–जनकमान डङ्गोल
हिजो बाजेको पालामा बाजेहरूले राणाको शासन व्यवस्था भोगे । बा र मैले पंचायतको शासनदेखि अहिले गणतन्त्रको शासन ब्यबस्था भोग्दैछौ ।
राणाको शासन ब्यबस्था जहानियाँ अर्थात परिवारवादमा आधारित थियो । परिवारबादमा आधारित भए पछी जनताको छोरा छोरी जनताको भोटले जितेर शासन ब्यबस्था चलाउन जाने कुरै भएन । जनताको छोराछोरीले पनि शासन ब्यबस्था गर्न पाउनु पर्छ भनेर १९९४ साल देखि नेपालमा बिद्रोह सुरु भएको हो भनेर बुढापाकाले भन्ने गर्नु हुन्थ्यो ।

जसरी जनताले दुःखको सागर झेल्नु परेको थियो त्यसै गरि राजाले पनि । राजा त्यो पनि नाम मात्रको । आफ्ना प्रजा र आफैले भोग्नु परेको दुखको सागरलाई पार लगाउन राजा त्रिभुवनले त्यो समयमा खोलिएको पहिले पार्टी प्रजा परिषद तथा दोश्रो नेपाली कांग्रेसले गरेको आन्दोलनमा आफ्नो ज्यूज्यानको बाजी थापेर साथ नदिएको भए नेपालमा अहिले पनि जहानियाँ राणाको शासन ब्यबस्था नै हुन्थ्यो होला ।
देशको त्यो बेलाको शासन ब्यबस्था हाक्ने कांग्रेस पार्टीले देश हितमा काम गरि दिएको भए राजाले १७ सालमा पंचायती ब्यबस्थाको घोषणा गर्नु पर्दैन थियो होला । अहिलेको कांग्रेस कम्युनिस्टको शासन देखि भोगी सके पछी १७ सालमा राजाले पंचायती शासन ब्यबस्था किन लगाउनु पर्यो होला भन्ने प्रश्नको अहिले यतिखेर यसको उत्तर सजिलै पाईन्छ ।
पंचायती शासन निरंकुस थियो होला तर राणाको जस्तो जहानियाँ भने थिएन । आफ्ना जनताले देशमै रोजगार पाउन भनेर ठुला देखि साना उधोग कल कारखाना खोलिएको थियो । देशी बिदेशी उद्योगपतिहरु उधोग खोल्न तम्सिन्थे । किन ? पंचायती शासन ब्यबस्था अहिलेको जस्तो मनलाग्दी कर लगाईने गरिदैन थियो ।
पंचायती शासन ब्यबस्थामा नेता र तिनका लठैतलाई चन्दा दिनु पर्दैन थियो । चन्दा सहयोग दिन नपरे पछी आफ्ना मजदुर कर्मचारीहरु लाई कुस्त बोनस दिन्थे तर अहिले मजदुर कर्मचारीले खाने बोनसमा राजनीतिक पार्टी तिनका नेता र कार्यकर्ताको नामका आसेपासेले हैकम जमाएर बसेका छन । राजाले पंचायती शासनमा खोल्दिएको उधोग कलकारखाना देखि आफ्नै यातायात संस्थान देखि बन्द गराएर उक्त जग्गा जमिन कौडीको भागमा बेचियो भने अधिकास स्थानमा पार्टीका नेता कार्यकर्ताले ओगटेर बसेका छन । प्रमाण खोज्न अन्त जानु पर्दैन । हेटौडाको कपडा उधोग, शान्ति बनस्पति घ्यु देखि टि.सी.एन कम्पनिलाई हेरे पुग्छ भने हेटौडा सिमेन्ट उधोगलाई बगरेले घांटी रेटेको सिकार जस्तो बनाएर छाडेको छ । कुन दिन प्राण पखेरु उड्छ अर्थात कपडा र शान्ति बनस्पति घ्यु उधोग जस्तो हुन्छ यसै भन्न सकिने अबस्थामा छैन ।
नेपालमा पंचायती शासन ब्यबस्था फाल्नमा सबैले आ-आफ्नो ठाउँ बाट सक्दो कम्बर कसेर लागेका थिए । रामायणमा एउटा वाक्य छ ‘घरका भेदी लंका ढहाय’ भन्ने । आफ्नै दाज्यु राबण बिरुद्ध रामसंग लागेर आफ्नै दाजूको शासन ब्यबस्था देखि बंशनास गराउनेसम्मको कार्यमा बिभिषण लागेको भएर नै ‘घरका भेदी लंका ढहाय’ भन्ने कथन जन्मिएको हो ।
हिजो पन्चायती शासनमा थुप्रै बिभिषणहरु जन्मिए, जन्माईये । ति मध्येमा मदन कृष्ण र हरिबंश अर्थात मह जोडी पनि पर्दछन । पंचायती शासन ब्यबस्था बिरुद्ध प्रहशन देखि गीति नाटक प्रदर्शन देखि आफुले गरेको अभिनयलाई अडियो क्यासेटमा भरेर गाउँ गाउँ देखि टोल हुँदै घर घरमा पुर्याएर राजतन्त्र र पंचायती शासन ब्यबस्था बिरुद्ध घृणा फैलाउनमा यो जोडी अब्बल बनेको थियो ।
देश विदेशमा ख्याती कमाएको यो जोडी अहिले बिस्तारै घृणाको पात्र बन्दै गइ रहेको छ, ठ्याक्कै नेपालको राजनीति र राजनेताहरु जस्तै ।
कसरी ?
