नेपाली समाजमा पुरुषवाट पीडित हुने महिलाको संख्या धेरै छ तर, पछिल्लो समय नेपालमा पत्नि पीडित पुरुहरुको संख्या पनि थपिदै गएको छ।
यस्ता घटनामा भने प्रहरी प्रशासनको तदारुक्ता खासै देखिदैन। कानुनको अभाव तथा ब्यवहारीक कठिनाईलाई देखाएर पन्छिने गरेका प्रशस्त उदाहरण छन्।
नेपालमा पत्नि पीडित हुने पुरुषहरु प्रायः वैदेशिक रोजगारीवाट फर्केकाहरु छन्। तिनै मध्येका एक हुन् मोरङ्गको पथरी आईतवारेका ४१ वर्षिय समक वुढाथोकी ।
वैदेशीक रोजगारीका लागि मलेसिया पुगेका वुढाथोकीलाई दुई वर्ष नपुग्दै पहिलो पत्निले छोडिन । फेसवुक मार्फत चिनजान भएर विवाह गरेकी दोश्रो पत्निले पनि सिरिखुरी पारेर हिडेपछि समकको जिन्दगी घर न घाटको भएको छ।
पत्निकै कारण सडकको वास हुँदा पनि कतैवाट न्याय र सहयोग नपाएपछि उनी नेपाल आजको सम्पर्कमा आए । आफु विदेश जाँदादेखि हालसम्मको सवै घट्नालाई उनले यसरी वताएका छन्।
सन ०१५ अगस्त २० मा मलेसिया गएँ। मलेसिया गएपछि मेरो पहिलो घर विग्रियो। म पुगेको १५ महिनापछि नै मेरो पहिलो श्रीमती हिडिन। मेरा दुईटी छोरीहरु पनि छन्। उनीसँग कहिलै पनि मेरो नराम्रो सम्वन्ध थिएन। हिडिनै सकेपछि केहि गर्न सक्ने अवस्था नै रहेन। म भित्रैवाट कमजोर भएँ। विरक्त लाग्न थालेपछि फेसवुकमा लेखेर आफनो मनलाई हल्का वनाउने प्रयास गर्न थाले।
यसैक्रममा मोरङ्गको हसन्दह ५ की ३७ वर्षिया संगिना कार्कीसँग फेसवुकमै चिनजान भयो। उसको पनि विवाह भएर एउटा छोरी भएपछि सम्वन्ध विछेद भएको रहेछ। हाम्रो सम्वन्ध फेसवुकवाट अगाडि वढ्यो। त्यसपछि म काठमाण्डौं आएँ । भेट भएपछि दुई/चार दिन सँगै वसियो। थोरै दिनको छुट्टिमा आएकाले म त्यसपछि मलेसियाँ फर्किएँ।
त्यसको दुई महिनापछि घरमा वुवा विरामी हुनु भयो। म फेरी फर्केर घर आएँ। संगिनालाई पनि लिएर गएँ। वुवालाई वचाउन सकिएन, वित्नु भयो। काजक्रिया सकिएपछि परिवारको सल्लाह अनुसार कानुनी विवाह गर्यौ। विवाह दर्ता पनि भयो। त्यसपछि हामी काठमाण्डौं फर्कियौं।
मैले उसलाई भेट्दा दुई छाक खान सक्ने अवस्था थिएन। पहिलो पतिसँग सम्वन्ध विच्छेद भएपछि ऋण काढेर आमाले पसल गर्नु भएको रहेछ। जोरपाटीको पिपल वोटदेखि भित्रपटी नयाँ वस्तिमा दिब्य दृष्टि भन्ने चस्मा पसल र आँखा चेकजाँच गर्ने क्लिनिक छ। एउटा सानो रुम लिएर वसेका थिए। मैले एउटा फ्ल्याट लिएर मलेसिया गएँ। उ फ्ल्याटमा सरी, अलिकति सामान पनि थपियो। उतावाट सुरु सुरु पैसा पठाउँन थाले। पैसा पठाएको भौचर मसँग अहिले पनि छ।
३/४ महिनापछि म फेरी काठमाण्डौं आएँ। कोठामा आवश्यक सवै सामान किने। पसलमा लागेको ऋण पनि मैले तिरे। राम्रै थियो सम्वन्ध। फर्किन्छु भनेर आएको थिए, लकडाउन भयो। त्यसपछि म फर्किन सकिन। दुई वर्ष पसलमा सामान थप्ने, विग्रिएको मेसिन वनाउने सवै खर्च मैले गरें। एकै रुपैयाँ पनि उसले खर्च गरिन। सवै खर्च मैले गरेपछि उसले कमाएको पैसा जोगिएला भन्ने सोचेर चुप लागेर वसे। सासुआमा, सालो र उसलाई गरी चारजनालाई मैले पालेर राखे। त्यति मात्रै होईन, आवश्यक्ता अनुसार उनीहरुले माँगे जति नगद पैसा पनि दिएँ।
