नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं. १९७१ साल भदौ २४ गते पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको कोखबाट भारतमा भयो । वि .सं. १९८६ सालमा चन्द्रशमशेरको निधनपश्चात कोइराला-परिवार स्वदेश फर्किए ।वि.सं. १९९२ साल विश्वेश्वरप्रसाद कोइराला (बी.पी.) ले नेपाली साहित्यमा प्रवेश गरेको वर्ष हो । कवि सिद्धिचरण श्रेष्ठद्वारा सम्पादिन ‘शारदा’ पत्रिकामा बीपीको पहिलो नेपाली कथा ‘चन्द्रवदन’को प्रकाशन भएको हो । वि.सं. १९८७-८८ मा पहिलोपटक जेल परेका थिए ।
२००३ साल (सन् १९४७ जनवरी २६ मा) भवानीपुर (कलकत्ता)स्थित खालसा कलेजको एउटा युवा सम्मेलनमा गणेशमानसिंहसँग पहिलो भेट भयो । त्यही सम्मेलनमा टंकप्रसाद आचार्य -जो त्यसबेला काठमाडौं जेलमा हुनुहुन्थ्यो।) सभापति र कार्यबाहक सभापति बी.पी. रहेर नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भयो । वि.स.२००५ सालमा बनारस, २००९ सालमा जनकपुर र २०१७ साल बैशाखमा काठमाडौंमा भएको कांग्रेसको महाधिवेशनमा सभापति निर्वाचित भए ।
२०१५ सालमा बहुदलीय व्यवस्थामाआधारित संसद्को चुनावमा विराटनगर क्षेत्रबाट बी.पी. विजयी भई २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १गतेसम्म प्रधानमन्त्री रहनुभयो । २०२५ सालमा जेल मुक्तभएपछि भारत हुँदै युरोपमा उपचारका लागि जानुभयो ।२०३६ सालमा जेठ २५ गते जनमतसंग्रहको घोषणाका लागि झण्डै २ दशकपछि खुल्लामञ्चमा सम्बोधन गर्नुभयो ।रोगले सतायो । २०३९ साल जेठ ८ मा देशवासीका नाममा ओछ्यानबाटै मार्मिक सन्देश दिनुभयो । वीर अस्पतालबाट थाइल्याण्ड लगियो । २०३९ साल साउन ६ गते (स्वदेश फर्केपछि) निधन भयो । उहाँको चित्र अंकित पहिलो हुलाक टिकट २०४७ षौष १६ गते (सन् १९९० डिसेम्बर ३१तारिख) प्रकाशन भयो ।

बिपी बारे विदुरप्रसाद पौडेलविचार यस्तो छ
२०१६ सालमा विद्यार्थीका रूपमा जनकपुर रहँदा बीपी कोइरालालाई पहिलोचोटी देखेको हु“ । त्यहीं उहा“सँग हात मिलाउने सौभाग्य जुरेको रहेछ । मेरो जिल्ला खोटाङका अग्रज टीकादत्त दाहालले मञ्चमा उचालेर त्यो अवसर मलाई दिलाउनु भएको थियो । मेरो जिल्ला खोटाङ हलेसी सल्ले घर भएको र पिताजी १५ सालको आमनिर्वाचनमा काङ्ग्रेसको प्रचारप्रसारमै रहँदा काङ्ग्रेसको ठूलो नेता प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको बारेमा सुनेको थिएँ । जनकपुर पाठशालामा पढ्दा अन्य अग्रज विद्यार्थीहरूसँगै म पनि त्यहा“ गएको थिए“ । उहा“को महिमा र महŒवबारे भने पूर्ण बोध मलाई भइसकेको थिएन ।