बिदेसीले दान सहयोग सित्तैमा दिदैनन । नेपाल बिश्वको एकमात्र हिन्दु रास्ट्र बनेको पश्चिमाहरु लाई पचेको थिएन । आफ्नो मनसाय पुरा गराउन समाजमा कहलिएको चर्चित पात्रहरु खोजेर तिनीहरु माथि डलरको खोला बगाएर आफ्नो मनोकांक्षा पुरा गराउने पात्रहरुमा नेता, सामाजिक अभियन्ता, खबरकर्मी देखि कलाकारहरु चयन गरे ।
मह जोडीले देश र जनताको बिरुद्ध कहिले नराम्रा काम गर्दैनन भन्ने जनमानसमा जुन बिस्वास थियो त्यो अहिले आएर तोडिएको छ । जुन दिन अमेरिकामा ट्रंपको सरकार आयो त्यहि दिन बाट संसारले के कुन संस्थालाई के कसरि परिचालन गरियो भन्ने जानकारी खुद अमेरिकाकै जिम्मेवार व्यक्तिले छताछुल्ल पारि दिएको छ ।
USAID नामको अमेरिका संस्था नेपाल जस्ता गरिब मुलुकहरुको शिक्षा र स्वास्थ्यको लागी सहयोग भन्दै आएता पनि त्यो संस्था गरिब देशहरुको धर्म, संस्कृति मास्न देखि समाजमा जातजाति बिरुद्ध बिष बमन फैलाउन आएका रैछन । त्यसको लागी सामाजिक अभियन्ता, संचार क्षेत्र देखि नाम चलेका कलाकारहरु लाई प्रयोग गरे । प्रयोग हुनेमा ‘मह जोडी’ र बिगत केहि बर्ष देखि तिनीहरुले उत्पादन गरेको अभिनय सहितको कार्यक्रमलाई हेरे पुग्छ ।
हिजो पंचायती शासनमा आफ्नो पेट पाल्न “श्राद्ध” नामको प्रहशन बनाएको थिए । जुन पंचायती शासन ब्यबस्था बिरुद्ध थियो । अहिले देशमा पंचायती ब्यबस्था र राजाको शासन पनि छैन तर ‘सराद्ध’ भन्ने टेली कार्यक्रमहरु बनाए जुन नेपाली धर्म संस्कार बिरुद्ध प्रहार गर्न बनाएको र त्यसमा USAID नामको अमेरिका संस्थाले लगानी गरेको भन्ने खुल्नमा आए पछी यतिखेर महजोडीले वर्षौं लगाएर कमाएको ईज्जत मान प्रतिष्ठाको धज्जी उड्न पुगेको छ । आफ्नो काम फत्ते भएपछि बिदेशीले पछाडीबाट लात हान्नु कुनै ठुलो कुरो भएन ।
USAID अहिले सबै देशहरु बाट बाहिरिदैछ । त्यो संस्थाको दानापानीमा हुर्केकाहरुको अब कन्तबिजोग देख्नु पर्ने त छदैछ तर राष्ट्रका गद्धार यस्ता कपुतहरु लाई समाजले बहिष्कार नगर्ने हो भने भविष्यमा अरु पनि गद्धारहरु नजन्मेलान भन्न सकिदैन ।
-व्यक्त विचारहरु लेखकका निजि हुन् ।