सम्वन्ध राम्रैसँग चल्दैथियो। कुनै समस्या भए जस्तो मलाई चै अहिले पनि लागेको छैन। तर, विस्तारै उसले मसँग निहुँ खोज्न थालि। हल्का रिसाए जस्तो गरेर आमासँग सुत्न थाली। कुनै तनाव होला भन्ने लाग्यो। पहिलो पतितर्फको उसको छोरी पनि सिफलमा छ, स्कुलमा कहिलेकाँही भेट्न जान्थी । त्यसैले केहि तनाव भएको होलाकी भन्ने लागेर केहि पनि भनिन।
यसै क्रममा दुर्घटनामा परेर मेरो खुट्टा भाँचियो। म वेडमै सुतिरन्थे। उसले के गर्थि मलाई केहि थाहा थिएन। मलाई केहि वताएको पनि थिएन। वोलचालै वन्द भएपछि मैले उसँग केहि कुरा वुझन खोजे। ‘के समस्या छ, ममिसँग पनि वोल्दिनस, मसँग पनि राम्ररी वोल्दिनस’ भनेर मैले सोध्दा –‘केहि पनि होईन, मलाई तिमी मन पर्दैन। मन पर्न छोड्यो। डिभोर्स हाल्दिसकेको छु। डिभोर्स गर्छु’ भनि।
मैले सम्झाउन खोजे। त्यसपछि मलाई पहिलैदेखि तिमी मन पर्दैनथ्यो, म फसेँ भन्नथाली। त्यसपछि मैले पनि ‘पहिला सवै लुटिस अहिले खुट्टा भाँचियो कमाउन सक्दैन भन्ने लागेर यस्तो गरेको’ भन्दिएँ। त्यसपछि उ झन आवेगमा आएर ‘म सँग कुरा गर्नु पर्दैन, डिभोर्स पेपरमा सहि गरिदिनु’ भनि।
त्यसको केहि दिनपछि उसको फुपुको छोरी विना काफले (माओवादी सांसद) लाई घरमा लिएर आएछन्। घरवेटीसँग कोठा छोड्ने गरी सवै कुरा भएको रहेछ। घरवेटीको कोठावाट आएपछि विना दिदीले एक्कासी ‘अव तिमीहरुको घरजम हुँदैन, आफनो आफनो वाटो लाग’ भन्नु भयो। त्यसपछि म तनावमा परें। खान खान मन लागेन। विना दिदीले ‘आज लाष्टै हो खाना खानुन’ भनेपछि मलाई रुन मन लाग्यो।
१०/१२ दिनअघि देखि वोलचाल नगर्नु, अनि एक्कासी त्यस्तो ब्यवहार गरेपछि म अचम्ममा परे। त्यसपछि मैले सोधखोज गरें । ‘अरु कुरा गर्नु परेको छैन, धेरै कुरा गरिस भने पुलिस वोलाउँछु’ भन्दै विना दिदीले थर्काउन थाल्नु भयो ।
मैले अझै पनि संगिनालाई सम्झाउने प्रयास गरें। हात पक्रेर सम्झाउन खोजे। एकै पटक गालामा झड्याम्म कुटी। र उल्टै ‘मलाई कुटपिट गरो’ भनेर हल्ला गर्न थाली। विना दिदीले प्रहरी वोलाउनु भयो। उनीहरुले पहिलै उजुरी हालेका रहेछन। प्रहरी आएर मलाई लग्यो । सांसद विना समेतलाई हातपात गरेको भनेर उजुरीमा लेखेको रहेछ। पत्निसहित सांसदलाई समेत कुटपिट गरेको भनेर उजुरी परेपछि प्रहरीले मलाई रातभरी राख्यो ।
त्यसै विचमा उनीहरुले कोठाको सवै सामान सार्न भ्याई सकेछन् । मेरो कपडा हालेको एउटा झोला मात्र वाकी रहेछ। त्यसपछि म अहिलेसम्म होटलमा वसेको छु ।
उनीहरुले किन यस्तो गरे भन्ने मलाई अहिलेसम्म पनि जानकारी छैन । संगिनालाई मैले सकेको सवै दिएँ, गर्न सकेको सवै गरे। तर, जव मलाई गर्नु पर्ने वेला आयो उसले घरवाटै निकाली। यो सुनियोजित घटना हो र सांसद विना काफलेको हात छ भन्ने मलाई लागेको छ। रिस भएको मान्छेले यस्तो गर्दैन। राती नै म अपाङ्गलाई प्रहरीमा हालेर रातारात सामान उठाएर हिड्दैन।
अव मेरो भनाई एउटै मात्रै छ। कसले दिने हो, मलाई न्याय चाहियो। संगिना माथि मेरो जे जति लगानी छ, फिर्ता पाउनु पर्यो । तर उसले तेरो केहि छैन भन्छे। ‘तेरो के के छ विल लिएर अदालतमा आईज भन्छे। श्रीमतिलाई किनेको सामान र घरमा प्रयोग गरेको सामानको विल कस्ले राख्छ ?’ उनले प्रश्न गरे।
सवै हिसाव गर्दा मेरो करिव ३० लाख रुपैयाँ खर्च भएको छ। तर मेरो चै सडकको वास छ। उनी भन्छन्–‘कसरी हुन्छ मैले न्याय पाउनु पर्यो। अरु केहि भन्नु छैन।’