०१७ सालमा राजाले जननिर्वाचित सरकार अपदस्थ गरेपछि धेरै नेतामा विचलन आयो तर बीपीमा झुक्ने र प्रजातन्त्रविरुद्ध सम्झौता गर्ने भावना कहिल्यै आएन । अरू नेपाली समकक्षी नेताहरूमा यो कुराको कमी रह्यो । धेरै वर्ष लडेका केही नेताहरूलाई पञ्चायत व्यवस्थाले आत्मसात् ग¥यो । केही कति लड्ने भनेर आ–आफ्नै व्यवसाय गरी बसे तर बीपी कहिले पनि थाकेको निराश भएको अनुभव हामी कसैले गर्नु परेन । म जनकपुरमा पढाइ सकी काठमाडौंमा २०२२ मा पढ्न आए“ । संस्कृत छात्रावासमा बसी मैले पढेको हो । त्यसताका बीपी सुन्दरीजल जेलमा हुनुहुन्थ्यो । २०१७ पुस १ गतेको राजाको प्रजातन्त्र विरोधी संसद् भङ्गकाण्डपछि तानाशाही व्यवस्था देशमा व्याप्त थियो । बीपी को अनुयायी प्रजातन्त्रवादी भए र खुलारूपमा कसैले नोकरी गर्न, प्रजातान्त्रिक कविता र साहित्यसमेत लेख्न पढ्न सक्दैनथ्यो भने सङ्गठन गर्न त परै जाओस् । तर यस्तो बेला पनि कम्युनिस्टहरू मजाले माओका रेडबूक काठमाडौं भरी छ्याप छ्याप किनबेच गर्थे । बीपी र कङ्ग्रेसलाई गाली गर्नेलाई राजाले खुला छुट दिएका थिए । स्कूल कलेजमा आफ्ना विचार राख्न प्रजातन्त्रवादीहरूलाई छुट थिएन तर कम्युनिस्टहरू भने बीपीलाई गाली गरेपछि जति पनि आफ्ना क्रियाकलाप गर्न पाउ“थे ।
चाप्लुस कम्युनिस्टको घेरामा राजा महेन्द्र र त्यसबेलाका राजकुमारहरू पनि परेका थिए । पृथ्वीनारायणपछि राजाका छोराहरू कोही योग्य देखिएनन् । आचार व्यवहारबाट त रणबहादुरकै पुस्तादेखिनै राजसंस्थाको अन्त्य हुनुपर्ने थियो । तर केही चतुर भाइ भारदारको थेगभरले गर्दा रहिरह्यो । २००७ सालको क्रान्तिपछि पनि पूर्ण संवैधानिक राजसंंस्था स्वीकार गरेर जनताको जिम्मा शासन छोडेको भए बीपी जस्ता कुशल राजनीतिज्ञको नेतृत्वमा विकासका हरेक क्षेत्रमा देशले फड्को मार्ने थियो तर राजा महेन्द्रको शासन आयो । छात्राबासमा भने त्यहा“ बस्ने पढ्ने हाम्रा अग्रजहरूको अग्रतामा पुस १ गतेको राजा महेन्द्रको काण्डलाई कालो दिवसका रूपमा भित्र भित्रै मनाइन्थ्यो । विष्णुमणि सरदार बाजे काठमाडौंमा त्यसबेला मुख्य अञ्चलाधीश हुनुहुन्थ्यो । सिसाको अग्लो बाकसमा अग्लो कदको राजा महेन्द्रको शालिक जस्तो फोटोे ठड्याएर राखिएको थियो । हाम्रै साथी मध्ये कसैले त्यसलाई लडाइ दिएछन् अनि त के थियो, एक त पुस १ गते विरोध दिवस अर्को ठाडो राजा महेन्द्रलाई घोप्टो पारिदिएको । कुरा पु¥याउने केही त भइहाल्छन् । खपिसक्नु भएन ।
