नेपालमा राजा रहेसम्म नेपाललाई आफ्नो कब्जामा राख्न सकिदैन भन्ने भारतले बुझेको थियो ।
–दीर्घराज प्रसाई
बेलायतमा सन् १६४९ मा राजतन्त्र समाप्त गरेर ओंलिवर क्रम्वेल सत्तामा आएपछि बेलायत गणतान्त्रिक मुलुक भयो । बेलायतमा राजाले कर बढाए भन्दै त्यसको आक्रोशमा ओलिभर क्रम्वेलको नेतृत्वमा बेलायतका केही उग्रवादीहरुको सक्रियतामा राजाप्रति आक्रोशित बनेर राजा चाल्स प्रथमको हत्या गरेर सन् १६५९मा राजसंस्था विस्थापित गरियो । बेलायतमा राजसंस्था बिस्थापित भएपछि निरंकुशता, भ्रष्टाचार, अत्याचारको पराकाष्ठा नाघ्यो । अत्याचार सहन नसकेर बेलायती जनता गणतन्त्रको विरुद्ध सक्रिय भए । क्रम्वेलको मृत्यूपछि उनका छोरा राष्ट्रपति बने । त्यसपछि बेलायती जनताको आक्रोसको सीमा रहेन । क्रम्वेल राष्टपति भएकोको ११ बर्षपछि १६६० मा उनको लास चिहानबाट झिकेर बेलायती जनताले शहर घुमाए । गणतन्त्रबादीहरुका टाउका काटेर ‘यिनै हुन् बेलायतका गणतन्त्रवादी’ भन्ने लेखिएका ब्यानरहरु शहरमा झुण्डयाइए ।
त्यस्तो अत्याचारी सत्ता कायम रहिरहनु भन्दा बेलायती जनताको लागि राजतन्त्र नैं स्थायित्व र प्रजातन्त्रको संरक्षण र स्वतन्त्रताको लागि बेलायती जनताको लागि साझा शक्ति हो भन्ने ठानेर सन् १६६० मा स्कटल्याण्डमा रहेका चाल्र्स प्रथमका छोरा चाल्र्स द्वितीयलाई राजसिंहासनमा राखियो । राजालाई स्थापित गरेपछि गृहयुद्धमा फसिसकेको बेलायत जोगियो । त्यसपछि बेलायतमा राजसंस्था बेलायती जनताको लागि एकताको प्रतीकको रुपमा मानिन्छ ।
अमेरिकी स्वार्थले सन् १९५८मा इराकमा राजतन्त्र फालेर सद्दाम हुसेन इराकको राष्ट्रप्रमुख बनाइयो । सद्दाम हुसेनको क्रुर तानाशाही नीतिले इराकमा सिया र सुन्नी तथा कुर्दीत मुसलमानहरुको बीचमा भएको गृहयुद्धले लाखौं मान्छे मारिए । शान्तिमय इराक गृहयुद्धमा फस्यो । पछि अमेरिकी स्वार्थ बिपरित सद्दाम हुसेनले कूवेत माथि आक्रमण गरेपछि अमेरिका सद्दाम हुसेनको बिरुद्ध खनियो र पछि सद्दाम हुसेनलाई झुण्डाइयो । त्यो बेलादेखि इराकमा समशानले बास गरेको छ । त्यस्तै सन् १९७९मा इरानमा राजा रेजा शाह फहलबीले सत्ता त्यागेपछि इस्लामिक क्रान्तिको नाममा लाखौं इरानी जनता मारिएका छन् र राजतन्त्रभन्दा धार्मिक निरंकुशतामा इरान फसेको छ । दोस्रो विश्वयुद्धदेखि संसारमा अमेरिकी दादागिरिको पराकाष्ठा नाघेको छ ।
