निर्भिक तर्क/तथ्यसंगत बिचारउत्तेचक अभिव्यक्तले परिचित प्रा.डा. युवराज संग्रौला, कानुनविद, लेखक तथा बिश्लेषक हुन् । ३२ बर्षदेखि कानुनको अध्यापनमा रहेका संग्रौला पुर्व महान्यायधिवक्ता तथा वरिष्ठ अधिवक्ता समेत हुन् ,उनको जन्म: २०१५ सालमा पाँचथर भएको हो ।
उपन्यास, कविता, कानुनशास्त्र, राजनीति, दर्शन र अनुसन्धानमुलक दर्जन कृति प्रकाशित गरिसकेका संग्रौलाका कानुनशास्त्रका कृति देश-विदेशका कलेजहरुमा पाठ्यपुस्तकका रुपमा समावेश छन् । निर्भिक तर्क/तथ्यसंगत बिचारउत्तेचक अभिव्यक्तले परिचित संग्रौलाले हालै नेपाली राजनीतिमा बाह्य शक्तिको प्रभाबबारे रोचक तथ्य समेटिएको नयाँ पुस्तक ‘साउथ एसिया चीन जियो–इकोनोमिक्स’ प्रकाशित गरेका छन् ।
पुस्तक प्रकाशनका क्रममा ‘ज्यान हत्केलामा राखेर किताब लेखेको’ बताएका थिए ।

पुस्तकमा प्रस्तुत गरिएको- नेपाल तथा चीन–भारत र पश्चिमी शक्तिको राजनीतिबारे ? गैरसरकारी संस्थावाट हुने विभिन्न गतिविधिबारे ? अन्तर्राष्ट्रिय बैंक, मिसन तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूका गतिविधिबारे ? विश्व राजनीतिमा आएका परिवर्तनबारे ? मुलुकले सामना गरिरहेका समस्याहरुबारे ? साथै नेपाली समाज र राजनीतिप्रति संग्रौलाका अनुभव, अनुभुति र बिश्लेषण गर्दै टीकाराम यात्रीसंग तमसोमा ज्योतिर्गमयमा साह्रै डरलाग्दो खुलासा गरेक्का छन् ।
नेपाली अन्तर्वार्ताको इतिहासमै यस्तो सनसनीपूर्ण खुलासा आजसम्म भएको छैन भन्दा पनि फरक पर्दैन । नेपालको बिकाशको बहानामा बिदेशी शक्तिले नेपाललाई कसरी सर्वविनाशको स्थितिमा पुराएका छन् अनि त्यसबाट बच्न अब के गर्नु पर्छ भनेर आफ्नु प्रमाणसहितको दह्रो विचार राखेका छन् संग्रौलाले ।
कार्यक्रममा प्रस्तोता टिकाराम यात्रीले किताब कसरी लेख्न अभिप्रेरित हुनु भयो र किताबको सारको बिषयमा सवाल गरेका छन् । जसमा लेखक सङ्ग्रौलाले आफु बिद्द्यार्थी काल हुदै आफ्ना प्राध्यापक बाट यस किसिमको किताब लेख्न उद्देलित भएको बताएका छन्।
बहु यामिक महत्वको पुस्तक भित्र पञ्चायती ब्याबस्थाको अन्त्य पश्चात नेपाली कांग्रेसको नब उदारबाद र एमालेका मनमोहन सरकारको पाला देखि नेपालको अर्थब्याबस्था कमजोड भएको जसमा अमेरका र पश्चिमा शक्ति हरुले एनजीओ हरुको नाममा मुलुकलाई नै जोखिममा पुर्याएको औल्याएका छन्।
अहिले विश्व अर्थ जगतका दोस्रो र छैटौ मुलुक चिन र भारत हुदा नेपाल पनि तिनै देशले जस्तो इकोनोमिमा ग्रोथ गर्न किन सकेन भनेर विश्लेषण गरेका छन्। जसको कारण लेखक सङ्ग्रौलाले एनजियो आइएनाजियो हरु रहेको बताएका छन्।
“हामी ईरानलाई चामल बेची रहेको थियौ । २००२ मा आउदा ८ अरब को खाध्यान किन्यौ २०१८ मा आउदा १ खर्ब ८ अर्बको खाद्यान्न किन्यौ ।”
भाषा, जात, धर्म र संघियताको बिषयमा पनि हामीले देख्ने गरेको सत्रु भारत भन्दा पनि पश्चिमा देशहरुको नै आबश्यकता र चासोको बिषय भएकोले आएको बताएका छन। मधेस मा उठ्ने गरेको स्वतन्त्र मधेश पनि अमेरिकाले नै खडा गरेको गरेको एजेन्डा हो भनेर पुष्टि गरेका छन्।
अन्तमा नेपालको बिकास स्थिरता भएमानै भारत र चीन जस्ता देशलाई विश्वमा आफ्नो अधिपत्य जमाउन सजिलो हुने र यो कुरा भारत र चिनले बुज्नु पर्ने तथ्य सहित बताएका छन्।
सिके राउतदेखि संघियता मार्फत बिदेशी शक्तिले कसरी आफ्नु एजेण्डा लागु गरे साथै सन् २०३० सम्ममा नेपाल टुक्र्याउने योजनाको पर्दाफास सम्म गरेका छन् । हेर्नुहोस एक सनसनीखेज अन्तर्वार्ताको भिडियो:–