त्यसै निहु“लाई लिएर त्यस बेलाको शासन प्रशासनले शास्त्रीदेखि मास्तिरका सबै विद्यार्थीलाई छात्रावासबाट हटाउने निर्णय लियो । आपूm त्यसै घानमा परी निक्लनेमा पर्नु प¥यो । हाम्रा अग्रज पीताम्बर दाहाल, रामप्रसाद भट्टराई, प्रेमनाथ अर्याललगायत छात्राबासमा बस्दा बीपीलाई कस्तो छ भनेर बुझ्न सूर्य बाबु कहा“ जाने गर्थे । बीपी जेलबाट छुटेको समाचारपछि पनि हामी कुद्दै सूर्य बाबुकैमा पुगेका थियौं र पछि मात्र चावेल गइएको हो । खानबस्न पढ्ने ठाउ“ छात्राबासबाट हटाइएपछि बीपीप्रतिको टड्कारो बोध ममा पलाउ“दै जान थाल्यो । किनकि मेरो आर्थिक स्थिति कमजोर भएकोले मैले रानीपोखरी पाठशालामा पढाएर गुजरा गर्दै कीर्तिपुरस्थित विश्वविद्यालयमा पढ्न जानुपर्ने भयो ।
एक्कासीको बज्रपातले मुन्टो उठाएर कतै हेर्ने फुर्सद मलाइ मिलेन । जेनतेन तीन वर्षे आचार्य परीक्षा सकेर पाठशालाको जागीर लात मारेर म भारत र नेपालका केही ठाउ“ घुम्दै काशी गए“ । त्यहा“ पुनः दर्शनको अध्ययन गर्दै रहें र बीपी बस्नु भएको सारनाथ गए“ । बीपी नेपालको मात्रै होइन गरिब पिछडिएका मुलुककै आशा लाग्दा एक जाज्वल्यमान तारा हुनुहुन्थ्यो । त्यस बेलाका नामी विश्वका नेताहरूको गणनामा उहा“लाई राख्न सकिन्छ । नेहरू, माओ, चाओ, नासीर, मार्शल टिटो आदिसँग उहा“को का“ट मिल्छ । प्रखरतामा त अभैm अघि हो कि भन्न सकिन्छ । सानो देशको ठूलो का“ट हु“दा छिमेकी नेताहरूलाई खल्लो लाग्नु पनि उहा“को सत्ताच्युतको कारण बन्न पुगेको भान भएको छ । भारतीय कूटनीति भन्दा एक कदम अगाडि बढेर इजरायलसँग बीपीले दौत्य सम्बन्ध गाँस्न पुग्नु भयो ।
काशीमा २ वर्ष जति दर्शनको अध्ययनपछि म पुनः नेपाल आई काठमाडौंको वाल्मिकि विद्यापीठमा २०३२ देखि प्राध्यापन गर्न लागें । यसैबखत राष्ट्रिय मेलमिलापको नारा दिई २०३३ मा बीपी स्वदेश फर्कनुभयो । यसपछि हामी धेरै प्रजातन्त्रवादीले चासो दिन थाल्यौं । त्यसमा विशेष गरेर प्राध्यापक, वकिल, शिक्षक, इञ्जिनियर, पत्रकारजस्ता धेरै पेशेवरहरूको समूह थियो । उहा“लाई विभिन्न ठाउ“मा नजरबन्दमा राखियो । मृत्युदण्डदेखि विभिन्न मुद्दामा उहा“लाई फसाउने षड्यन्त्रहरू भए ।
बीपी अत्यन्त साहसी दूरदर्शी मृत्युबाट नडराउने राजनेता हुनुहुन्थ्यो । विरोधीदेखि दरवारसम्मका षड्यन्त्रलाई नेपाली जनताको मुक्तिका लागि उहा“ले स्वीकार गर्नुभयो । यसैबीच उहा“लाई क्यान्सरले निकै च्याप्दै लग्यो र उपचार गर्न त्यसबेलाका राजा वीरेन्द्रले बाहिर जाने अनुमति दिए । त्यसपछि उहा“ अमेरिका उपचार गराई फर्कनु भयो । चावेलमा ठूलो राजनीतिक