अफगानिस्तानमा त्यहाँका कम्युनिष्टहरुले कम्युनिष्ट स्थापनाको लागि सोभियत रुस गुहारे । सन् १९७९मा अफगानिस्तानमा सोभियत रुसको दबाबमा राजतन्त्र विस्थापित गरियो । पछि अफगानिस्तानका प्रजातन्त्रवादीहरुले कम्युनिष्ट सत्ता फाल्न अमेरिका गुहारे । त्यसपछि अमेरिकाको ठाडो हस्तक्षेपबाट अफगानिस्तान माथि आफ्नो पकड जमायो । कम्युनिष्ट शासक नाजीबुल्लालाई झुडयाइयो । अहिलेसम्म अफगानिस्तान अमेरिकी प्रभूत्व कायम छ । गृहयुद्धमा फसेर अफगानी जनता रगतको खोलोमा पौढी खेल्दैछन् । त्यस्तै सन् १९७०मा कम्बोडियामा राजतन्त्र हटाइयो र कम्युनिष्ट सत्ताबाट लाखौं कम्बोडियाली जनता बेकसुरमा मारिए । आखिरीमा सन् १९९३ मा कम्बोडियाका जनताले राजा नरोद्धम सिंहानुकलाई सत्तामा ल्याएपछि कम्बोडियामा शान्ति छायो । स्पेनमा पनि केही उग्रवादी राजाको बिरुद्ध खनिएपछि राजा अल्फोन्सो तेस्रोले देश छाडे । स्पेन अशान्त भयो । पछि सन् १९६९ मा हुँवा कार्लोसलाई राजसिंहासनमा राखेपछि स्पेन स्थिर बन्न पुग्यो ।
कतिपय ठाउँमा राजतन्त्रको आरोह-प्रत्यारोह पुनसर््थापना भएको छ । आफ्नो देशभित्र शान्ति सुव्यवस्थाका साथ शासन चलोस् र देशको सार्वभौम अस्तित्व बाँचिरहोस् भन्ने चासो संसारमा सबै जनताको चासो हुन्छ । राज्य व्यवस्था सधैं स्थिर रहिरहोस् भन्नका लागि गद्दीसीन राजालाई वाल्यकालदेखि आफ्नो देशको स्वतन्त्रता, शासन पद्धति र जनताको हितका कुराहरुको शिक्षा दिइने हुँदा स्वभावैले राजा राजकाजमा विशिष्ट गुण हासिल गरेका हुन्छन् । नेपालका राजाहरुलाई पनि देश र जनताको सुरक्षा र सम्वर्धनका शिक्षा दिक्षा गराइएको हून्छ ।
भौगोलिक र राजनीतिक खिचातानी हुने अवस्थाका देशहरुमा राजसंस्था भनेको नेपालको राष्ट्रियताको मेरुदण्डको रुपमा लिइन्छ । आतंकवाद, राष्ट्रघात, अधिनायकवाद तथा साम्यवादी व्यवस्थाको प्रतिकुल राजतन्त्रले रचनात्मक प्रजातान्त्रिक बाटो बचाएर राख्न सक्छ । नेपाल भारत र चीनको बीचमा रहेकाले नेपालमा स्थायी राष्ट्रप्रमुख नरहेमा यी दुबै राष्ट्रको लागि पनि खतरा छ । त्यसैले राष्ट्रियता र छिमेकीहरुको सवालमा नेपालमा राजसंस्थाको गरिमा धेरै ठूलो छ ।
२०६३ सालपछि नेपालका माओवादी, कांग्रेस, एमालेका नेताहरुले विदेशीहरुको निर्देशनमा यो पूण्यभूमि माथि लात हान्ने कुकर्म गरे । यिनीहरुलाई राष्ट्र डुबे पनि कुनै लाज छैन । यिनीहरुले महंगी, अभाव, असुरक्षा, हत्या, अपहरण, लुट्, बलात्कार आदिबाट अराजकत्तालाई संस्थागत गर्न चाहन्छन् । देशभित्र गृहयुद्ध चर्किने अवस्था छ । तराईलाई टुक्रयाउन भारतीय जासुसका भरिया बनेका मधेसीहरु सक्रिय बनेका छन् । यस स्थितिमा आजीत भएर नेपाल अधिराज्यभरका नेपाली जनताले देश बचाउन र आफूहरुको सुरक्षार्थ राजसंस्थाको संरक्षण खोजेका छन् ।
