त्रिमुल पार्टीका अध्क्षय भरत दाहालले पार्टी खोल्नका कारणहरु सहित दाहालसंग गरिएको कुराकानीमा रहेर गरिएको कुराकानी :-
‘सुगौली-सन्धि’मा ब्रिटीश साम्राज्यवादले लादेका अपमानजनक सर्तहरुका कारणले त्यसपछि नेपालको राज्य प्रणाली कहिल्यै स्वाधिन बन्न सकेन बरु त्यो राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, सुरक्षा, शिक्षा, स्वास्थ्य, विदेश सम्बन्ध सबैतिर विस्तार हुँदै आयो।
२०६२ साल मंसीर ७ गते दिल्लीमा गराईएको ‘१२ बुँदे समझदारी’पछि देशको राज्य प्रणालीलाई खुल्ला रुपमा विदेशीहरुले चलाउँदै आएको अवस्था छ। यस्तो अवस्थाको अन्त्य नगरिकन अर्थात् ‘सुगौली-सन्धि’पछि थोपरिंदै आएका अपमानजनक संधि-संझौताहरु र यीनैका आधारमा विकास गरिएको राज्य मेशिनरी र राज्य प्रणालीको दायरालाई नतोडिकन देशको संकट समाधान गर्न असंभव छ।
त्यसैले संकट समाधानका लागि एउटा युगान्तकारी परिवर्तनको खाँचो छ।
अहिलेको दलाल राजनीति राष्ट्र केन्द्रीत नभएर सत्ता केन्द्रीत राजनीति हो। यसमा सत्ता प्राप्तिलाई अन्तिम लक्ष बनाईएको छ।
‘सुगौली-सन्धि’पछि सत्ता विदेशीहरुको नियन्त्रणमा छ र दलहरुको लक्ष सत्ता छ। यसर्थ, सत्तामा पुग्नका लागि विदेशी शक्तिहरुको दलाली गर्नै पर्ने परिबन्द निर्माण गरिएको छ। विदेशी तत्व र ‘राष्ट्र’ भन्ने अवधारणाहरु एकदमैं विपरित छन्।
जहाँ विदेशी तत्व प्रभावी हुन्छ, त्यहाँ राष्ट्र मर्छ। यसै कारणले ‘सुगौली-सन्धिपछि’को नव-औपनिवेशिक शासन प्रणालीमा ‘राष्ट्र’ र ‘राष्ट्रिय’ हितको प्रश्नले स्थान नपाएको हो।
यो बिडम्बनाको अन्त्य गर्नका लागि हामीले राष्ट्रलाई पहिलो मानेर देशकाे माैलिकताका आधारमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका ढाँचाहरुको विकास गर्नु पर्दछ।
‘सुगौली-सन्धि’पछि र विशेष रुपमा ईण्डियन प्रधानमन्त्री जवाहरलाल नेहरुले अन्तिम राणा प्रधानमन्त्री मोहन सम्शेरलाई गराएको सन् १९५० (२००७ साल) को सन्धिपछि सोंच, विचार, मूल्य-मान्यता, अवधारणा र जीवन पद्धतिमा हामीले आफ्नोपन गुमाउँदै आएका छौं।
अहिले नेपालीहरुको मानसिकता पूरै विदेशीपनबाट आक्रान्त भएर गएको छ। दृष्टिकोण, विचारधारा, मूल्यहरु, विभिन्न क्षेत्रका अवधारणाहरु मात्र नभएर खानपीन, लवाईखवाई, भेषभूषा, बोलीभाषा, संस्कार, चालचलन जस्ता दैनिक जीवन पद्धतिमा समेत् विदेशीकरण भएको छ।
यस्ता विकृतिहरुलाई परित्याग गरेर हामीले आफ्नो मौलिकतालाई नसमात्दासम्म विदेशी स्कूलिङको मानसिकताबाट वर्तमान संकटसंग जुध्न सकिंदैन। त्यसैले हाम्रो जीवनमा चौतर्फि पुनर्जागरण ल्याउन जरुरी छ।
भिडियो

