४ अगस्त १९७२ मा बिबिसीको दिउँसोको बुलेटिनमा एक्कासि एउटा सनसनीपूर्ण समाचार सुनियो । युगान्डाका तानाशाह इदी अमिनले वर्षौंदेखि बस्दै आएका ६० हजार एसियालीलाई एक्कासि देश छाड्न आदेश दिए । उनले देश छोड्नका लागि ९० दिनको समयसीमा तोकेका थिए ।
६ फिट ४ इन्च अग्ला र १ सय ३५ किलो तौल भएका इदी अमिनलाई अहिले सम्मका सबैभन्दा क्रुर र निर्दयी तानाशाहका रूपमा गनिन्छ । एक समय हेभी वेटका बक्सिङ च्याम्पियन रहेका अमिन सन् १९७१ मा मिल्टन ओबोटोलाई हटाएर सत्तामा आएका थिए । आफ्नो आठ वर्षे शासनकालमा उनले क्रुरता र निर्दयताको यति विभत्स उदाहरण प्रस्तुत गरे कि, आधुनिक इतिहासमा यस्तो बिरलै पाइन्छ ।

४ अगस्त १९७२ मा इदी अमिनले एक्कासि एउटा सपना देखे । जसअनुसार उनले युगान्डाको टोरेटो सहरमा सैनिक अधिकारीलाई सम्बोधन गर्दै भने ‘अल्लाहले मलाई इसाइहरूलाई तत्काल देश छाड्न लगाउन आदेश दिएका छन् ’ उनले भनेका थिए ‘इसाइहरूले आफूलाई आम युगान्डावासीबाट अलग राखेका छन् र उनीहरूले युगान्डा वासीसँग घुलमिल हुने कुनै प्रयास गरेका छैनन् । उनीहरूको सबैभन्दा बढी रुचि युगान्डालाई लुट्नु हो । उनीहरूले गाईको दूध त दोहन गरेका छन् तर घाँस खुवाउने कष्ट गरेका छैनन् ।’
सुरुमा अमिनको यो घोषणालाई एसियाका मुलुकहरूले गम्भीरताका साथ लिएनन् । उनीहरूले अमिनले आफ्नो सन्कीपनका कारण यस्तो निर्णय लिएको ठाने । तर, केही दिनमै थाहा भयो कि, अमिन उनीहरूलाई देश छाड्न बाध्य बनाउन दृढ छन् ।
त्यसो त अमिनले पछि पनि यस्तो फैसला लिन अल्लाहले उनलाई सपनामा सल्लाह दिएको स्वीकार गर्ने गरेका थिए । तर, अमिनको शासनकालका बारेमा बहुचर्चित पुस्तक ‘घोस्टस् अफ कंपाला’ लेख्ने जर्ज इवान स्मिथ लेख्छन् ‘यसको प्रेरणा उनले लिवियाका तानाशाह कर्नेल गद्दाफीबाट प्राप्त गरेका थिए ।
जसले अमिनलाई सल्लाह दिएका थिए कि, देशमा उनको स्थिति त्यतिवेला मात्र बलियो हुन्छ जब उनले अर्थ व्यवस्थामा आफ्नो पकड मजबुत गर्नेछन् । जसरी उनले आफ्नो देशमा इटालियनबाट छुटकारा पाएका छन्, त्यसैगरी, युगान्डालाई एसियाली मुक्त बनाउनुहोस् ।’
अमिनले इसाइहरूलाई युगान्डा छाड्न आदेश दिएको जानकारी पाउनासाथ बेलायतले एक मन्त्री जियाफ्री रिपनलाई युगान्डा पठायो । उसको उद्देश्य भनेको अमिनलाई आफ्नो पूर्व घोषणाबाट पछि हट्न मनाउनु थियो ।
तर, रिपन जब कंपाला पुगे तब अमिनले आफ्नो व्यस्तताका कारण आगामी पाँच दिन भेट गर्न नसक्ने खबर दिए । रिपन बेलायत फिर्ता हुने भएपछि अमिनका सल्लाहकारका कारण चौथो दिन अमिनले रिपनसँग भेट त गरे तर कुनै फाइदा भएन । अमिन आफ्नो निर्णयमा अडिग रहे ।
भारत सरकाले पनि स्थितिको अनुगमन गर्न आफ्नो विदेश मन्त्रालयका प्रतिनिधि कंपाला पठायो भारत सरकाले पनि स्थितिको अनुगमन गर्न आफ्नो विदेश मन्त्रालयका प्रतिनिधि कंपाला पठायो । उनी थिए, निरन्जन देसाई । देसाई सम्झन्छन् ‘जब म कंपाला पुगेँ त्यहाँ हाहाकार मच्चिएको थियो ।
