यो कुरा नेपालको कसैले इन्कार गर्न नसक्ने तितो यथार्थ – भारत पेल्ने चीन ठेल्ने कहिलेसम्म हुन्छ ?
मोहनलामा रुम्बा- भारतीय सेनापतीले नेपालीलाई बिदेशी उक्साहट भनेर आरोप लगायो। चीनको राष्ट्रपतिले चीन बिरोधिको हड्डी सड्डी धुलो पिठो पार्ने चेतावनी नेपाल भित्र आएर दियो।
मोहनलामा रुम्बा– यस्तो अप्रिय निष्ठुर सब्द सुन्दा हामीलाई कताकता गहिरो पिडा हुन्छ तर साँच्चिकै यि दुई ठूलो बिशाल भूभाग ओगटेर बसेको देशको बिचमा बसेर हामी के गर्दै छौं ? आउ एकपटक हामी हाम्रो आफ्नो अनुहार हेरौं !!
१ कम्युनिस्ट सत्ताको पतन भएपछि बोरिस एलत्सिनले लोकतन्त्र जोगाउन पश्चिमी देशहरुलाई सहयोग गर्न आह्वान गरे, त्यसपछि सोभियत रुसमा लोकतन्त्रलाई मजबुत बनाउने नाउँमा पश्चिमी देशहरू विभिन्न नाउँमा INGO मार्फत सोभियत रुस भित्र छिरे ! त्यसको केहि दसकमा भाषिक जातीय क्षेत्रीय धार्मिक आन्दोलनले अन्ततः कुनै बेलाको महाशक्ति देश सोभियत रुस टुक्राटुक्रा भएर छिन्न भिन्न भयो यही अस्थिरता अराजकताको बिचमा ब्लादिमिर पुटिनले पहिलोपटक सत्ता सम्हाले उनलेे सत्तामा पुग्ने बितिक्कै पहिलो काम आफ्नो देशमा पश्चिमी देशहरू मार्फत खोलिएको युरोपेली गैरसरकारी संस्थाहरुमा कार्यरत रसियनहरुलाई एउटा नियम लगायो जुन जुन देशको पैसा ल्याएर रुसमा NGO मा काम गर्दै छ तिनीहरुले त्यही त्यही देशको एजेण्ट भएको आईडेन्टी कार्ड बाहिर सबैले देख्ने गरि घाँटीमा झुन्डाएर हिंड्न पर्ने नियम लगायो ! यो नियम बनाएपछि म फलानो देशको बिदेशीको एजेण्ट हुँ भनेर परिचयपत्र बोकेर को हिंड्ने ? स्वत: INGO बन्द भयो,गरायो गरेपछि सन् २०१५ मे १५ मा पुटिनले “राष्ट्रलाई विथोल्न खोज्नेहरू हाम्रा परम शत्रु हुन् त्यस्तालाई हामीले चिनेका छौँ” भनेर बोलेका थिए।
२ नरेन्द्र मोदी भारतमा प्रधानमन्त्री भएपछि लगत्तै सन् २०१६ मा २० हजार गैरसरकारी संस्थामाथि प्रतिबन्ध लगाएर त्यसबाहेक १४ हजार गैरसरकारी संस्थाको नविकरण नगरेर फिर्ता जान बाध्य पारियो। गैरसरकारी संस्था NGO माथि नियन्त्रण गरेपछि त्यसको बिरोध गर्नेहरूलाई तत्कालीन भारतीय गृहमन्त्री राजनाथ सिंहले “राष्ट्रिय सुरक्षामा आघात पुग्ने कुरामा सम्झौता गरिंदैन” भनेका थिए। किनकि बिदेशी गैरसरकारी संस्थाको मान्छे भनेको बिना बर्दीको बिदेशी सिपाही हुन्।
३ नेपालमा सन् २०१४ को सरकारी तथ्यांक अनुसार २६ देशका ३९ हजार ७५१ वटा गैरसरकारी संस्थाहरू दर्ता थियो यो त सरकारी तथ्यांक मात्रै हो दर्ता नगरीकन चलाएको संस्था कति होला अहिलेसम्म कति वृद्धि भयो होला यो त सानु एउटा उदाहरण मात्रै हो।
४सुशील कोइरालाको पालामा लालबाबु पण्डितले PR – DV बोकेकाहरु सरकारी जागिरमा अयोग्य हुने भनेर कानुनी रूपमा मस्यौदा तयार के गरेको थियो बैशाख १२ गतेको भन्दा ठूलो भुँइचालो गयो ! हल्ला थियो तत्कालीन मन्त्री मण्डलमा नै ५ जना मन्त्री त PR वालाहरु थियो भनेर सरकारी उच्च ओहदामा कार्यरत कर्मचारी कति थियो भनेर राम्रोसँग छानबिन नहुँदै सरकार पनि गयो फाइल पनि कहिल्यै नउठ्ने गरि दराजमा थन्क्यो !!
सोंच्नुस त एकपटक ?
रसीयाको राष्ट्रपति पुटिनले जस्तो नेपालको सरकारले पनि एकदिन जुन जुन देशको गैरसरकारी संस्थामा कार्यरत छौ त्यही देशको एजेण्ट भनेर परिचयपत्र छातीमा झुन्डाएर हिंड्न पर्ने नियम लगायो भने नेपालमा के होला ? सदनदेखि सडकसम्म पत्रकारदेखि साहित्यकारसम्म अधिकारवादीदेखि कलाकारसम्म जंगी अड्डादेखि मालअड्डासम्म निजामती कर्मचारीदेखि सदाचारी बुद्धिजीवीसम्म जातिवादीदेखि महिलावादीसम्म कति हजार वा लाख होला ? नेपालमा यि गैरसरकारी नाउँमा बिना बर्दीको पश्चिमी बिदेशी सिपाहीहरु सबैलाई एकैपटक टुँडिखेलमा जम्मा गर्ने हो भने सम्भवत ठाउँ नै पुग्दैन ! यो हो हाम्रो मुलुकको कसैले इन्कार गर्न नसक्ने तितो यथार्थ !
जबसम्म बिना बर्दीको सिपाहीको हातमा यो मुलुकको राजनीतिक सामाजिक धार्मिक वैदेशिक निति निर्धारण गर्ने लगाम रहि रहन्छ त्यतिबेलासम्म उत्तरको चीनले पेल्ने दक्षिणकोले ठेल्ने भइरहन्छ, हामी गोर्खेहरुलाई कहिले उत्तरपटि फर्केर कहिले दक्षिणपटि फर्केर उफ्रिने प्याकेज भने पाई रहन्छ त्यतिमात्र होइन ग्रेटर नेपालको नाउँमा मेरो नाति पलातीलाई पनि यिनले उफारी रहनेछ अनि हाम्रो सत्ताधारीहरुलाई पश्चिमीहरुले हावा फुकेर दिएको उहि पुरानो बासुरी “असंलग्न परराष्ट्र निति” को रटान पनि लगाई रहनेछ ! किनकि बिना बर्दीको पश्चिमी साम्राज्यवादीको सिपाही बनेर नेपालीहरु बसुन्जेल उत्तरले ठेल्ने दक्षिणले पेल्ने भैरहने छ !!
हामी मुर्ख हौं र त बहादुर हौं !!
भारतको जासुसी संस्था RAW को उच्च अधिकारी RK यादव आफ्नो “mission raw” पुस्तकको पृष्ठ २१३ मा खुलासा गर्छ इन्दिरा गान्धीको नजर सिक्किम पछी नेपालको तराई टुक्राउने योजना थियो भनेर उल्लेख गरेको छ। नेपाललाई फिजीकरण गर्ने दीर्घकालीन रणनीति अन्तर्गत तराईमा जनसंख्या वृद्धि गरि नेपाली मुललाई अल्पसंख्यक पार्दै लैजाने उद्देश्यबाट नागरिकता ऐन संशोधनको एजेन्डा भारतिय दूतावासले नै पटकपटक प्रत्यक्ष दबाब बिरेन्द्र राजाको पाला देखि अहिलेसम्म दिन रोकेको छैन ! फरक यति हो पहिला दूतावासले नै तराईमा नागरिकता वितरण गर्न पर्यो भन्थे भने आजकल मधेसीदलबाट कुरा ल्याउँछ !
भारतिय रक्षामन्त्री राजनाथ सिंहले नेपालमा भारतिय मुलको जनसंख्या बहुमतमा छ भनेर भन्नु तराईमा ५५% जनसंख्या पुगिसकेको देखेर हो।
अर्को एउटा तराईमा फैलाएको पार्टीले तराई नेपालको उपनिवेश हो यो अलग्गै स्वतन्त्र देश हो भन्दै गत बर्ष नोभेम्बरमा संयुक्त राष्ट्रसंघमा गएर परिपत्र गरेर गो ब्याक नेपाल भन्दै आन्दोलन गर्छ ! बाबुराम भट्टराई सम्बद्घ तेस्रो ठूलो पार्टीले त्यही मान्यता लाई बल पुर्याउने गरि नेपाल एकीकरण होइन गोर्खा राज्य बिस्तारीकरण भन्छ !!
हाम्रो नेपालको राष्ट्रियताको अन्दुरुनी हालत यस्तो छ, घरभित्र नै बिभाजनकारी शक्ति घाँटी घाँटीसम्म आएको छ, सत्तामा हालीमुहाली दिल्लीमा मिलाई दिएको सिल्लिको हातमा छ, हामी दिन प्रति दिन कमजोर र खोक्रो हुँदै गइरहेको छौँ !
तर यहाँनेर आफुलाई राष्ट्रवादी भन्ने एक खाले मुर्खहरुलाई यस्ता कुरासँग कुनै मतलब हुदैन ! यिनिहरुलाई यस्तो बिषय गौंण हो यस्तो हुनुको खास कारण यिनिहरुको आँखामा तिनै शक्तिले ग्रेटर नेपालको ठूलो नक्सा झुन्डाई दिएको छ त्यही भएर पुरै उत्तर भारत ल्याउने भन्दै उफ्रन्छ ! सर्पले बिस्तारै बिस्तारै पछाडीबाट आधा ज्याननिलि सकेको भ्यागुतोले अगाडिको फटयांग्रो च्याप्प समाउन खोजे जस्तो उहिले आफ्नो पू्र्खाले जोरजाम गरेर राखेको भूभाग नै विघटन हुने हो की भन्ने संघारमा पुग्दै गइरहेको बेला ग्रेटर नेपाल भन्दै आधा भारतको भुमि ल्याउने भन्दै उफार्नेलाई त केही भन्नु छैन किनकि सबैले ए एउटा फण्डा चलाएर ज्यान पाल्ने हो तर तलतिरको उफ्रनेहरु भनेको कवि भुपी शेरचनको भाषामा भन्नुपर्दा हामी बहादुर हौं र त मुर्ख हौं ! मुर्ख हौं र त बहादुर हौं !!