बहस प्रारम्भ भयो । उहा“ भएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषण हुन्थे, यी सबै कुराको ३३ देखि ३९ सालसम्मको अधिकांश सड्डतमा म प्रत्यक्ष सहभागी भएको थिए“ । २०३६ सालमा आन्दोलन भयो निर्विकल्प भनिएको पञ्चायत व्यवस्था विरुद्धको त्यो आन्दोलनको पृष्ठभूमिमा बीपी नै हुनुहुन्थ्यो । निर्विकल्प पञ्चायतको विकल्पको खोज्दै राजाले जनमत सङ्ग्रहको घोषणा गर्नु प¥यो । अधिराज्य भरी ठाउ“ ठाउ“ सभा भेला भए ।
पार्टीको पक्षमा २०३३ देखि ३९ को समयमा साधारण सदस्यता बाँढ्ने काममा म पनि सक्रिय थिए“ । पार्टी प्रतिबन्धित थियो । गिरिजाप्रसाद कोइरालाको सहीबाट त्यसैताका मैले सगरमाथा अञ्चल सम्पर्क समितिको सदस्यता प्राप्त गरेको थिए“ । बीपीको जीवनकालमा उहा“को छत्रछाँया र नेतृत्वमा काम गर्ने अर्कै मजा थियो । उहा“ले चाहेको भए सायद आजीवन प्रधानमन्त्री बन्न सक्नुहुन्थ्यो होला तर प्रजातन्त्र देश र जनताको भावना विपरीत उहा“ले राष्ट्रिय अन्तर्राष्ट्रिय कुनै तागतसँग अपवित्र गठबन्धन गर्नु भएन । यसैले जीवनका अधिकांश हिस्सा जेलनेल प्रवासनका कष्ट उहा“ले बेहोर्नु परेको थियो ।
उहा“को शेषपछि नेपाली काङ्ग्रेस भित्र टड्कारा राजनीतिक विश्लेषण भएनन् । नेताहरूलाई भेटेर कुरा सुनाउने र लगाउने काम भने भयो । कुनै पनि व्यक्तिको गहिराई छाम्न यथार्थभाव बुझ्न प्रत्यक्षरूपमा बहस छलफल वादविवाद र विचारविमर्शको आवश्यकता पर्छ । बीपी पछिका नेतामा त्यो परिपाटी नरहेकाले पार्टीभित्र धेरै अन्तर्विरोध जम्मा भए । बीपीसँग नजीक भएका मान्छेहरू उहा“को अन्तपछि गिरिजाबाबुको पालामा कता कता टाढा परेका थिए । बीपीको साहस, अठोट, कुशाग्रता, एकाग्रता, दुरदर्शिता भने कुनै उत्तराधिकारीमा देख्न सकिएको छैन । बीपीको सरलता र विनम्रता भने केहीहदसम्म शशांक कोइरालामा अनुभूत गर्न सकिन्छ ।
बीपी भारतीय स्वतन्त्रता सङ्ग्राममा खारिएका, कालमाक्र्स, काउत्स्की, बर्नष्टिन, रोजा लक्जेम वर्ग, लेनिन, ट्राटस्की जस्ता कम्युनिस्ट समाजवादी सिद्धान्त देखेका पढेका र युरोपियन प्रजातान्त्रिक समाजवादीसँग सङ्गत भएका जयप्रकाश नारायण, नरेन्द्र देव, लोहियाजस्ता भारतीय समाजवादी भोगेका महात्मा गान्धीको विचार बुझेका व्यक्तित्व हुनुहुन्थ्यो ।