तीमध्ये कैयौं मानिस आफ्नो पूरै जीवनमा युगान्डाभन्दा बाहिर गएका थिएनन् । हरेक व्यक्तिलाई आफूसँग ५५ पाउन्ड र २ सय ५० किलो सामान लाने मात्र अनुमति थियो । राजधानी कंपालाभन्दा बाहिर बस्नेलाई यस्तो नियमको जानकारीसमेत थिएन ।’
अमिनको यस्तो निर्णय यति अचानक भएको थियो कि, युगान्डा सरकारले यसको कुनै तयारी गरेको थिएन । केही धनी एसियाली मानिसले आफ्नो धन स्टाइलले खर्च गर्ने नयाँ तरिका निकाले । देसाई भन्छन्, ‘उनीहरूमा यस्तो विचार आयो कि, यदि तपार्इं आफ्नो पैसाबाहिर लैजान पाउनु हुन्न भने यसलाई स्टाइलले उडाइदिनोस् ।
केही बुद्धिमानी मानिसले आफ्नो पैसाबाहिर लान पनि सफल भए । सबैभन्दा सजिलो तरिका थियो, पूरै संसार घुम्न र पूरै परिवारका लागि प्रथम श्रेणीको टिकट किन्नु जसमा एमसिओमार्फत् होटल बुकिङ पहिले भएको होस् ।’
देसाईले भने, ‘यो एमसिओ (मिसिलेनियस चार्ज अर्डर) लाई युगान्डाबाट बाहिर निस्केपछि उडाउन सकिन्थ्यो । केहीले आफ्नो गाडीको कार्पेटमुनि गहना लुकाएर छिमेकी देश केन्या पुर्यारए । कसैले कुरियरमार्फत् आफ्ना गहना बेलायत पठाए । चाखलाग्दो कुरा के भने यी सबै आफ्ना गन्तव्यमा सुरक्षित पुगे ।
केहीलाई आश थियो कि, केही समयपछि युगान्डा फर्कन पाइनेछ यस्ताले आफ्नो सम्पत्ति बगैँचा वा घरभित्र गाडे । म केही त्यस्ता मान्छेलाई चिन्दछु जसले आफ्नो गहना बैंक अफ बडोदाको स्थानीय शाखाको लकरमा राखे । ती मध्ये केही १५ वर्षपछि युगान्डा फर्कदा उनीहरूको लकर सुरक्षित थियो ।
यतिवेला लन्डनमा बस्ने गीता वाट्सलाई ती दिन अहिले पनि याद छ, जब उनी लन्डन जानका लागि एनतेबे विमानस्थल पुगेकी थिइन् । उनी भन्छिन्, ‘हामीलाई आफूसँग लान मात्र ५५ पाउन्ड दिइएको थियो । जब हामी विमानस्थल पुग्यौँ । मानिसको सुटकेस खोलेर जाँच गरिदै थियो । उनीहरूको सबै चिजबाहिर निकाले फालिँदै थियो । यसकारण कि कसैले लुकाएर तोकिएको भन्दा बढी धन त ल्याएका छैनन् ।’
गीता भन्छिन्, ‘थाहा छैन मेरा आमाबुवाले के कारणले मेरो हातको एउटा औँलामा औँठी लगाइदिएका थिए । मलाई भनियो औँठी निकालेर उनीहरूलाई देऊ । औँठी यति कस्सिएको थियो कि, मेरो औँलाबाट निस्केन । अन्त्यमा उनीहरूले औँठी नै काटेर मेरो औँलाबाट निकाले । जब औँठी काटिँदै थियो, त्यतिवेला स्वचालित हतियार लिएका सैनिकले हामीलाई घेरा हालेका थिए ।’
धेरै एसियाली मुलुकका मानिसले आफ्नो घर, पसल त्यसै खुलै छाडेर आउनु पर्यो । उनीहरूलाई आफ्नो घरको सामान बेच्ने अनुमति थिएन । युगान्डाका सैनिक उनीहरूका ती सामान पनि लुट्ने दाउमा थिए, जसलाई उनीहरू आफूसँगै लैजान चाहन्थे । निरन्जन देसाई भन्छन्, ‘कंपालाबाट एनतेबे विमानस्थलको दूरी ३२ किलोमिटरको थियो ।
युगान्डाबाट बाहिर निस्कने प्रत्येक एसियाली त्यो बीचमा पाँच सडक जाँच पार गर्नुपथ्र्यो । प्रत्येक पोस्टमा उनीहरूको सामान जाँच हुन्थ्यो । सैनिकहरूको पूरै प्रयत्न हुन्थ्यो कि उनीहरूबाट कुनै न कुनै सामान खोस्न सकियोस् ।
एसियाली मानिसले छाडेको त्यो वेवारिसे सम्पत्ति के भयो ? भन्ने कुरा निरन्जन देसाइलाई सोध्दा उनको जवाफ थियो, ‘धेरैजसो सामान अमिन सरकारका भ्रष्ट मन्त्रीहरू र सैनिक अधिकारीहरूको हात लाग्यो । आममानिसले यसको थोरै भाग मात्र पाए । उनीहरू यसरी पाएको सम्पत्तिलाई कोड भाषामा ‘बंगलादेश’ भन्थे ।’ उनले भने, ‘त्यो समयमा बंगलादेश भर्खर भर्खर स्वतन्त्र भएको थियो । सैनिक अधिकारीहरूले आपसमा यस्तो भनेको सुनिन्थ्यो कि, ‘मसँग यति बंगलादेश छ ।’
जर्ज एवान स्मिथ आफ्नो पुस्तक ‘घोस्टस् अफ कंपाला’ मा लेख्छन् ‘अमिनले एसियालीहरूको धेरैजसो पसल आफ्ना सैनिक अधिकारीलाई दिए । यस्तो देखिने एक भिडिओ पनि छ, जसमा अमिन आफ्ना सैनिकका साथ हिँडिरहेका छन् ।
उनीसँगै एक गैरसैनिक पनि हातमा डायरी लिएर हिँडेका छन् । अमिन उनलाई आदेश दिँदै छन् फलानो पसल फलानो ब्रिगेडियरलाई फलानो होटल फलानो ब्रिगे्रडियरलाई दिइयोस् ।’ उनी लेख्छन् ‘यी अधिकारीलाई आफ्नो घर चलाउने कुनै तरिका थाहा थिएन । उनीहरू सित्तैमा पाएको सम्पत्ति के चलाउन सक्थे ।
उनीहरू जनजाति प्रथालाई पछ्याउँदै आफ्ना कुल वंशका मानिसहरू बोलाउँथे र इच्छा लागेका वस्तु लैजान भन्थे । कहाँबाट नयाँ चिज किन्ने, कसरी चलाउने र यी वस्तुको कति मूल्य लिने उनीहरूलाई कुनै जानकारी थिएन । परिणाम यस्तो भयो कि, केही समयमै सम्पूर्ण अर्थ व्यवस्था रसातलमा पुग्यो ।’
यस्तो घटनाले अमिनको छवि सम्पूर्ण संसारमा तानाशाही शासककारूपमा फैलियो । उनको क्रुरताका अरू कथा पनि संसारले थाहा पाउन थाले । अमिनको शासनकालका स्वास्थ्य मन्त्री रहेका हेनरी केयेंबाले एक पुस्तक लेखे ‘अ स्टेट अफ ब्लडः द इन साइड स्टोरी अफ इदी अमिन’ उनले यसमा अमिनको क्रुरताको यस्तो कथा लेखे कि, संसार आश्चर्य चकित भयो ।
केयेबाले लेखे ‘अमिनले आफ्ना शत्रुको ज्यान मात्र लिएनन् मरेपछि पनि लाससँग क्रुरताको व्यवहार गरे । युगान्डाको शव गृहमा राखिएका धेरैजसो लासलाई चलाउने कोसिस भयो र धेरै जसोको मुटु, कलेजो, नाक, ओठ र गुप्तांग गायव भएका हुन्थे । त्यहाँका चिकित्सासँग सम्बन्धित समुदायलाई यो कुरा सामान्य बनेको थियो । सन् १९७४ को जुन महिनामा विदेश मन्त्रालयका एक अधिकारी गडफ्री किगालालाई गोली हानेर मारिएपछि उनको आँखा निकालियो र लासलाई जंगलमा लगेर फाल्न लगाइयो ।’
केयेबाले पछि एक वक्तव्य जारी गरेर भने, ‘अमिनले कैयौंपटक मारिएका मानिसका लाससँग केही समय एक्लै बिताउने जिद्धि गरेका थिए । जब सन् १९७४ मा कार्यबाहक सेनाध्यक्ष ब्रिग्रेडियर चाल्र्स अरुबेको हत्या भयो ।
अमिन उनको लासलाई हेर्न मुलागो अस्पतालको शव गृहमा पुगे । उनले उपचिकित्सा अधिक्षक क्येवावाबाएलाई आफूलाई लाससँग केही समय एक्लै छाडिदिन आग्रह गरे । अमिनले सो लाससँग कस्तो व्यवहार गरे भन्ने कसैले देखेनन् । तर, कतिपय युगान्डावासीको भनाइ छ कि, अमिनले आफ्नो शत्रुको रगत पिए, जस्तो काकवा जनजातिमा प्रथा छ । अमिन पनि काकवा जनजातिका थिए ।
केयेबा लेख्छन् ‘कैयौंपटक राष्ट्रपति र अन्य मानिससँग उनले स्वीकार गरेका छन् कि, आफूले मान्छेको मासु खाएको छु । मलाई थाहा छ सन् १९७५ अगस्तमा जब अमिनले आफ्ना अधिकारीलाई आफ्नो जायर यात्राका बारेमा बताउँदै थिए तब उनले भनेका थिए, ‘उनलाई बाँदरको मासु दिइएको थियो जुन मान्छेको मासुभन्दा मिठो थिएन । लडाइँका क्रममा तपाईंको साथी घाइते भयो भने, उसलाई मारेर खाँदा तपाईं भोकमरीबाट बच्नसक्नु हुन्छ ।’ एक अर्को मौकामा अमिनले युगान्डाका एक डाक्टरलाई भनेका थिए, ‘मान्छेको मासु अरू चिजको मासुभन्दा नुनिलो हुन्छ ।’
अमिनका एक पुराना नोकर मोजेज अलोगा केन्या भागेर आएपछि एउटा यस्तो कथा सुनाएका थिए कि जसलाई आजको युगमा पत्याउन गाह्रो हुन्छ । अमिनका समयमा युगान्डाका लागि भारतका उच्च आयुक्त रहेका मदनजित सिंहले आफ्नो पुस्तक ‘कल्चर अफ द सेपल्करे’ मा लेखेका छन् । अंगोलाले भने, ‘अमिनको पुरानो घर कमान्डमा पोस्टमा एउटा कोठा सधैँ बन्द रहन्थ्यो । मलाई मात्र सो कोठाभित्र पस्ने अनुमति थियो, त्यो पनि सफा गर्नका लागि ।’
उनले थपे, ‘अमिनकी पाँचौ पत्नी सारा क्योलावालाई यसबारे जान्ने साह्रै उत्सुकता थियो । उनले मलाई त्यो कोठा खोल्न भनिन् । म केही झस्केँ किनभने अमिनले मलाई त्यो कोठामा कसैलाई पस्न नदिन आदेश दिएका थिए । तर, साराले धेरै जिद्दी गरेर मलाई केही पैसा पनि दिएकाले मैले उनलाई साँचो सुम्पी दिएँ । कोठाभित्र दुईवटा फ्रिज राखिएको थियो । जब साराले तीमध्ये एक फ्रिज खोलिन कराएर बेहोस् भइन् । त्यसमा उनका एक पूर्व प्रेमी जिज गिटाको काटिएको टाउको राखिएको थियो ।’
साराका प्रेमीजस्तै अमिनले अन्य कैयौं महिलाहरूका प्रेमीहरूको टाउको कटाएका थिए । जब अमिनको दिलचस्पी इन्डस्ट्रियल कोर्टका प्रमुख माइकल कबाली कागवाकी प्रेमिका हेलेन ओगबांगमा जाग्यो तब अमिनका बडीगार्डले उनलाई कंपाला इन्टरनेसनल होटलको स्विमिङ पुलबाट अपहरण गरेर गोली हाने ।
पछि हेलेनलाई पेरिसको युगान्डा दूतावासमा पोस्टिङ गरियो । त्यहाँबाट उनी भागिन् । अमिन मेकरेरे विश्वविद्यालयका प्रोफेसर विसेन्ट एमिरु र तोरोरो का रक होटलका म्यानेजर शेकानवोकी पत्नीसँग पनि रात बिताउन चाहन्थे । यी दुवैलाई योजना बनाएर मारियो ।
अमिनको प्रेमसम्बन्ध यति धेरैसँग थियो कि गन्न मुस्किल छ । भनिन्छ, एकपटकमा उनी कम्तीमा ३० महिलासँग सम्बन्ध राख्दथे, जुन पूरै युगान्डामा फैलिएको थियो । यी महिला धेरै जसो होटल, कार्यालय र अस्पतालमा नर्सका रूपमा काम गर्दथे ।
अमिनकी चौथी पत्नी पनि उनको हातबाट बल्ल, बल्ल बाँचिन् । भएको के थियो, भने सन् १९७५ मा अमिनको कारमा गोली हानियो, अमिनलाई शंका भयो कि उनकी चौथी पत्नीले नै आक्रमणकारीलाई सो कार चिनाएकी हुन् । अमिनले पत्नी यसरी पिटे कि उनको नाडीको हाड भाँचियो ।
इदी अमिन ८ वर्षसम्म सत्तामा रहेपछि उसैगरी सत्ताबाट हटाइए, जसरी उनले सत्ता कव्जा गरेका थिए । उनलाई पहिले लिबियार पछि साउदी अरबले आफ्नो देशमा शरण दियो, जहाँ सन् २००३ मा ७८ वर्षको उमेरमा उनको मृत्यु भयो ।- सौर्य अनलाइन

