चर्चित विश्लेषक एवं लेखक सौरभले केपी शर्मा ओली बहिर्गमनको असली कारण बाहिर ल्याएका छन् ।
एपीवान टेलिभिजनमा तमसोमय जोतिर्गमय कार्यक्रममा पत्रकार टिकाराम यात्रीसँग कुरा गर्दै सौरभले ओलीलाई हटाउनुको तीन वटा कारण खुलाए ।
बाहिर हेर्दा प्रतिनिधिसभा विघटन, प्रतिगमन, अल्पमतमा परेको भनिए पनि भित्रि कारण एमसीसीदेखि धर्म निरपेक्षता र संघीयता सम्म भएको शौरभले जिकिर गरे ।
पहिलो कारण – ओलीकै पहलमा अर्थ मन्त्रालयको डेलिगेसन गएर हामी संसदबाट पारित गर्न सक्दैनौ है भनेर अमेरिकामा भनेर कन्भिन्स गराएर आएका बेला ओलीको अर्थमन्त्री युवराज खतिवडाले अब पास गराउँछौ भनेर चिठ्ठी लेख्नुभयो । प्रदीप ज्ञवाली अमेरिकी विदेशमन्त्री माइक पोम्पियोलाई भेटेर आउनुभयो । के भन्नुभयो अहिले बाहिर आउँदैन । पछि आउँला । वचन दिइएको थियो कि !
जे होस् ओलीलाई एमसीसीमा दबाब धेरै ठूलो आयो । संसद विघटन नगरी यो झन चर्केर आउँछ भनेर उहाँले दुईपटक विघटन गर्नुभयो होला । संसद कायम नराख्नुको पछाडि एमसीसीको दबाब आउँछ भनेर पनि हो । अहिले यो मान्छेबाट हुँदैन, सम्भवै छैन बरु एमसीसी पास गराउँछु भनिरहेको, एमसीसी पछि लागिरहेको अर्को क्यान्डिटेड बनाउँदाखेरी सजिलो पर्छ भनेर आएको पनि देखिन्छ कता कता देउवा । ल्याइयो देखिन्छ ।
दोस्रो कारण – अर्को कुरा कालापानीको नक्सा ल्याएर राखिदिनुभयो । त्यसले काफी ठूलो इम्बारेसमेन्ट भयो । यो हाउसको दौडमा केही (भारत)संस्थापन पक्षसँग नटासिएका छिमेकका केही कुटनीतिज्ञहरु यहाँ आएर डेरा जमाएर बसे । तिनीहरु आउनुपर्ने आवश्यक के थियो? अनि राम नेपालमै जन्मेको भनेर मन्दिर निर्माणमा पैसा खन्याएको मान्छेलाई रामायण लेख्ने भानु जयन्तीकै दिन कुर्सी छोड्ने तारतम्य मिलाइएको छ । त्यसै भएको छैन यो कुरा ।
तेस्रो कारण – उहाँको कार्यकर्ता बटुलेर अब कसैले मन पराएनन् रुचाएनन् संघीयता र धर्म निरपेक्षताका बारेमा पुनर्विचार गर्नुपर्छ भन्नुभयो एकपटक । त्यो हतार भयो । त्यसकारण पनि उहाँ जाने, हटाउने बेग एकदम दौडानमा गयो ।
मैले यसलाई कहाँनेर जोड्छु भने एक जना कामु प्रधानन्यायाधीश दीपकराज जोशी एसएलसी सर्टिफिकेट प्रमाणपत्र विवाद र मर्यादामा नबसेको भनेर प्रधानन्यायाधीश हुन नपाई सेवानिवृत्त भए । उनी जानुको कारण के थियो भने सर्वोच्च अदालतको भण्डारमा थन्क्याइसकेको श्रीयन्त्र छ नि त्यो उहाँले हाल्नुभएको हो । एउटा मुख्य कारण यो थियो ।
अहिले जुन संघीयता र धर्मनिरपेक्षताका कुरा ओलीले गर्नुभयो त्यसले गर्दा पनि उहाँलाई हटाउने बेग बढेर गयो । त्यसैले यो बाहिर भनिएजस्तो गरिएजस्तो कुराहरु सतही हुन् ।
एमसीसी पास गराउन माधव नेपाल मिलेको शौरभको तर्क छ । माधव नेपाल पक्षले शेरबहादुर देउवालाई भोट नहालेको भए ओलीप्रतिको कुण्ठाले काम गरेको भन्ने आधार हुन्थ्यो । अरु कुरा इस्यु छैन भनेर भन्न मिल्थ्यो ।
तर त्यहाँ हालिसकेपछि के बुझियो भने यो त चुनावी सरकार मात्र भएन अब । अगाडि बढेर जान्छ र बढेर गयो भने एमसीसी पास गराउन ठूलो चलखेल हुन्छ । चुनावअघि नै पास गराउन चलखेल धेरै हुन्छ ।
माधव नेपाल महासचिव भएर प्रमलाई पेल्ने, ओलीले किन चलाउन नपाउने ?
विश्लेषक सौरभले माधव नेपालले बदमासी गरेको तर्क गरे । विगतमा अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा माधव नेपालले नटेरेको, श्रीमती लिएर विश्व घुमेको उदाहरण पेश गर्दै पार्टीमा पेल्यो भन्दै जनमत पाएको प्रधानमन्त्रीलाई हटाएर अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउनु जनमतको अपमान भएको बताए ।
ओलीलाई प्रचण्ड र माधवले नियन्त्रण गर्न खोज्दा काम गर्न नसकेको र अहिले पदबाट हटाउनुमा बाह्य कारण पनि इन्भल्व रहेको उनको भनाई थियो । शौरमले देउवालाई नियन्त्रण गर्ने हिसाबले प्रचण्डले अहिले उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रस्ताव गरेको भन्दै त्यसको औचित्य नभएको बताए । उनले देउवालाई डेढ स्वतन्त्र रुपमा काम गर्न दिनुपर्ने पनि बताए ।
माधवकुमार नेपालका दशौ गल्ती बताउन सक्छु तर ओलिको एउटा मात्रै गल्ती महाकाली सन्धिले नेपाललाई एकखर्ब बीस अर्ब फाइदा हुन्छ भन्नु मात्रै हो।
सौरभले ओली र माधव मिल्ने सम्भवना कसले कतिसम्म इगो त्याग्छ भन्नेमा निर्भर हुने पनि तर्क गरे । देउवाको कार्यकालमा एमसीसी पारित हुने अधिकतम प्रयास हुने र सफल नभएका चुनावपछि अर्को कुनै न कुनै नाममा एमसीसीलाई लागु गरिने सौरभको विश्लेषण छ ।
भिडियो
ओलिले बारम्बार संसद विघटन गरेको एमसीसी फेस गर्न नपरोस भनेर हुनुपर्छ ।

