आइतवार, पुस १७, २०७९
सबैभन्दा पुरानो व्याकरण फेदाप हो, फेदापको लिम्बू भाषा अहिले जस्तो छ प्राचीन कालमा पनि त्यस्तै थियो !

सबैभन्दा पुरानो व्याकरण फेदाप हो, फेदापको लिम्बू भाषा अहिले जस्तो छ प्राचीन कालमा पनि त्यस्तै थियो !

संसारका धेरै मानिसका पुर्खा हालको नेपालबाटै गएका हुन् !


  • स्वदेश नेपाल
  • आइतवार, पुस १७, २०७९

नेदरल्यान्ड्सका जर्ज भान ड्रिम ज्ञानका बहुविधामा अध्ययन–अन्वेषण गर्ने बहुविषयका ज्ञाता हुन्।

हिमालय वारपारका भाषाहरूका ज्ञाता, आनुवंशिक अध्येता एवं चिया इतिहासकार भान ड्रिमले सन् १९८७ मा लिम्बू व्याकरणमा विद्यावारिधि गरेका हुन्।

उनी दर्जनभन्दा बढी भाषा बोल्न सक्छन्। स्वीट्जरल्यान्डस्थित बर्न युनिभर्सिटीका प्रोफेसर इमिरेट्स भान ड्रिमले प्रस्तुत अन्तर्वार्ता पनि शेखर खरेललाई धाराप्रवाह नेपालीमै दिए।

यस अन्तर्वार्तामा प्रोफेसर भान ड्रिमले ‘संसारका धेरै मानिसका पुर्खा हालको नेपालबाटै गएका हुन्’ भन्दै सनसनीखेज खुलासा गरेका छन् ।

साथै प्रो. भान ड्रिमले लिम्बू भाषाको व्याकरण परिवर्तित नभई प्राचीन रूपमै आएको र त्यसमा विशेष गरी फेदाप (तेह्रथुम)को लिम्बू भाषामा क्रियाको रूप–शास्त्र जुन रूपमा अहिले छ, प्राचीन कालमा पनि त्यस्तै थियो। । सबैभन्दा पुरानो व्याकरण फेदापको हो। अनुसन्धान गरेर धेरै वर्षपछि त्यसको प्रमाण देखाउन पाएँको खुलासा गरेका छन ।

साथै यूरोपमा सबैभन्दा प्रचलित ह्याप्लोग्रूप ‘आर’ यहींबाट आएको हो। ‘आर’ को उपसमूह पूर्वी दक्षिणएशियाबाट फेरि हिमाली भेग भएर भारतमा पसेको हो। त्यहाँबाट उनीहरू यूरोप पनि पुगे। दुई लाख वर्षभित्र पूर्वदेखि पश्चिममा जनसांख्यिक ओहोरदोहोर धेरै भयो।

तपाईं बारम्बार हिमालयन करिडोर हुँदै प्राचीन वा प्रागैतिहासिक मानिस आप्रवासन गर्थे र यहींबाट ब्रह्मपुत्र कटेर अन्य भूभागमा फैलिएको तर्क गर्नुहुन्छ। त्यसो भए के नेपाल प्रागैतिहासिक मानिसको हिंडडुलको थलो मात्र नभएर बसोबासकै क्षेत्र थियो?

यो धेरै धैरै लामो, दुई लाख वर्षको कुरा हो। त्यस वेला कोही मानिस हिमाली भेगबाट पूर्वतिर लागे। कोही मानिस, जस्तै ‘वाई’ क्रोमोजोम भएका ह्याप्लोग्रूपका मानिस पूर्वी दक्षिणएशियाबाट फेरि हिमाली भेग हुँदै यूरोप, साइबेरियातिर गए। त्यसपछि आजकालको युक्रेनबाट ‘आर’ बोक्नेहरू फेरि भारत र नेपालतिर आए। तर, ‘आर’ को मूल फेरि भारतमै छ। ‘आर स्टार’, ‘आर २’ भारतमा मात्रै पाइन्छ। पूरै दक्षिणएशियामा सबैभन्दा राम्रो बसोबासको ठाउँ यही हो। एउटा त यहाँको मौसम हो। अनि तराईमा हुने रोगहरू पहाडमा हुँदैनन्, विशेष गरी मानिसले शिकार मात्र गर्ने प्राचीन कालमा। यो ३,६०० किलोमिटर लामो हिमाली भेगको कुरा हो, अफगानिस्तान हिन्दूकुशदेखि सिचुवानसम्म। होमोसेपियन्स जातिका लागि सबैभन्दा राम्रो बस्ने ठाउँ पूर्वी हिमाली भेग हो। त्यसैले हाम्रा पुर्खा बसोबास गरेको क्षेत्र यहाँ पनि हो। गंगा र हिमालबीचमा बसाइँसराइ भएको देखिन्छ। त्यसका प्रमाण धेरै छन्।

यसको अर्थ संसारका धेरै मानिसको पुर्खा अहिलेको नेपालबाट थिए भन्न मिल्छ?

मिल्छ, तर सब–सहारन अफ्रिकाको होइन। यूरोपमा सबैभन्दा प्रचलित ह्याप्लोग्रूप ‘आर’ यहींबाट आएको हो। ‘आर’ को उपसमूह पूर्वी दक्षिणएशियाबाट फेरि हिमाली भेग भएर भारतमा पसेको हो। त्यहाँबाट उनीहरू यूरोप पनि पुगे। दुई लाख वर्षभित्र पूर्वदेखि पश्चिममा जनसांख्यिक ओहोरदोहोर धेरै भयो।

-साभार हिमालखबर

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट