बिहिबार, पुस ८, २०७८
अब सेनाका कर्मचारीले घर बनाउन २५ लाखसम्म ऋण पाउने

अब सेनाका कर्मचारीले घर बनाउन २५ लाखसम्म ऋण पाउने


  • स्वदेश नेपाल
  • बिहिबार, पुस ८, २०७८

नेपाली सेनामा कार्यरत कर्मचारीले घर बनाउन सहुलियतपूर्ण ऋण पाउन थालेका छन्। सेनामा न्यूनतम १० वर्ष सेवा गरेका कर्मचारीलाई घर बनाउन नेपाली सेनाले सहुलियत व्याजदरमा ऋण दिन सुरु गरेको हो।

सैनिक सेवामा कार्यरत व्यक्तिले श्रीमान् वा श्रीमतीको नाममा नेपालका जुनसुकै ठाउँमा घर बनाउनका लागि ऋण लिन सक्नेछन्। यसलाई सेनाले सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा नामाकरण गरेको छ।

बुधवार सैनिक मुख्यालयमा प्रधानसेनापति प्रभुराम शर्माले यसको शुभारम्भ गरेका छन्।। सेनाका कर्मचारीले तीन दशमलव ३२ प्रतिशत ब्याज दरमा २५ लाख रुपैयाँसम्मको आवास कर्जा लिन सक्ने नेपाली सेनाले जनाएको छ। त्यस्तो ऋण लिन अहिलेसम्म २० जनाको आवेदन परेको सैनिक मुख्यालयले जनाएको छ।

यो पनि पढ्नुहोस् …
नेपाल प्रहरीका प्राविधिक समूहतर्फका दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिको बुधबार बसेको बैठकले नेपाल प्रहरीमा प्राविधिक समूह, स्वास्थ्य उपसमूहका एसएसपी डा‍.सञ्जयविक्रम श्रेष्ठ र डा.गोपेशकुमार ठाकुरलाई डिआइजीपी पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

डा‍.श्रेष्ठ र डा‍.ठाकुरलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिवसमेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) विश्वराज पोखरेलले जानकारी गराएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट