तीस सेकेण्डमा एक सयभन्दा बढी शब्द सम्झेर कालिकोटका १९ वर्षीय विजय शाही अहिले चर्चामा छन् । उनलाई तेजस्मरणशक्ति भएका विश्वका कीर्तिमानी मानिएको छ ।
उनी कालिकोटका स्थानिय युवा हुन् । उनले ३० सेकेण्डमा १ सय भन्दा बढी शब्द सम्झेर विश्व रेकर्ड कायम गरेका हुन् ।
विश्व रेकर्ड कायम गरेपछि शाहीलाई अहिले अन्तरवार्ता दिन भ्याइ नभ्याई छ । उनले एउटा निकै ठूलो किताव सररर हेर्छन् त्यसपछि त्यो किताब बन्द गरेर त्यसमा भएका शब्द उत्तिखेरै सुनाउन र लेखेर देखाउन सक्छन् ।
एक मिनेटमै एक सय भन्दा बढी शब्द याद गर्न सक्ने उनको खुबीकै कारण विश्व रेकर्ड कायम गर्न सफल भएको चर्चित पत्रकार भाग्य नेउपानेले आफ्नो युट्युब च्यानलमा जनाएका छन् ।
शाहीले एक मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द सम्झिएर भनेपछि भारतका प्रतियोगीलाई पछि पार्दै यसअघिका विश्वकीर्तिमानी भारतका सागर भुजीलाई पछि पारेका हुन् ।
यसभन्दा अगाडि स्मरणशक्तिको एउटा इमेभन्टमा झापाका अर्पण शर्माले गिनिज बुक रेकर्डमा नाम लेखाएका थिए । उनलाई समेत शाहीले उछिनेको अनलाइन समाचारहरुमा उल्लेख गर्न थालिएको छ । तर शर्माको रेकर्ड तोडेको बारेमा पुष्टि हुन सकेको छैन ।
काठमाडौंको होटल अन्नपूर्णमा एक समारोह आयोजना गरेर शाहीलाई प्रमाणपत्र प्रदान गरिएको जनाइएको छ । उनले च्याम्पियन बुक अफ वर्ल्ड रेकर्डको उपाधि पाएका छन् ।
उनी अहिले सामाजिक सञ्जाल र अन्तरवार्ताहरुमा देखिने गरेका छन् । उनको यो अद्भुत कलाको प्रस्तुति धेरै युट्युव च्यानलहरुले दिएका छन् ।
दुर्गम गाउँमा जन्मेका शाहीले गाउँकै विद्यालयवाट प्रमाणपत्र तह पास गरेको जनाइएको छ।
स्मरणशक्तिमा समेत अनेकौं फरक स्पर्धा हुने भएको हुँदा शाहीले पाएको कीर्तिमान र अर्पण शर्माले पाएको कीर्तिमान फरक हुन सक्ने सम्भावना छ ।
विश्व किर्तीमानी मेमोरी किङ विजय शाहीले प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफ्नो उद्देश्य भनेको नेपाली जनतालाई शिक्षित बनाउनु रहेको स्पष्ट पारे ।
उनले नेपालको शिक्षा रटन्ते भएको भन्दै आफूले प्रकृति तथा विज्ञानको नियम अनि मूल्य र मान्यताको बारेमा पढाई गर्ने बताए । त्यस्तै, खोज र अनुशन्धानलाई बढावा दिईनेपनि उनले जनाए ।
कालिकोट स्थायी घर भएका शाहीले आफू पत्रकार ऋषि धमलाको ठूलो फ्यान भएको बताए ।
पत्रकार धमलासँगको कुराकानीमा शाहीले भने,-‘म हजुरको ठूलो फ्यान हुँ । आज प्रत्यक्ष भेट्न पाएँ । म निकै खुशी छु । कालिकोटमा हुँदापनि म हजुरको रेडियो कार्यक्रम नेपाली बहस नियमित सुन्ने गर्थें । भिडिओ पनि हेरिरहन्थें । हजुरको काम देख्दा म निकै प्रभावित छु । देश र जनताको लागि तपाईले आफ्नो परिवार भन्नुभएको छैन् । यसरी खट्नुभएको छ।’
आफ्नो फेसबुक मार्फत आफ्नो योजना यसरी अघि सारेका छन
मेरो नाम बिजय शाही( Champion Book Of The World Record holder in memory king ) मेरो अबको भाबी योजना मैले अविस्कार गरेको अद्भुत कला प्रयोग गरि सम्पुर्ण ३ करोड नेपालीलाई शिक्षाको अहिलेको अबस्थाबाट माथि उठाई साक्षरोन्नती गर्नका लागि बैज्ञानिक शिक्षा अपनाएको छु । जसमा प्रकृति तथा बिज्ञानका नियम अनि मानबिय मुल्य मान्यताको बारेमा पढाई होस् ।
खोज अनुसन्धानलाई बढाइयोस। जहाँ विद्यार्थीको उमेर रुचि , चाहाना र क्षमताका आधारमा शिक्षाको खाका तयार गरियोस् । अनिमात्र नेपालको शिक्षालाई बिस्वमा १ नम्बरमा पुर्याउन सकिन्छ भन्ने मेरो उच्च मनोकान्क्षा छ । किनभने यो देशमा कक्षा १ मा सुरुमा विद्यार्थीहरु १४, १५ लाख हुन्छन् त्यसपछि S.E.E दिदासम्म जम्मा ४,५ लाखले भाग लगेको देखिन्छ। त्यसप्रती कुनै सरकार र सरोकारवालाहरुको ध्यान जान सकेको छैन।
हालको बर्तमान शैक्षिक धरातालिय अबस्थालाई नियाल्दा समग्र साक्षरता प्रतिशत ६७% मात्र रहेको छ। जसमा नेपालका शैक्षिक जनशक्तिलाई आबरणमा मात्र योग्य बनायो तर बिडम्बना अन्तरास्ट्रिय बिस्व बजारमा ट्क्कर गर्न सक्ने दक्ष बनाउन सकेन सो जर्जर जटिलतालाई आत्म मुल्यांकन गर्दै भावीठाेस विकल्पका साथ नेपालका आम ३ करोड नेपाली जनतालाई मेरो मुलमन्त्रको सार्थक र न्यायोचित सदुपयोग गरि दक्ष बनाउन म कटिबद्धताका साथ लाग्ने प्रतिबद्धता जनाउन चाहान्छु।
जुन फर्मुलाले नेपालको हाल साक्षरतालाई पन्छाउदै सत प्रतिशत बनाई बिश्वमा १ नम्बरमा पार्नेछु भन्ने मलाई पुर्ण बिश्वास छ।
हाल बिश्व कोरोनामय रहेको भयावह अबस्थामा लकडाउनलाई सदुपयोग गरि साक्षर उन्नतिको मेरो अभियानलाई रास्टृय अभियानका रुपमा सुचारु गर्नको लागि आबस्यक प्रक्रिया चाल्न कालिकोटबाट काठमाडौ आउने सिध्र प्रयासमा छु।