पूर्वीय दर्शनको अध्यात्मवाद घरायसी नै थियो बीपीको भन्नुपर्छ । फ्रायडको मनोविज्ञान र डार्विनको विकासवादको दबदबामा राजनीतिक नेतृत्व गरेका बीपीका साहित्यमा यी सबैको प्रभाव टड्कारोरूपमा परेको देख्न सकिन्छ । २०३३ सालपछि चावेलमा उहा“ रह“दा म र हरिप्रसाद नेपालले उहा“ बाचुन्जेलसम्म बितायौं । म त दिनको २–३ घण्टानै नित्य उहा“कोमा बस्ने र कुरा सुन्ने गर्थे । कतिपय बेला त उहा“ले मलाई नै सम्बोधन गरेर प्रश्न गर्न लगाउनुहुन्थ्यो । यी सबै कुरा त्यहा“ टेप गरिन्थे । टेप गर्न गणेशराजजीलाई मात्र छुट थियो, सबैलाई थिएन तर उहा“को जीवनी वा आत्मवृत्तान्त लेख्ने कसैले यो कुराको सङ्केतसम्म गरेका छैनन् ।
कतिपय यस्ता मान्छेसँग पनि फेला परिन्छ जो बीपीका साहित्य र विचार पढेर आज सभासेमिनार गोष्ठीमा बीपीका विचार सम्बन्धमा ठूला कुरा गर्छन् तर ती मान्छेहरू बा“चेका बीपी कहा“ जान डराउ“थे जा“दैनथे ।
मैले भेटेका तीनजना व्यक्तिसँग म प्रभावित भएको छु । नेतामा विश्वेश्वरप्रसाद कोइराला विद्वत्तामा पद्मप्रसाद भट्टराई अर्का मेरा गुरु दक्षिण भारतीय हेब्बार शास्त्री जसले पहिले गान्धीको साथ केही समय काम गरी चटक्क छोडेर काशीमा आइ पढ्न थाले र मधुकरी भिक्षा गरेर चौधवर्षसम्म गङ्गाको किनारमै विना कुटी समय विताएका थिए । मैले काशीमा पढ्दा उहा“ निकै वृद्ध हुनुहुन्थ्यो र एक कोठामा बस्नुहुन्थ्यो त्यही पढाउनु हुन्थ्यो । राजाले बीपीलाई जति दुःख दिएका कमै राजनीतिज्ञ हुन सक्छन् । त्यस्तो राजसंस्थालाई पनि परिस्थितिको विचार गरी संवैधानिक भनिरहनु भयो । बीपीले चाहेको भए ७ साल, ३६ सालमा राजसंस्थालाई विदा गर्न सकिन्थ्यो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाले चाहेको भए ४६ सालमा राजसंस्था विदा हुन्थ्यो । संवैधानिक राजसंस्था भन्नुमा केही कारण थिए । आज कमरेड पुष्पकमल दाहाल (प्रचण्ड)ले राजतन्त्र समाप्त गरें गणतन्त्र आयो भनेर गौरव गर्नु हुन्छ ।
प्रजातान्त्रिक संस्थाहरू मजबूत हुने वित्तिकै राजसंस्था वा कुनै पनि तानाशाही व्यवस्था स्वतः निष्क्रिय वा समाप्त हुन्छन् । भए पनि जनताले चाहेको कुरामा हस्तक्षेप गर्ने सामथ्र्य रहन्न । जनाताले चाहेमा जति बेला पनि विदा गर्न सकिन्छ । यो विदाई जनताले चाहेरै भयो भन्नुपर्छ ।
सबैखाले तानाशाहीलाई प्रजातान्त्रिक संस्थाको सुदृढता र स्वतन्त्रतामा चीढ हुन्छ । नेपाली कम्युनिस्टहरूको मनोविज्ञानमा त कही यो कुरा पर्न गएको छैन ? अन्यथा कम्युनिस्टहरूको बाहुल्य रहेको विगत संसद्ले किन लोकतान्त्रिक संविधान दिन नसकेको हो त ? देशले धान्ने सङ्घीयता र खुला प्रजातान्त्रिक संविधान आजको आवश्यकता हो । बीपी हुनु भएको भए बन्ने गणतान्त्रिक संविधान कस्तो हुन्थ्यो होला हामी कल्पना गरौं ।
