लेख छ ।

यस्तै ललितपुरमा भेल्पा हात्तिवन जग्गा एकिकरण आयोजनाले जारी गरेको सूचनामा सूचनामा आवेदकले ३ हजार रुपैयाँ तिरेर बोलपत्रमा सहभागी हुन पाउने छन् । आवेदकले आफूले कबोल गरेको रकमको १० प्रतिशतले हुन आउने रकम पनि अग्रीम रुपमा भुक्तानी गर्नुपर्ने छ ।

६ मिटर चौडा बाटो भएका सबै घडेरीको मूल्य प्रतिआना २२ लाख रुपैयाँ तोकिएको छ । साढे ५ आना देखि ६ आना सम्मका प्लटहरूको मूल्य एक करोड ३१ लाख देखि १ करोड ३५ लाख रुपैयाँसम्म तोकिएको छ । सातदोबाटोबाट १ किलोमिटरको दूरीमा रहेको आयोजनाले विक्री गर्ने प्लटहरू विकसित घडेरी प्लटहरू हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट