-मोहन लामारुम्बा
“म [राजा] चार्लस तृतीय…प्रतिज्ञा गर्दछु…कि म परम्परा र कानून बमोजिम “साँचो प्रोटेस्टेन्ट धर्म” अनिवार्य रूपमा कायम राख्नेछु र त्यसको रक्षा गर्नेछु।” भन्दै २१ औं शताब्दीको बेलायतको नयाँ राजाले भर्खरै प्रतिज्ञा गरे । अनि २१ औं शताब्दीका दुनियाँमा धर्म निरपेक्षका पाठ सिकाउँदै हिंड्ने बेलायती सांसदहरूले आफ्नो देशमा भने सदनमा ताली ठोकेर अनुमोदन गरे ।
राजा जयस्थिती मल्ल वि.सं. १४३७ तिर राजा भएपछि समाजसुधारका लागि भन्दै भारतबाट रघुनाथ झा, रामनाथ झा, किर्तिनाथ उपाध्याय, महिनाथ भट्ट आदि विद्वान झिकाई समाजको थिति बाँध्ने भनेर आजभोलिको भए मुलुकी ऐनकानुन जस्तो बनाएर एउटा थिति बाँध्ने नियम बनाए।
उनलेे जातिप्रथामा टेकेर थिति बाँधेकोले उनलाई अहिले डलरकर्मी बुद्धिजीवीहरुले कट्टर हिन्दु राजा, हिन्दुवादी, हिन्दुकरण गर्ने मनुवादी भन्दै आहुतीहरु जस्ताले दिनमा एकपटक गाली गरेर नसरापे सम्म खाएको कुँडो पच्दैन।
आजको दिनमा कयौं कुराहरू असान्दर्भिक लाग्ने त्यतिबेलाको जयस्थिती मल्लको थिति बाँध्ने नियमको कुनै अर्को दिन खंडन गरौंला आजको धर्म सम्बन्धि केही प्रसंगमा मात्रै यहाँनेर केन्द्रित हुन्छु।
१-“ठकुरीको व्यवस्था:- ब्राह्मणसंग मंत्र सुन्नु, जनै धारणा गर्नू, शिव मार्ग बुद्ध मार्ग मान्नू, ढालतरबार भीरनू राजकाज गर्नू अरू माथी के सदर : ॥”
२-”भारो श्रेष्ठको व्यवस्थामा “शीव मार्गीले ब्राह्मणसंग मंत्र सुन्नु, बुद्ध मार्गीले गुभाजु संग मंत्र सुन्नु बेपार कार्य गर्नू पुरोहीतका हकमा शीव मार्गीको ब्राह्मण बुद्ध मार्गीको गुभाजु गर्नू अरू सुतकाडीहरू माथी कै सदर ॥”
३-“बज्राचार्यको व्यवस्था:- यी गुभाजु जातले श्रेष्ट ज्यापु हलवायी बरहि सीकर्मी लोहकर्मी चीत्रकारी सम्मका अघी देषीन आफूले मंत्र डीईआएका बुद्ध मार्गीलाई मंत्र डीनू सुतक ६ डीन जुथो ७ डीन बानू, प्रोहीत भा गर्नू पैतालीश डीने कार्य पनि गर्नू : ॥
४-“ब्राह्मणी आफ्ना जात भात संग क्षेत्रीये बीग्रे लीङ काटी भ्रष्ट हुन्छीन लोकने भएका ब्राम्हणी श्री रू ३० डण्ड गरि फेरी खोला पार लगी त्यस क्षत्रीलाई चान्द्रलका हातबाट यक चोतमा मर्ने गरी हानी मार्नु।
५-“ब्राम्हणजातका छोरा नभई ब्राह्मण परलोक भएमा तीनकी ब्राह्मनीले स्वधर्ममा रहुन ‘ जो जे भएको चल अचल धनहरू षान बेहोर्न पाउछीन ति ब्राह्मणी छन्जेल अपुताली भनी दाज्यू भाईले लीन पाउडीनन् कार्यहरू पनि अरूले गर्न हुदैन ति ब्राह्मणीको अधीकार छ :
………………………………………………………………………………………………………………………………………………………………………………………………………………..