बीपी बाँचुञ्जेल उहा“का घोरविरोधीहरू उहा“लाई मृत्युदण्ड दिनुपर्छ भन्थे, मुर्दावाद भन्थे । बीपी दिवङ्गत हुनुभयो तर आज तिनीहरूको पनि बुद्धि छ त फोरेर वा तालु फोरेर पलाएको छ । उनीहरू भन्न थालेका छन् बीपी महान् राष्ट्रवादी र प्रजातन्त्रवादी रहेछन्, बीपी जिन्दावाद ।
बीपीको पछि लाग्नेहरू उहा“लाई बुझेर लागेका थिए । यसको बदलामा जेलनेल परे कतिको ज्यान गयो । जेल हाल्ने र ज्यान लिनेहरू आज पछुताएका छन् । बीपी नभएर छट्पटाएका छन् । प्रार्थना गरेर बीपी को नया“ अवतार हुने भए शायद हामी भन्दा बढी प्रार्थना तिनीहरूनै गर्थे होलान् । लेनिन र ट्राटस्कीहरू प्रजातान्त्रिक समाजवादको कुरा उठाउने विदूषी रोजा लक्जेमवर्गको त्यसबेला हाँसो उडाउ“थे, ७३ वर्षपछि रुसबाट उनीहरूको करिब करिब विचार बिलायो तर रोजाको विचार बा“चैकै छ ।
त्यस्तै, नेपाल राष्ट्र बाचुन्जेल बीपी बाचिनै रहनु हुनेछ । संसारमा प्रजातान्त्रिक समाजवाद बाचुञ्जेल बीपी बाची रहनु हुनेछ । राजसंस्थाले सहिष्णु मात्र भएको भए पुग्थ्यो । बीपीको नेतृत्वमा नेपालमा काम हुन पाएको थियो भने नेपालीले उन्नतिको शिखर चुम्ने अवसर पाइसकेका हुन्थे । राजसंस्था पनि चिरञ्जीवी हुन्थ्यो । आज बीपीलाई ढुङ्गा हान्ने कमल थापा जस्तालाई साह्रै चिन्ता छ । गिरिजाबाबुलाई धोका दिने प्रचण्डलाई अहिले पछुताउ भए जस्तै कमल थापाहरूलाई भएको छ । विश्वेश्वरप्रसाद कोइराला जस्ता नेता शताब्दीयौंमा एउटा जन्मन्छ । धार्मिक, सा“स्कृतिक अतिक्रमण, जातीय विद्वेष, क्षेत्रीय झगडा, राजनीतिक अस्थिरता, सामाजिक विचलन, भाषिक झगडाजस्ता विषयलाई आफ्नो दूरदर्शी राजनीतिक चिन्तनद्वारा बीपीले एक्लै पिएर कण्ठमा धारण गरेर नीलकण्ठ बनेर बस्नु भएको थियो । २०३६ सालको आन्दोलनमा पनि उक्त कुराहरू बेजोडसँग उठेका थिए । बीपीले प्रजातन्त्रको पुनः स्थापनापछि ती कुरा उठाउनु प्रासड्डिक हुन्छ भनेर सजिलै ती कुरालाई पन्छाइ दिनु भएको थियो ।
बीपी तपाईलाई आज फेरी तन्नेरी उमेरमा फर्काइयो भने तपाई के काममा लाग्नु होला ? भनेर एकपटक कसैले सोद्धा उहा“को उत्तर थियो ‘आजसम्म म जे गर्दै आए“ त्यसैलाई निरन्तरता दिइरहन्छु’ हेर्नुहोस् एक महान् नेताको आत्मवञ्चनारहित अभिव्यक्ति । पछुताउ हुने काम सुरुबाटै गर्नु नहुने रहेछ । यसैले आत्मविश्वास जन्माउने रहेछ । त्यसैले राज्य क्रान्ति र परिवर्तन चाहने नेताहरूलाई मर्दा पनि गलत कुरा गरें भन्ने नलागोस् । यस्तो विचार क्रान्ति र परिवर्तन जनतासमक्ष राख्नुपर्ने रहेछ भन्ने महसूस भएको छ ।