नेपाली जनताको आकाक्षा अनुसार नेपाली कांग्रेसको महाअधिवेशनमा राजसंस्था र हिन्दू अधिराज्यको पक्षमा नेपाली कांगे्रसका समर्थकहरुले मतदान गरेका छन् । समयले पाटो फेरिसकेको छ । हिजो भारतले नेपाललाई कब्जा गर्न अनेकांैं हतकण्डा अपनाएर माओवादीका प्रचण्ड, बाबुराम भट्टराई र उनका कार्यकर्ताहरुलाई भारतले पालेर भारतमा नैं सुरक्षाकासाथ तालीम दिएर राखेको थियो । राजा ज्ञानेन्द्रबाट पद नपाएर छटपट्टिएका कांग्रेसका नेता गिरिजा, एमालेमा नेता माधव नेपालहरुलाई सत्ता दिलाइदिने आश्वासन दिएर २०६२ सालमा १२ बुँदे सहमतिमा संयुक्त हस्ताक्षर गराएर त्यसैको आधारमा जनआन्दोलनमा सरिक गराएको हो ।
नेपालमा राजा रहेसम्म नेपाललाई आफ्नो कब्जामा राख्न सकिदैन भन्ने भारतले बुझेको थियो । राजासँग संझौता गरेर २०६३ वैशाख ११ मा जनआन्दोलन रोकिएको अवस्थादेखि नैं राजा र नेपाली जनतालाई धोका दिएर नेपाललाई कब्जा गर्न भारत षड्यन्त्ररत थियो । भारतीय गुप्तचर संस्थाले जे जे भन्छ त्यही गर्नमा नेपालका आन्दोलनकारी नेताहरु तम्तयार भएकाले जनआन्दोलन रोकिएको एक महिना नपुग्दै जेष्ठ ४ गते राजसस्थाको निरन्तरता गर्ने भन्दै भारतकै इशारामा धर्मनिरपेक्ष राज्य धोषित गरियो ।
धर्मनिरपेक्ष घोषित भएपनि जनता टुक्रिन्छन् र राजालाई पाखा लगाउन सजिलो हुन्छ भन्ने षड्यन्त्रको बिजारोषण भारतीय गुप्तचर संस्था ‘रअ’ को निर्देशनमा भएको थियो । तर भारतीय कांग्रेस (आई) सोनीया गाँधीको सैतानी राज समाप्त भएर भारतमा हिन्दुवादी राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) २०७१ सालदेखि सत्तामा आएकाले हिजोको जस्तो डर भारतको आजभोलि छैन ।
विदेशी पैसा खाएर ह्वीप लगाएर जबरजस्त घोषणा गरिएको संविधान नेपाललाई भौडीमा हाल्ने कागजी बाघ हो । तर एमालेका भीम रावल यो संविधान बारेमा भन्छन्– ‘९० प्रतिशत सांसदहरुबाट अनुमोदित संविधान नमानेर १० प्रतिशतको भनाईलाई मान्नु ?’ सारा यथार्थतालाई बुझ पचाएर ९० प्रतिशतको फुटानी लगाउनु उनको पाखण्डीपनभित्रको एउटा कुस्तित प्रस्तुति हो । विश्वको एक मात्र हिन्दु अधिराज्य र राजसंस्थाको सट्टामा धर्मनिरपेक्ष र गणतन्त्र संविधानमा उल्लेख गरिएकाले भाजपा र मोदी सरकार असंतुष्ट बनेको हो ।हामीलाई विश्वास छ कि भाजपाको हिन्दुवादी मोदी सरकारले नेपालमा हिन्दुअधिराज्य र हिन्दू सम्राटको प्रतिष्ठाको लागि नेपाललाई साथ दिनेछ । यसैले राजा ज्ञानेन्द्रलाई ससम्मान राज्यरोहण गराएर नेपालको सार्वभौमसत्ता बचाएर विश्वको एकमात्र हिन्दु अधिराज्यलाई युगयुगान्तरसम्म संसारमा नेपालको गौरवमय प्रतिष्ठा देखाउन सकिन्छ ।
(-दीर्घराज प्रसाईको फेसबुक वालबाट)