१- बुँदाको सन्दर्भमा बेलायत जस्तो देशमा “प्रोटेस्टेन्ट धर्म” अनिवार्य रूपमा कायम राख्नेछु भनेर एउटा राजाले प्रतिज्ञा गर्दै छ तर नेपालमा झन्डै ६५० वर्ष अगाडि राजा हुने ठकुरीहरुले शिवमार्ग र बुद्धमार्ग मान्नु, ढालतरबार भीरनू राजकाज गर्नू पर्ने भनेर नियम बाँधेको छ। यस्तो नियम बनाउन आउने पनि त्यतिबेलाका भारतिय कट्टर हिन्दु कान्यकुब्ज ब्राह्मणहरु थिए, नेपाली पहाडे खस ब्राह्मणहरु होइन तर राजा हुने ठकुरीले हिन्दु बौद्ध दुबै मान्नुपर्ने भनेर दिशानिर्देश गरेको देखिन्छ।
“२- यसबाट के बुझिन्छ भने नेवार प्रजाहरुलाई “शीव मार्गीले ब्राह्मणसंग मंत्र सुन्नु, बुद्ध मार्गीले गुभाजु संग मंत्र सुन्नु भनेर हुकुम गरेको छ। तर ठकुरी जातले त्यो छुट पाएको छैन किनभने ऊनी राजकाज गर्ने भएकोले दुबै मार्ग मान्नुपर्ने भनेर नियम बाँधीएको प्रष्ट देखिन्छ होइन र ?
( ठकुरी/क्षेत्री/शाह वंशले कसरी शिव मार्गी र बुद्धमार्गी साथ साथमा मान्दै आइरहेको थियो नरभुपाल शाह देखि भनेर अर्को कुनै दिन लेख्ने छु।)
३- आजको बज्राचार्यहरु बज्रयान बौद्धका पुजारीहरु हुन् यिनिहरुलाई आफ्नो परापुर्वकाल देखि मन्त्र दिईआएका बौद्धहरुलाई दीक्षा दिइरहने काम गर्नु भनेर थिति बाँध्ने काम गरेको छ।
४- राजकाज गर्ने राजा क्षेत्री/ ठकुरीहरु हुन् तर त्यही क्षेत्रीलाई ब्राह्मणी संग लसपस गर्यो भने लिंग काटेर एकैपटकमा छिनाई दिनु भनेर नियम बाँधेको देखिन्छ। राजा जयस्थिती मल्लले बाँधेको यस्तो कठोर नियम बाट दलितले ब्राह्मणवाद बाट हामी माथि भेदभाव भएको मान्ने हो भने त्यही क्षेत्रीहरुले दोष कसलाई दिने होला ? तत्कालीन समयको चेतनाको स्तरलाई की आफ्नै खप्परलाई ?
५-“ब्राम्हणजातका छोरा नभई ब्राह्मण परलोक भएमा तिनको श्रीमतीले सबै चलअचल सम्पत्तिको भोग गर्न पाइने कुनै दाजुभाइले दावी गर्न नपाइने भन्दै नारीहरुको हक सुनिश्चितता गरेको छ। तर कहिले ? आजभन्दा ६५० वर्ष अगाडिको ऐनकानुनमा !! जति बेला आजको युरोपमा महिला हकअधिकारको “ह” सम्म पनि उच्चारण नभएको बेलामा हो।
यसमा मोहन बन्जाडेको भाकामा भन्नुपर्दा “यूरोपमा लाखौँ प्रकृतिपूजक पेगन (८० प्रतिशत जति महिला)लाई धर्म परिवर्तन गर्न नमानेकोले सिमान्त क्रुरतापूर्वक मार्नु (१४८४-१७५०) पूर्वका हुन्।
ग्यालिलियोलाई (१५६४-१६४२) सजाय गर्नु पूर्वका हुन्। करिब दुई करोड अफ्रिकी मूलका मानिसलाई कब्जागरी बाँधेर अमेरिका ल्याइएको होलोकाष्ट (१५१७-१८४०) पूर्वका हुन्। काला जातिका मानिसलाई एउटा मानिसको पाँच भागको तीन भाग मान्ने गरी अमेरिकी कांग्रेसले कानून पारित गर्नु पूर्वका हुन्। भारतको दार्जलिङमा भारतीय र कुकुरलाई प्रवेश निषेध भनी बोर्ड झुन्डाउनु भन्दा अगाडिका हुन्। ( देशसञ्चार मंसिर ४, २०७७)
अत: नेपालको प्राचीन कालदेखि लिखत इतिहास पाएदेखिन अहिलेसम्म नेपालको राजाहरूको धर्म शिवमार्गी र बुद्धमार्गी दुबै भएर समन्वयात्मक रूपमा मान्दै आइरहेको हुन् चाहे त्यो लिच्छवि होस्,मल्ल होस् वा शाहवंशीय ठकुरी राजाहरु होस्।
राजाको धर्म सधैं शिवमार्गी बुद्धमार्गी हुने गर्दै आइरहेको थियो र छ।
तर बेलायतमा ? एकपटक तुलना गरेर हेरौं ! अनि तिनीहरुनै आएर हामीलाई आजभोलि डलरे बुद्धिजीवी खडा गरेर धर्म निरपेक्षताको चुट्किला सुनाउँदै धार्मिक स्वतन्त्रताको पाठ सिकाउँदै छ योभन्दा अर्को हाँस्यास्पद अर्को केही हुनसक्छ ?
एकपटक यसो गम खाएर सोंचौं त कस्तो बिडम्बना है……… !!

